जात परिचयका लागि व्रतबन्ध र जनैको आवश्यकता अब रहेन

709

–चन्द्रप्रकाश बानियाा

 
नेपाली समाजमा “शिशुपाल” भन्ने शब्दावली विशेषणको रुपमा प्रचलनमा छ । सायद यो शब्द महाभारत ग्रन्थको एउटा धुरन्धर कृष्णविरोधी पात्रबाट लिइएको होला । तर शिशुपालको फरक अर्थ लाग्ने गरी खससमाजले प्रयोग गर्ने गरेको छ । महाभारतको शिशुपाल दबङ्ग स्वभावको छ । विद्रोही प्रवृत्तिको छ । हाम्रो समाजमा भने शिशुपालको मान्यता त्यस्तो हुादैन । दुब्लो, पातलो र पिलन्धरे शारीरिक संरचनालाई शिशुपालको उपनाम दिने चलन रहेको छ । त्यस्तै एउटा दुब्लो, पातलो, पिलन्धरे शिशुपाल भन्न मिल्ने आठ/दश वर्षको पीताम्बरधारी बालक पूजामा संलग्न थियो । त्यस दिनको यज्ञ अनुष्ठानको मुख्यकर्ता त्यही बालक थियो । पुरेत ब्राह्मणहरु संस्कृत श्लोक भट्ट्याउादै थिए । बाहुनबाजेको इशाराअनुसार जग्गेमा स्थापित देवीदेवताका नाममा पालैपालो पूजा गर्दै गरेको बालकका आाखा भने चढाइएका फलफूल, रोटी र मीठाईहरुतिर लोभिएको स्पष्ट दृष्टिगोचर हुन्थ्यो । उसै पनि फुकिढल (फूगर्दा ढल्ने भन्न मिल्नेजस्तो) जिउडालको शारीरिक बनोट त्यसमाथि अघिल्लै दिनदेखिको भोको ! उसको मन पूजापाठतिर कसरी केन्द्रित होस् त बिचरा ! तैपनि पूजाको औपचारिकता उसैले पूरा गर्नुपथ्र्यों । किनकि त्यस दिन उसको ब्रतबन्ध संस्कार हुादै थियो । विधिवत् यज्ञोपवित लगाइदिएर उसको जात उकाल्ने अर्थात् जात निर्धारण गरिदिने अनुष्ठानको आयोजना थियो त्यो । व्रतबन्धको औपचारिकता पूरा गर्दा झण्डै दिन बित्न आाटिसकेको थियो । वटुक रुपधारी बालकको अवस्था भने झन्भन्दा झन् टिठलाग्दो बन्दै गएको थियो । अनुष्ठानको अन्ततिर भीक्षाटन–भीक्षादानको नौटङ्की गर्नुपर्ने बेला आयो । बिचरा भोको बालक भीक्षापात्र र झोलीतुम्वा भिरेर यज्ञस्थल वरपर घुम्नसक्ने अवस्थामा थिएन । धन्न धर्माधिकारी पण्डितजी व्यावहारिक परेछन् । भीक्षाटनका लागि बालकलाई चारैतिर घुमाउनुको सट्टा भीक्षादान गर्ने निम्तालुहरु नै बालकसमक्ष पालैपालो उपस्थित भएर भीक्षा दिने सहुलियतको प्रबन्ध मिलाउन राजी भएका थिए ।

