कम्युनिष्ट पार्टीमा सर्वहारा वर्गीय चरित्र रक्षाको प्रश्न

227

हुकुमबहादुर सिंह
नेपाली कम्युनिष्ट आन्दोलनमा सर्वहारा वर्गीय चरित्र रक्षाको प्रश्न वर्तमानमा ज्यादै पेचिलो र गम्भीर विचलनको सवाल बनेको छ । खासगरी नेपालको माओवादी आन्दोलन जसले नेपालमा सर्वहारा क्रान्तिको झण्डा उठायो र त्यसकै लागि हजारौा सहिदको बलिदान भयो, त्यसभित्रै यो सवाल अहिले टुटेको कडी भएको छ, खासगरी पार्टी शान्तिप्रक्रियामा आएपछि । यद्यपि यो पार्टीको चरित्रका सम्बन्धमा पार्टीमा चल्ने दुई–लाईन संघर्ष सधैं निकै तीखो हुने गरेको छ । हुन त अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अवसरवादी कार्यदिशा आगालेका सबै नेताहरूले सर्वहारा क्रान्तिलाई ध्वंस गर्ने आफ्नो संशोधनवादी उद्देश्यलाई पूरा गर्नका निम्ति सर्वहारा वर्गको राजनीतिक पार्टीको चरित्रलाई दूषित गर्न सधैं कोसिस गर्दै आएका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा पुराना संशोधनवादीहरू, बर्नस्टिन र काट्स्किले हर प्रकारका गलत प्रचारबाजी गरे र सर्वहारा वर्गको पार्टीलाई सुधारवादी पार्टीमा बदल्न हरसम्भव प्रयास गरे । तिनीहरूकै कारण दोस्रो अन्तर्राष्ट्रियको पतन भयो । वर्तमान नेपालको माओवादी आन्दोलनबारे पनि सत्य हो ।
आधुनिक संशोधनवादीहरू ख्रुश्चोभ, ब्रेजनेभ र कम्पनीले ‘श्रमजीवीवर्गको पार्टी सोभियत जनताको अग्रदस्तामा रूपान्तरित भइसकेको छ, यो सम्पूर्ण जनताको पार्टी भएको छ’ र ‘यो सम्पूर्ण जनताको राजनीतिक संगठन हो’ भन्ने दाबी गर्दै विगतका संशोधनवादीहरूका फाटेका जामा लगाएर ‘सम्पूर्ण जनताको पार्टी’ भन्ने बकवासलाई अगाडि ल्याएका थिए । जस्तो सबैलाई थाहा छ, तिनीहरूले सर्वहारा वर्गको राजनीतिक पार्टीलाई विकृत गरेका थिए, लेनिनले स्थापना गरेको रुसी कम्युनिष्ट पार्टीलाई एउटा संशोधनवादी पार्टी, फासिष्ट पार्टीमा बदलेका थिए । यो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको लागि एउटा गम्भीर शिक्षा थियो । त्यसैगरी पार्टीको चरित्रको प्रश्नमा चिनियाा पार्टीमा पनि तीखो संघर्ष चलेको छ । पार्टीको चरित्रलाई विकृत गर्ने प्रयासस्वरूप श्रमजीवीवर्गको ठग र विश्वासघाती लिउशाओ चिले ‘पार्टी जनसमुदायको पार्टी हो, जनताको पार्टी हो’ भन्ने विचार प्रवाह गर्न हर प्रयत्न गरे । महत्वाकांक्षी, षड्यन्त्रकारी, पाखण्डी प्रतिक्रान्तिकारी र राष्ट्रघाती लिनपियाओले पनि पार्टीको आधारभूत कार्यदिशा र कार्यक्रम बदल्न यस्तै प्रयत्नहरू गरे ।

