कीर्तिपुरेहरुको नाक काटिएको हल्ला क्रिश्चियनहरुले चलाएका हुन्

379

राज्यलक्ष्मी शाक्य
जब हरेक वर्ष पुस २७ गतेको दिन अर्थात् पृथ्वीजयन्ती आउाछ, तब पृथ्वीनारायण शाहलाई कस्तो दृष्टिकोणबाट हेर्ने भनेर नेपालीमाझ बहस सुरु हुन्छ । पृथ्वीनारायण शाह जसले छरिएर रहेका बाइसे चौबीसे राज्यहरूलाई एकत्रित गरेर विशाल नेपाल खडा गरे, नेपालीलाई अस्तित्व प्रदान गरे । यहाा बसोबास गर्नेहरूलाई एउटा सार्वभौम भूगोलभित्र समेट्ने काम गरे र एउटा अखण्ड राष्ट्र निर्माण गरे, त्यस अर्थमा उनलाई नेपालको एकीकरणकर्ता र राष्ट्रनिर्माताको सम्मान दिइने गरिन्छ । तर पनि केही व्यक्तिहरू भने पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको रूपमा नलिई उनलाई एक क्रूर शासकको रूपमा लिने गर्दछन् र त्यो क्रूरताको नमुनाको रूपमा उनले कीर्तिपुरेहरूको नाक काटेको भन्ने उदाहरण पेस गर्दछन् । त्यसै आधारमा पृथ्वीनारायण शाह एकताका प्रतीक कदापि हुन सक्दैनन् भन्ने तर्क गर्दछन् । के सााच्चै पृथ्वीनारायण शाहले रीसको झोकमा कीर्तिपुरबासीहरूको नाक काटेकै हुन् त ? यथार्थमा समुद्रपारबाट अग्रेज साम्राज्यवादीहरुले बाइबल र औद्योगीक वस्तु बोकेर भारतको कोलकाताबाट भारतीय राज्यहरुमा साम्राज्य कायम गर्दै अगाडी बढीरहेका थिए । उनीहरु चीनको ल्हासासम्म पुग्ने अभियानमा थिए । भारत कब्जा गरिसकेर नेपाललाई कब्जा गर्ने अग्रेजको नीति रहेको पृथ्वीनारायण शाहले जानकारी पाएपछि शाहले अंग्रेजसाग लड्नका लागि बलियो शक्ति आवश्यक छ भन्ने महसुस गरी नेपाल एकीकरण अभियानलाई पूर्णता दिने अठोट गरी आफ्नो अभियान अगाडी बढाएका हुन् । बाहिरी दुश्मनसाग लड्न देशभित्र बलियो एकता आवश्यक ठानेरै पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नायकत्व गरेका हुन् ।

 
पृथ्वीनारायणको नेपाल एकीकरण अभियानलाई असफल पार्न अंग्रेज पादरी र अंग्रेज बुद्धिजीविहरुले पृथ्वीनारायणको बदनाम गर्ने अभियान थालेका हुन् । उनीहरुले नै पृथ्वीनारायणले कीर्तिपुरेहरुको नाक काटेको हल्ला चलाएका हुन् ।
पृथ्वीनारायण शाहलाई कीर्तिपुरमाथि विजय प्राप्त गर्न ठूलो कठिनाइ भोग्नुपरेको थियो, यो कुरा सााचो हो । उनले तेस्रो पटकको आक्रमणपश्चात् मात्र कीर्तिपुरमा आफ्नो विजयको झण्डा फहराएका थिए । त्यो विजय प्राप्त गर्न पनि उनले पहिलो आक्रमणमा काजी कालु पााडेलाई गुमाउनुपरेको थियो भने दोस्रो युद्धमा आफ्नै भाइ सुरप्रताप शाहको पनि आाखा फुटेको थियो । तेस्रो पटकको आक्रमणमा सहजै जीत हासिल गरेका थिएनन् । त्यसका लागि उनले महिनौासम्म कीर्तिपुरमा नाकाबन्दी लगाएका थिए । यसरी ठूलो दु:खपश्चात् उनले कीर्तिपुरमाथि विजय हासिल गरेका थिए । तर कीर्तिपुरमाथि विजय हासिल गर्न कठिनाइ भोगेका कारण कीर्तिपुरबासीहरूको नाक काटेको भन्ने कुरामा सत्यता देखिादैन । यो केवल मनगढन्ते र पृथ्वीनारायण शाहको बारेमा भ्रम सिर्जना गर्ने तथा नेपालीहरूको एकतामाथि कुदृष्टि लगाउनेहरूको षड्यन्त्र मात्र हो । विश्लेषक सौरभले सोही घटनाको सत्यतथ्यबारे यस्तो उल्लेख गरेका छन्, ‘सन् १७६६मा कीर्तिपुरको जनसंख्या हुन आउाछ २ हजार २ सय ५० मात्र । अब वृद्ध, महिला, बालबालिका छाडेर युद्धयोग्य जनसंख्या हुन आउाछ एक चौथाइ अर्थात् ५ सय ६० जना । ती नाकहरूको तौल १७ धार्नी (करिब ८० पाउण्ड) । जम्मा ८६५ जनाको नाक काटिएको थियो । १७ धार्नी बराबर ८० पाउण्ड हुादैन । ८९.७ पाउण्ड हुन्छ । एक व्यक्तिको नाकको तौल २० ग्रामदेखि २५ ग्राम हुन्छ । २५ ग्राम नै मानौा, १ धार्नी बराबर २.४ किलोग्रामको हिसाबले १७ धार्नी बराबर ४०.७ किलोग्राम नाक हुन आउाछ । जसको अर्थ हो १६२७ जनाको नक काटियो । यो ८६५ को करिब दोब्बर छ । यसलाई भनिन्छ, ढााटेको कुरा काटे पनि मिल्दैन ।’ पराजयलाई नाक काटिनुको अर्थमा नेपाली समाजले लिने भएको कारणले पनि यथार्थमा नाक नकाटिए पनि पृथ्वीनारायण शाहलाई बद्नाम गराउन कीर्तिपुरेहरूको नाक काटिएको भन्ने हल्ला फैलाइएको हो ।