 
एउटा कलिलो बालकलाई संस्कारको नाममा अभिभावकहरुले दिने शारीरिक मानसिक कष्टबापत पश्चिमा मुलुकहरुमा भइदिएका भए कानुनीरुपमै दण्डभागी बन्नुपर्ने घटना थियो त्यो । कानुनत: हिंसामुक्तिको बालाधिकार हाम्रो मुलुकमा स्थापित भइसकेको छैन । हाम्रो कानुनले दण्डित नगर्ने भए पनि हरेक सम्वेदनशील मान्छेको मनमा व्रतबन्ध नामको कष्टपूर्ण अनुष्ठानको औचित्यमा प्रश्न उठाइदिने घटना थियो त्यो । निर्धक्क भन्न सकिने कुरा के हो भने अलिकता उमेर चढेपछि बच्चा वटुकले जनै लगाउन लाज मान्ने छ । अलिकता तर्कशील बौद्धिकता आर्जन गरेछ भने तन्नेरी उमेरमा पाइला राख्दा नराख्दै जनै लगाउनुको औचित्य देख्नेछैन । ब्राह्मणहरुले “गायत्री” भनेर सिकाउने मन्त्र नियमितरुपमा जप्न झन्झट मान्नेछ । कसैले नसुन्ने र बटुक स्वयंले समेत नबुझ्ने गरी गुरु भनिएका ब्राह्मणले गुनगुनाएर कान फुक्नेछन् । त्यतिमै वेदाध्ययनको कर्मकाण्ड पूरा भएको मानिनेछ । बााकी जीवनमा वेदको किताब पढ्ने कुरा त परै जाओस् छुन पनि आवश्यक पर्ने छैन । केटो सोझो प्रकृतिको परेछ भने आजीवन ऋषितर्पणी, श्राद्ध, पिण्डदान र बाबुआमाको काजकिरिया गर्दा करबल र लोकलाजबश जनै धारण गरेर व्रतबन्धको इज्जत धानिदिनेछ । विद्रोही स्वभावको निस्केछ भने व्रतबन्ध गरिदिने बाबुआमाको रहर केवल रहर मात्र साबित हुनेछ । व्रतबन्धको अनुष्ठान केवल औपचारिकताको कर्मकाण्ड मात्र ठहरिनेछ ।

 
गायत्री जप्ने पनि होइन, वेदवेदाङ्गको अध्ययन गर्ने पनि होइन, ब्रह्मचर्य व्रतधारण गरेर गुरुकुलमा विद्याध्ययन गर्ने पनि होइन, अटुटरुपमा जनै धारण गर्नुपर्ने परम्परा निर्वाह गर्ने पनि होइन भने व्रतबन्ध गरेको नाटक मञ्चन गर्नुको के अर्थ रहन्छ र ? वास्तवमा व्रतबन्ध नामको संस्कार जात थाम्ने प्रपञ्च मात्रै हो । जातको परिचय थाम्ने अनुष्ठान हो । इतिहासको कुनै कालखण्डबाट प्रारम्भ भएको ब्राह्मणका हातबाट जनै धारण गरेर “जात उकाली माग्ने” औपचारिकताको निरन्तरता हो । इतिहासको कुनै कालखण्डमा व्यवहारमा मञ्चित भएको जात खोजी अभियानको अवशेष हो । मानिस जन्मदा शुद्र हुन्छ र जातसंस्कारले मात्र उसलाई ब्राह्मण, क्षत्री वा वैश्य भनाउन योग्य बनाउाछ भन्ने वैदिक समाजको प्रारम्भिक मान्यतालाई आधार मानेर आफ्नो सन्तानलाई “क्षत्री–ब्राह्मण” बनाउने बाबुआमाको रहर पूरा गर्न जनै भिराइदिने कर्म मात्रै हो– व्रतबन्ध ।

