कृषि कर्मबाटै नेपाललाई नमुना मुलुक बनाउने सपना बुन्दै शशि पौडेल

361

नेपाललाई विदेशीहरुले चिन्ने विभिन्न आधारमध्ये सगरमाथाको देश, गौतम बुद्ध जन्मिएको मुलुक, जलस्रोतको धनी मुलुक र कृषिप्रधान मुलुक पनि एउटा हो । विभिन्न अध्ययनले पनि नेपालका ८० प्रतिशतभन्दा बढी मानिस कृषिमा निर्भर भएको देखाउाछ । कृषिप्रधान मुलुकका रुपमा परिचय बनिसक्दा पनि नेपालमा कृषि व्यवसाय भन्दा अझै पनि नाक खुम्च्याउने प्रवृत्ति छ । तर पछिल्लो समय केही मानिसहरु कृषि व्यवसायलाई विशेष प्राथमिकता दिादै आफ्नोसागै मुलुकको भविष्य पनि कृषिमै देख्न थालेका छन् । त्यस्तै मध्येका एक हुन् रुपन्देहीका कृषि व्यवसायी शशि पौडेल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१८, टिकुलीगढमा २० बिघा जमिनमा लुम्बिनी एग्रो प्रोडक्स एण्ड रिसर्च सेन्टर प्रालि सञ्चालन गरेका उनले त्यहाा सयाौको संख्यामा रहेका गाईबाट दूध तथा दूधजन्य वस्तुहरु उत्पादनदेखि गाईहरुको ब्रिडको अध्ययन समेत गरिरहेका छन् । नेपालकै सबैभन्दा ठूलो डेरीका सञ्चालक पौडेलले व्यावसायिक कृषिमार्फत नेपालमा आर्थिक क्रान्ति गर्ने सपना बुनेका छन् । २०६७ सालदेखि व्यावसायिक गाईपालन सुरु गरेका उनले सुरुमा २५ करोडको लगानीमा उक्त गाईफार्म सुरु गरेका थिए । हाल झण्डै एक अर्ब लगानी गरिसकेका उनले लगानीको वातावरण भएमा पााचवटै विकास क्षेत्रमा यस्ता गाईफार्म तथा रिसर्च सेन्टर सञ्चालन गर्ने योजना बनाएका छन् ।

 
हाल रुपन्देहीको फार्ममा रहेका ४ सय गाईबाट दैनिक एक हजारदेखि १२ सय लिटरसम्म दूध उत्पादन तथा बिक्रीवितरण गर्दै आएका उनले मेसिनको सहायताले दूध दुहिने र नजिकैको बजार बुटबल र भैरहवामा सप्लाई गर्ने गरेको जानकारी दिए । गाईका लागि आवश्यक खाना समेत आफौले उत्पादन गर्दै आएका उनले ३० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने सयाौलाई अप्रत्यक्ष रुपमा पनि रोजगारी दिएका छन् । पौडेलले आफ्नो गाईफार्ममार्फत विश्वकै उच्च नश्लका होलस्टाण्ड र जर्सी गाईको ब्रिड अध्ययन गरिरहेको जानकारी दिए । पौडेलले आफ्नो गाईफार्ममार्फत अग्र्यानिक मलको उत्पादन, बायोग्यास उत्पादन लगायतमा पनि जोड दिएका छन् ।