कथित साम्यवादको निकम्मा ब्राण्ड अगाडि सारेर उसले हाम्रो माक्र्सवादी पार्टीलाई प्रतिक्रान्तिकारी पुनस्र्थापनाको हतियार संशोधनवादी पार्टीमा बदल्ने आशा गर्‍यो । लिनपियाओको आलोचना गर्न र कार्यशैलीलाई सुधार्न अध्यक्ष माओले व्यक्तिगत रूपमा सुरु गर्नुभएको र नेतृत्व गर्नुभएको महान् सर्वहारा सांस्कृतिक क्रान्ति र आन्दोलनले पार्टीको चरित्र बदल्ने र पुाजीवादको पुनस्र्थापना गर्ने ल्यु शाओ चि र लिनपियाओको आपराधिक षड्यन्त्रलाई पूर्णत: ध्वस्त पार्‍यो । चिनियॉ पार्टी पहिलेभन्दा शुद्ध, खदिालो र बलियो भएर देखापर्‍यो । यद्यपि माओको निधनपछि देंगको नेतृत्वमा त्यसलाई ध्वस्त पारियो ।
पार्टीभित्र चल्ने दुई लाइनबीचको संघर्षले पार्टीको चरित्र रक्षा गर्ने कुराको महत्वलाई गहिरो गरी दर्शाउाछ । यो पार्टी र सत्ताको भाग्यसाग र क्रान्तिको जित हुन्छ कि हार हुन्छ भन्ने प्रश्नसाग घनिष्ठ रूपले जोडिएको छ । माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारालाई प्रयोग गरेर निरन्तर पार्टी निर्माण गरिराख्ने, पार्टीको चरित्रलाई विकृत गर्न संशोधनवादीहरूले गरेका षड्यन्त्रलाई भण्डाफोर र दुरुत्साहित गर्ने कामले पार्टीले सधैं सर्वहारा चरित्र जोगाइराख्ने कुराको सुनिश्चितता गर्ने सवालमा माओ नेतृत्वको पार्टी सफल रह्यो ।
एउटा कम्युनिष्टका लागि पार्टीको सर्वहारा वर्गचरित्रको रक्षा गर्न आवश्यक पर्ने महत्वपूर्ण कुरा उसको सर्वहारा वर्गीय जाागरलाई मजबुत गराउनु हो । हामीले बुझ्नुपर्दछ कि माक्र्सवादी–लेनिनवादी राजनीतिक पार्टी निर्माण गर्ने कुरा र यसको सर्वहारा वर्गीय चरित्र रक्षा गर्ने कुरा हरेक पार्टी सदस्यको कार्यभार हो । पार्टी एउटा जीवित वस्तु जस्तै हो र यसका सदस्यहरू जीवित वस्तुका कोषहरू जस्तै हुन् । प्रत्येक पार्टी सदस्यहरूमा जति धेरै उत्साह हुन्छ त्यति नै उसले उदाहरणीय भूमिका पूरा गर्न सक्दछ र त्यति नै राम्रोसाग पार्टीको सर्वहारा वर्गीय चरित्रको रक्षा हुनेछ । सर्वहारा वर्गीय पार्टी स्पिरिटलाई बलियो बनाउन एउटा कम्युनिष्टले माक्र्सवादी अडान, दृष्टिकोण र विधिलाई मिहिनेतसाथ पढ्न, अध्ययन गर्न र आत्मसात् गर्न कोसिस गर्नुपर्दछ । उसले सिद्धान्त र व्यवहारलाई जोड्न र सही कार्यदिशालाई गलत कार्यदिशाबाट छुटयाउने र सच्चा माक्र्सवादलाई नक्कली माक्र्सवादबाट अलग गर्ने क्षमताको वृद्धि गर्न सक्नुपर्दछ । उसले सधैं पार्टीको आधारभूत कार्यदिशालाई र माओको ‘तीन गर र तीन नगर’को सिद्धान्तलाई दिमागमा राख्नुपर्दछ र उसले गलत कार्यदिशा र प्रवृत्तिहरूविरुद्ध निर्मम संघर्ष गर्ने आाट पनि गर्नुपर्दछ । यसो गर्नका निमित्त, उसले तीन महान् क्रान्तिकारी आन्दोलनहरूको व्यवहारमा सक्रियतापूर्वक हाम्फाल्नुपर्दछ, पार्टीको वैचारिक स्तरलाई भेट्टाउनका लागि आफ्नो विश्व दृष्टिकोण बदल्न अथक मिहिनेत गर्नुपर्दछ र साम्यवादको दृढ योद्धा बन्न आफूलाई प्रशिक्षित गर्नुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here