 
त्यस दिन ब्रतबन्ध गरिादै गरेको केटाको थर “कार्की” थियो । “सतारकार्की” एकथरि ब्राह्मणहरुको थर पनि हुन्छ तापनि सामान्यत: खस वर्णविभाजनअनुसार कार्कीलाई क्षत्री समुदायमा गनिन्छ । अर्थात् कार्की भनेको खसक्षत्रीहरुको एउटा थर हो । “……….अब उप्रान्त हामीलाई झर्रा क्षत्री भन्नु” भनेर श्री ३ जङ्गबहादुरले इस्तिहार जारी गरेको दिनदेखि खस क्षत्रीहरु सबैलाई झर्रा क्षत्री भन्न थालिएको हो । चौधौं शताब्दीसम्ममा सबै खसहरुले हिन्दूधर्म ग्रहण गरिसकेका थिए भन्ने इतिहासकारहरुको मान्यता रहेको छ । खसहरुले हिन्दू धर्मसंस्कार अवलम्बन गरेर आफूलाई क्षत्री–बाह्मण भनाउन थाल्दा जनै ग्रहण नगर्ने वा त्यसो गर्न नरुचाउने खसहरु पनि थिए । क्षत्री वा ब्राह्मण भनाउन जनै लगाउनैपर्ने बाध्यता त्यसर्थमा परेको होला । जनै लगाउनेहरु झर्रा क्षत्री र जनै नलगाउनेहरु कच्चा क्षत्री । तत्कालीन समयमा कााधमा जनै नभए आफूलाई क्षत्री वा ब्राह्मण भनेर दाबी गर्ने आधार रहादैनथ्यो होला । अब समय त्यस्तो छैन । जात भनेको कर्मका आधारमा होइन, जन्मका आधारमा निश्चित हुन्छ । क्षत्रीको छोरो क्षत्री नै हुन्छ । बाहुनको छोरो बाहुन । जनै लगाए पनि नलगाए पनि अब कसैको जात तलमाथि हुनेवाला छैन । जात जोगाउनकै लागि जनै लगाइरहनुपर्दैन । हिजो जनै लगाउन नरुचाएका “पावै खस” हरुले पनि आफूलाई क्षत्री नै भनेर चिनाउाछन् । तिनलाई “क्षत्री होइनौ” भन्ने कसैको हिम्मत हुादैन । कसैलाई त्यसो गर्ने अधिकार पनि छैन । त्यसैले झर्रा र कच्चा क्षत्री भन्नुको पनि अब कुनै अर्थ छैन ।
खड्का, बस्न्यात र थापाहरुजस्तै कार्कीहरु पनि बहुुगोत्री हुन्छन् । खड्का, थापा र अधिकारीजस्तै कार्की थर रहनुको कारण राजनयिक जिम्मेवारी हो । आजकाल सवर्णको होस् वा अवर्णको, लोकसेवाको परीक्षा पास गर्ने जो कोहीले पनि “खरदार”को पदबहाल गर्ने अधिकार राखेजस्तै जुनसुकै गोत्रको भए पनि थापा, खड्का वा कार्कीको जिम्मेवारी सम्हाल्ने मान्छे र उसको सन्तानको थर कालान्तरमा “कार्की”, “थापा” वा “खड्का” रहन गएको हुनाले ती थरहरु अनेक गोत्री हुनगएका हुन् । थर र गोत्रमध्ये कुन जेठो हो भनेर किटान गर्न सकिादैन । थर एउटै हुनेहरुको पनि गोत्र फरक हुनसक्ने भएको हुनाले थरभन्दा गोत्र जेठो हो कि जस्तो पनि देखिन्छ तर गोत्र परिवर्तन गर्न सकिने हुनाले थरको जन्म भएपछि गोत्र किटान गरिएको होइन होला भन्न पनि सकिन्छ । कार्कीहरुको सबैभन्दा पुरानो ऐतिहासिक प्रमाण दुल्लुको धर्मस्तम्भ हो । खस साम्राज्यका संस्थापक नागराजको नवौं पुस्ताका राजा अशोकचल्लको राज्यकाल (वि.सं. १३१२–१३३५) मा साउना कार्की र साउका कक्र्यानीले स्थापना गरेको दुल्लु देवलको शिलास्तम्भमा बुद्धको पाषाण मूर्ति कुादिएको छ । तत्कालीन समयमा कार्कीहरुले बुद्धधर्म मान्थे भन्ने कुराको बलियो प्रमाण हो त्यो । अर्थात् सिंजा क्षेत्रमा बसोबास गर्ने खसहरुले तेह्रौं/चौधौं शताब्दीपूर्व बुद्धधर्म मान्थे र धेरैपछि मात्र हिन्दू धर्मसंस्कार ग्रहण गरेका हुन् भन्ने भनाइलाई पनि त्यो स्तम्भको लेखोटले प्रमाणित गरिदिएको छ ।

 
जनै लगाउनुपर्ने परम्परा बसाल्नुको पहिलो कारण र उद्देश्य समाजमा आफ्नो “जात” स्थापित गर्नु थियो । अबको जमानामा ब्राह्मणहरु विशुद्ध बाहुन भएर रहन सक्ने अवस्था छैन । क्षत्रीहरु व्यावसायिक हिसाबले विशुद्ध क्षत्री रहेका छैनन् । अर्थात् वैदिक समाजले विकास गरेको वर्णव्यवस्था अनुरुपको जीवनशैली र व्यवसाय आफूखुसी छोड्ने वा अवलम्बन गर्ने स्वतन्त्रता समाज र कानुन दुवैले दिएको छ । बाहुनको छोराले जुत्ता सिलाएर जीविका गर्छ भने पनि उसको जात खोसिादैन । पियनको जागिर खाादैमा क्षत्रीको छोरो शूद्रमा दरिादैन । कर्मका आधारमा कोही कसैको जात वर्ण निश्चित हुदैन ।