 
एकीकरणमार्फत नेपालको सिर्जना गरेर एउटा सार्वभौम राष्ट्र खडा गर्ने व्यक्तिमाथि विभिन्न लाञ्छनाको हिलो छ्यापेर नेपालीहरूबीच नै वैमनस्यता र मनमुटाव सिर्जना गरी आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने कुत्सित मनसायका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्षहरूले वर्षौंदेखि यो योजना सुरु गरेका हुन् । जसका कारण अहिले पृथ्वीनारायण शाहलाई हेर्ने दृष्टिकोणमा नै भिन्नता सिर्जना भएको छ भने नेपालीहरूबीच नै एकअर्काप्रति कटुतापूर्ण व्यवहार देखिन थालेको छ । सदियौादेखि मिलेर जीवनयापन गर्दै आएका नेपालीहरूको सहिष्णुताका प्रतीक हुन् पृथ्वीनारायण शाह । अंग्रेजले आफ्नो विश्वविजयको अभियानलाई तीव्रता दिइरहेको अवस्थामा नेपाललाई एकत्रित गरेर अंग्रेजसाग लड्ने र उपनिवेश हुनबाट नेपाललाई बचाउने काम पृथ्वीनारायण शाहले गरेका थिए । यदि उनले त्यो अवस्थामा नेपालको एकीकरण नगरेका भएका सायद अहिले विश्वमानचित्रमा नेपालको अस्तित्व हुादैनथ्यो होला । उनले दिव्योपदेशमा दिएका सन्देशहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । ‘घुस दिन्या र लिन्या राष्ट्रका शत्रु हुन्’ भनेर दुवैलाई उत्तिकै सजाय दिनुपर्छ भन्ने धारणाका प्रणेता हुन् पृथ्वीनारायण शाह । उनले उत्पादन र आत्मनिर्भर हुन पनि उत्तिकै जोड दिएका थिए । तर दुर्भाग्य उनले कल्पना गरेको नेपालभन्दा अहिले बिल्कुलै विपरीत अवस्थामा नेपाली समाज पुगेको छ । उत्पादन शून्यप्राय: छ भने आत्मनिर्भर हुन नसक्दा भारतको नाकाबन्दीको चपेटामा छौा । अहिले देशलाई टुक्र्याउने खेलमा लागेकाहरू खुल्लमखुल्ला आफ्नो गतिविधिहरू सञ्चालन गरिरहेका छन् भने भ्रष्टाचार गर्नेहरू शिर ठाडो पारेर समाजमा हिाडिरहेका छन् । दण्डहीनता बढेको छ र नेपाली जनता नेताहरूको अकर्मण्यताको शिकार भइरहेका छन् । त्यसकारण यस्तो विषमपूर्ण अवस्थामा एकताका प्रतीक पृथ्वीनारायण शाहबारे फैलिएको भ्रम चिर्न र उनले देखाएको बाटो अनुसरण गर्न टड्कारो आवश्यकता देखिएको छ ।

 
पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भनेर चित्रण गरेका थिए । तर पनि नेपालका शासकहरूले चीन र भारतसाग समदूरीको व्यवहार नगरी भारततिरै झुकाव राख्ने र भारतीय शासकहरूसाग लम्पसार नै पर्ने गरिरहेका कारणबाट नेपालले भारतसित ठूलो व्यापारघाटा व्यहोर्नुपरेको छ भने चीनतिरको सम्बन्ध बनाउन कठिन भइरहेको छ । चीन र भारतलाई समदूरीमा राखेर व्यवहार गर्दै आएका भए नेपाल भारतको नाकाबन्दीबाट आतंकित भइरहनुपर्ने अवस्था नै सिर्जना हुने थिएन । पृथ्वीनारायण शाहलाई सरापेर नै ठूलो क्रान्तिकारी भइन्छ भन्ने सोचबाट नेपालका राजनीतिक दलका नेताहरू मुक्त हुनु जरुरी छ । पृथ्वीनारायण शाह राजाका रूपमा नभएर एउटा नागरिकका रूपमा नेपालको एकीकरण गरेका भए उनी कति महान् मानिन्थे होला ? कल्पना गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here