प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको सय दिन पूरा भएको छ । सय दिन पूरा गरेको सन्दर्भमा सरकारले कति काम गर्न सक्यो/वा सकेन भनेर समीक्षा गर्ने गरिन्छ । ओली नेतृत्वको सरकारले भने यो बीचमा केही ठोस कार्यको सुरुवात गरेर सय दिन पूरा गरेको छ, जसको कारणले सरकारको सय दिन आशाप्रद भएको मान्नुपर्ने देखिएको छ । यो सरकार निकै विषमपूर्ण अवस्थामा गठन भएको थियो । गत वैशाखको भूकम्प, नयाा संविधानको विरोधमा तराई मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीको बीच गठन भएको यो सरकारसामु चुनौतीको पहाड थियो । यद्यपि यी समस्याहरूको पूर्ण रूपमा हल हुन नसके पनि समाधानका लागि प्रयासहरूको थालनी गरिएको छ र यसलाई सकारात्मक रूपमा लिनुपर्दछ ।
संकटपूर्ण अवस्थामा गठन भएकै कारणले यो सरकारप्रति जनताको अपेक्षा धेरै नै छ र त्यो अपेक्षा यथाशीघ्र पूरा होस् भन्ने चाहना पनि छ जनतामा । त्यसकारण अरु बेला जस्तो सहज अवस्था नभएता पनि काम गरेको देखाउन सरकारमाथि उत्तिकै दबाब छ । पछिल्लो समय सरकारको आलोचना बढी भइरहेको छ । त्यसमाथि प्रधानमन्त्री केपी ओलीद्वारा सकारात्मक र महत्वाकांक्षी योजना सार्वजनिक हुादा विनाआधार र तत्काल सम्भव नहुने देखिएकाले उनको योजनालाई धेरैजसोले हावादारी स्वैरकल्पना भन्दै व्यंग्य गर्न थालेका छन् । तर पनि सरकारले सय दिनभित्र केही यस्ता ठोस कदमहरू चालेको छ, यदि त्यसलाई निरन्तरता दिने र कार्यान्वयनमा कुनै अवरोध सिर्जना नहुने हो भने त्यस्तो कामले जनताको मुहारमा अलिकति भए पनि मुस्कान ल्याउने निश्चित छ । सरकारले यो अवधिभित्र ढिलै भए पनि पुनर्निर्माण विधेयक पास, पुनर्निर्माण प्राधिकरणको सीईओ छनोट, पुनर्निर्माणको महाअभियान सुरुवात गरेको छ । त्यस्तै चीनसागको सम्बन्ध र व्यापारिक सम्झौतामा जोड दिएको छ भने सरकारले आफ्ना कार्ययोजना सार्वजनिक गरेको छ । त्यसकारण सरकारका ती योजनाहरू कार्यान्वयन तहमा पनि सफल भएमा अवश्य पनि सरकारको दायित्व केही मात्रामा भए पनि पूरा गर्न सकेको मान्न सकिन्छ । त्यसकारण पनि सरकारको सय दिनले केही आशा जगाएको भन्न कञ्जुस्याइा गर्नु पूर्वाग्रह हुन्छ ।
यस अवधिभित्र सरकारका केही कमजोरीहरू देखिएका छन्, जसमा मन्त्रालय फुटाउनु, अघोषित नाकाबन्दीका कारण पीडित जनतालाई कालोबजारीले ढाड सेक्दा पनि वितरण प्रणालीमा हस्तक्षेप, पारदर्शी र सहजता सिर्जना गर्न नसक्नु, तराई मधेस आन्दोलनलाई चााडो टुंग्याउन नसक्नु आदि छन् । तर आगामी दिनमा सरकारले आफूबाट भएको कमीकमजोरीलाई सच्याउादै लगेमा अवश्य पनि यो सरकारले जनताको मन जित्न सक्छ । त्यस्तै आफूले सुरुवात गरेका राम्रा कामलाई प्रधानमन्त्रीले दैनिक ब्रिफिङ लिने र केही समस्या आएमा तत्काल समाधान गर्ने नीति लिएमा पनि प्रधानमन्त्री केपी ओलीले जुन राष्ट्रवादी छवि निर्माण गरेका छन्, त्यो पछिसम्म पनि कायम रहनेछ । त्यस्तै सरकारले आगामी दिनमा नेपालको दुवै छिमेकी देशसाग सौहार्द र सन्तुलित सम्बन्ध बनाउनुपर्छ र दुवै देशलाई समदूरीमा राखेर काम गर्ने वातावरण निर्माण गर्नुपर्छ । सरकारले बिताएको सय दिनको अवधिमा उत्तरी छिमेकी चीनसागको सम्बन्ध विस्तार र विभिन्न सम्झौता भए पनि सहमति कायम भइसकेको देखिादैन । त्यो सहमति अबका दिनमा सरकारले कायम गर्न सकोस् । साथै भारतसितको निर्भरताबाट देशलाई कसरी मुक्त गराउने भन्ने कुरामा सचेततापूर्वक जनअपेक्षाअनुरूप सरकारको कामकारबाही हुनु आवश्यक छ ।