 
अब जातसाग जनैको सम्बन्ध कमजोर बन्दै गएको छ । तर पनि हाम्रा केही सामाजिक संस्कारहरु प्रचलनमा छन्, जसमा जनै धारण गर्नु अनिवार्य मानिन्छ । पितृका नाममा गरिने श्राद्धमा जनै लगाउनु अनिवार्य छ । अर्थात् श्राद्धका कर्महरुसाग जनैको पनि सम्बन्ध रहन्छ । श्राद्ध भनेको पितृकार्य हो भनिन्छ र पितृकर्म देब्रे कााधमा जनै राखेर गरिन्छ । श्राद्धमा देवपूजन पनि गर्नुपर्ने हुन्छ र त्यसका लागि जनै दाहिने कााधमा राख्नुपर्ने व्यवस्था हुन्छ । अन्त्येष्टि अर्थात् तेह्रदिने क्रियामा पनि विभिन्न नामका श्राद्धहरु गरिन्छन । श्राद्ध र देवपूजन समेत हुने हुनाले क्रियाकर्मका बेला पनि जनै लगाउनु अनिवार्य मानिन्छ । खस जातिका ब्राह्मण–क्षत्री समुदायमा जनैसहितको क्रियाविधि प्रचलनमा रहेको हुनाले ती जातहरुका निमित्त जनै अनिवार्य मानिन्छ ।

 
जनै धारण गर्ने संस्कारको अनिवार्य अङ्गको रुपमा गायत्री मन्त्र सिक्नु सिकाउनुलाई पनि मानिन्छ । अर्थात् व्रतबन्ध संस्कार गरेपछि दिनहुा नियमित रुपमा गायत्री मन्त्रको जप गर्नुपर्ने सामाजिक प्रचलन छ । राजर्षि विश्वामित्रले रचना गरेको गायत्री मन्त्र र त्यसको शाब्दिक अर्थ यस्तो रहेको छ :
“ॐ भूर्भूव: स्व: तत्सवितु: देवस्य वरेण्यं भगो: धीमहि: या: न धिय: प्रचोदयात् ।”
यो मन्त्रलाई यसरी पनि गाउने चलन छ:–
(ॐ भू: भूव: स्व:, तत्सवितुर्वरेण्यं, भर्गाे: देवस्य धीमहि:, या: न धिय: प्रचोदयात् ।)
अर्थात्: परमात्मा परमेश्वर (ॐ), प्राणप्रिय (भू:), दु:खनाशक (भूव:), सुखरुप (स्व:), सृष्टिकर्ता (तत्सवितुर), दिव्यगुणयुक्त (देवस्य), जसको एक झलक सबैभन्दा प्यारो छ (वरेण्यं भगो), ध्यान गरौं (धीमहि:्र) । उही परमात्माले (या:) ध्यान गर्ने क्षमता बढाइदिऊन् (न धियो: प्रचोदयात्) ।
असली गायत्री मन्त्र यही हो । गायत्रीको अर्थ पनि यही हो । यो मन्त्रले परमात्मा परमेश्वरसाग ध्यानमा लिन हुने शक्ति प्रदान गर्नको निमित्त प्रार्थना गरिएको छ । त्यसैले जनै र गायत्री मन्त्रबीच कुनै साइनो सम्बन्ध छ भन्न मिल्दैन । गायत्रीको जनैसाग कुनै साइनो सम्बन्ध छैन । बरु जनै नामको त्यान्द्रोले खस जातिमा गहिरो विभाजनको रेखा कोरिदिएको छ । बाहुन, क्षत्री वा शुद्र भनेर छुट्टयाउने एकमात्र तन्तु त्यही जनै नै हो । त्योभन्दा अर्को उपयोगी कार्य जनैको छादै छैन । जतिञ्ज्याल जातको अस्तित्व समाजमा रहन्छ, विनाजनै पनि त्यो रहिरहनेछ । जात पहिचानकै लागि अब जनै लगाइरहनुपर्दैन । भविष्यको जुन कालखण्डमा समाजबाट जात विभाजनको रेखा मेटिनेछ, त्यतिबेला त झन् जनैको कुनै औचित्य रहनेछैन । त्यसैले जनैधारण अर्थात् व्रतबन्ध नामको संस्कारको अब कुनै अर्थ छैन । समयले त्यसको औचित्य समाप्त गरिदिसक्यो । अब पनि जनै धारणको नाटक मञ्चन गरेर जातको खोजी गरिरहनु आवश्यक छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here