 
पुख्र्यौली घर पर्वत भएका पौडेल २०४५ सालमा बसाइासराइ गरी बुटबल झरेका थिए । शिक्षकको स्थायी जागिरे समेत रहेका पौडेल लुम्बिनी अञ्चलमा मिडियाकर्मीका रुपमा पनि कार्यरत छन् । त्यसो त उनको लगानी विभिन्न चर्चित कलेज तथा हस्पिटलमा समेत रहेको छ । तर उनले कृषि क्षेत्रमा नेपालको भविष्य रहेकाले अन्य क्षेत्रमा लगानी हुादाहुादै पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । यसै कारण उनले रुपन्देहीमा ठूलो लगानीमा नमुना गाईफार्म सञ्चालनमा ल्याएका हुन् । पौडेल आफूले अवसर नपाएर कृषिमा लागेका भने होइनन् । उनी हालसम्म विश्वका झण्डै ६० मुलुकको भ्रमण समेत गरिसकेका छन् । अमेरिका, बेलायतलगायतका विकसित मुलुकमा उनलाई कामको अवसर पनि मिलेको थियो । तर उनले ती सबै अवसरलाई लत्याउादै मुलुकभित्रै कृषिबाट आर्थिक क्रान्ति गर्ने सोच बोकेर नेपाल फर्किए । स्वाभिमान नेपालले उनीसाग विदेशमा पाएको अवसरलाई किन लत्याउनुभयो भनेर सोधेको प्रश्नको जवाफ दिादै पौडेलले भने, ‘विकासका हिसाबले अन्य मुलुकहरुले धेरै ठूलो प्रगति गरेका छन् तर अवसर, सम्भावना र यहाा जस्तो वातावरण मैलै विश्वका कुनै पनि मुलुकमा देख्न सकिना । त्यसैले स्वदेशमै सुन फलाउन सकिन्छ भनेर अवसरको खोजी गरिरहेको छु । पौडेलले कृषि व्यवसायमार्फत स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नसकिने कैयाौ सम्भावना भए पनि राज्यको नीतिका कारण बेरोजगार युवाहरु विदेश पलायन हुने अवस्था रहेको र लगानीकर्ता तथा व्यवसायीहरुसमेत निरुत्साहित हुने अवस्था रहेको भन्दै गुनासो गरे । उनले नेपालमा परम्परागत र निर्वाहमुखी रहेको कृषिलाई व्यवस्थित गर्न सरकारले उपयुक्त नीति ल्याएमा र बैंकिङ प्रणालीमार्फत राज्यले कृषिमा लगानीको वातावरण बनाइदिएमा कृषिमार्फत आर्थिक विकास टाढा नरहेको दाबी गरे । उनले कृषि क्रान्ति गर्ने भन्दै सरकार तथा राजनीतिक दलहरुले ठूला गफहरु दिए पनि किसानले लाभ लिने किसिमका कामहरु हुन नसकेको जनाए । पौडेलले लगानीकर्ताले लगानी गर्दैमा व्यवसाय सफल नहुने भन्दै राज्यले तय गर्ने नीतिमा सफलता र असफलता निर्धारण हुने दाबी गरे । उनले यसका लागि राज्यले कृषि क्षेत्रमा लागेका व्यवसायी तथा किसानलाई लाभ हुने किसिमका नीतिनियम ल्याउनुपर्ने जनाए ।

 
पौडेलले राज्यले आफ्नो व्यवसायलाई सहयोग पुग्ने काम गरेमा देशभरका विभिन्न स्थानमा यस्ता गाईफार्म विस्तार गर्ने, दूधजन्य वस्तुको उत्पादनमा वृद्धि गर्ने तथा गाईकै विषयमा अध्ययनका लागि भेटेनरी कलेजको समेत स्थापना गर्ने लक्ष्य रहेको जानकारी गराए । उनले नयाा पिाढीमा दूध डेरीबाट आउाछ भन्ने मान्यता विकास हुादै गएको भन्दै उनीहरुलाई व्यावहारिक जानकारी प्रदान गर्न एग्रे चिल्ड्ेरन पार्क समेत बनाउने लक्ष्य राखेको जानकारी दिए । यससागै अग्र्यानिक एग्रो रिसोर्ट समेत सञ्चालनको तयारीमा रहेका उनले कृषि व्यवसायमा लाग्ने व्यवसायीलाई सरकार तथा बैंकले समेत ऋण नपत्याउने गरेको गुनासो गरे । पौडेलले यस्तो प्रवृत्तिको अन्त्य गर्दै मुलुकलाई कृषि क्षेत्रबाट समुन्नत बनाउन किसानलाई प्रोत्साहन मिल्ने किसिमका नीति ल्याउनुपर्ने, वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै कृषि क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने र कृषि क्षेत्रमा लगानीका लागि सहज ऋण प्राप्त हुने वातावरण बनाएमा मुलुकले आर्थिक रुपमा ठूलो उपलब्धि प्राप्त गर्ने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here