म्यूजिक फेस्टिबल आयोजना हुने

214

काठमाडौं/ हिमालयन गुड न्यूज नेपालले काठमाडौंमा म्युजिक फेस्टिबलको आयोजना गर्ने भएको छ । उक्त संस्थाले फेस्टिबलमा चर्चित कलाकारहरूको जमघट हुने पनि जनाएको छ ।
गत वैशाख १२ गते गएको भूकम्पका कारण ज्यान गुमाउनेहरूप्रति समर्पण गर्दै उक्त संस्थाले काठमाडौंको टुाडिखेलमा म्युजिक फेस्टिबलको आयोजना गर्न लागेको हो । उक्त संस्थाले आयोजना गरेको सो कार्यक्रमको नाम ‘लभ नेपाल इन्टरनेशनल म्युजिक फेस्टिबल–२०७२’ रहेको जनाएको छ । यो कार्यक्रम जनवरी २२ देखि २४ तारिखसम्म आयोजना हुने आयोजकले जनाएको छ ।
यो फेस्टिबलमा नेपालका चर्चित गायक, हाास्य कलाकारहरूको सहभागिता रहनेछ भने यो म्यूजिक फेस्टिबलमा दर्शकका लागि कुनै शुल्क लाग्नेछैन । गायक प्रमोद खरेल, हाास्य कलाकार जीतु नेपाल, मनोज गजुरेलदेखि चर्चित म्युजिकल ब्याण्ड ‘रविन एन्ड द रिभुलेशन’को रोचक प्रस्तुति कार्यक्रममा हुनेछ । गायक एड्रिन प्रधानदेखि नर्वेको चर्चित ब्याण्डको सहभागिता समेत टुाडिखेलमा हुने बताइएको छ ।
नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रममा दर्शकहरूले कलाकारको प्रस्तुतिवाट पूर्ण मनोरञ्जन हासिल गर्ने आयोजकले विश्वास लिएको छ । उक्त संस्थाले भूकम्पपीडितको उद्धार, राहतमा पनि विशेष भूमिका निर्वाहमा गरेको थियो । आगामी दिनमा पनि भूकम्पपीडितहरूको लागि विभिन्न सहयोग गर्ने संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here