१५ सय वर्ष पुरानो मानाङ्कमा नेपालको वर्तमान ६ कोणयुक्त झण्डालाई दायाा खुट्टा उचालेर सिंहले सलाम गरेको अंकित छ । यति पुरानो झण्डा अहिले कुनै राष्ट्रको छैन । झण्डाको उत्पत्ति र विकासक्रमका निम्तिसमेत नेपालले कसैसाग ज्ञान र नियम सापट लिनुपर्ने स्थिति पनि छैन ।
यो ‘एरोडाइनामिक्स’ अनुकूल तुल्याइएको हिन्दू झण्डा हो– ‘नेपाल: सोसियल डेमोग्राफी एन्ड एक्सप्रेसन्स’मा हर्क गुरुङ । राष्ट्रिय झण्डा नै परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठिरहेका बेला चन्द्रवंशीय र सूर्यवंशीय राजाका सौर्य अंकित झण्डाको गाथा गाइएको गीत– २१ डिसेम्बर २००६ को ‘कान्तिपुर’ मा एक लेखकको वाक्यांश । आदिवासी र जनजातिहरुले राष्ट्रिय जनावर, झण्डा, रङ्ग फेर्नुपर्ने माग राखेका छन्– २६ डिसेम्बर २००६ को ‘कान्तिपुर’ । नेपाल जनजाति महासंघले झण्डा रङ्ग आदि फेर्नुपर्ने माग राखेको छ– ८ डिसेम्बर २००७ को ‘कान्तिपुर’ । आदि वाक्य र भनाइहरु सत्य हुन् वा होइनन्, तिनको यहाा समीक्षा गरिनेछ ।
पहिलो त्रिकोण
स्याङ्जाको आलमदेवीमा प्रयुक्त हुने झण्डामा तीन कुनामा सर्प, बिच्छी र भ्यागुतो आकारका टुक्रा पनि गाास्नुपर्ने चलन सदियौादेखि चलिआएको थियो, तर त्यस्तो आकार सिउादै र टाास्दै आएका आलमेहरु छिटछिटै मर्न थालेपछि अहिले यो रोकिएको छ । कसैले पनि यो तथ्य आलमदेवी मन्दिरसम्म पुगेर बुझे हुन्छ । यसबाट स्पष्ट भएको छ, राजनीतिशास्त्रको शक्ति सन्तुलनको सिद्धान्तमा झण्डाको पहिलो त्रिकोण निर्मित थियो । सर्प, बिच्छी र भ्यागुतो एक–अर्काको उपस्थिति थाहा पाइने समदूरीमा पुगे भने अघि बढ्दैनन् भन्ने प्राचीन मान्यतामा यो त्रिकोण आधारित रह्यो । तीनवटै निशाचार प्रकृतिका र अण्डज (अभिप्यारस) हुन् । यसैले तिनको बीचमा रातको अर्थमा चन्द्रमा प्रयोग हुन पुगेको हो ।
दोस्रो त्रिकोण
मैदानमा प्रयुक्त हुने झण्डामा प्राय: सूर्य हुन्छ । किनभने हात्ती, बाघ र बादेल एक–अर्काको उपस्थिति थाहा हुने समदूरीमा पुगे भने अघि बढ्दैनन् भन्ने अर्को प्राचीन मान्यतामा यो आधारित छ । यी तीनवटै घाममा देखापर्ने र स्तनपायी (म्यामेलियन) प्रकृतिक हुन् । तीनवटै रैथाने हुन् ।
हात्तीको प्राग्ऐतिहासिक रुप ‘आकिडिस्किर्डन’ प्लेनिफर्मिस’ समेत नेपालमा फेला पार्ने जी कर्भिनसलाई केहीअघि मुम्बईमा मारिएको ‘कान्तिपुर’का पाठकहरुले पढेकै होलान् । पुराणको वराह तमोरको पल्लो भेगमा पाइने ‘सस स्कर्फा–क्रिस्टाटस’ हो । ‘पान्थेरा टिग्रिस’ भन्ने बाघ विदेशी होइन ।
त्रिकोणको संयुक्तमा
१५ सय वर्ष पुरानो मानांकमा नेपालको वर्तमान ६ कोणयुक्त झण्डालाई दायाा खुट्टा उचालेर सिंहले सलाम गरेको अङ्कित छ । यति पुरानो झण्डा अहिले कुनै राष्ट्रको छैन ।
सिंह चढेर लड्न आएको ग्रिक इतियोस (अहिलेको उपभ्रंश अट्टाहास), सिकन्दर (अहिलेको सिकिस्त, हिन्दीको सिकस्त र नेवारीको सिकाय), उसको सेनापति सेल्युकस (अहिलेको नेपालीको सलक अर्थात् पङ्क्ति, हिन्दीको सलाका अर्थात् महान्) आदि विदेशीको प्रतीकका रुपमा यो सिंह (पान्थेरा लियो पेर्सिका) आएको हो । सलाम पार्न बाध्य बनाइएको सिंह रैथाने होइन पनि ।
त्यससागै जहाानेर आलमदेवीका पुजारी रानामगर हुन्, त्यहीानेर मानाङ्क ढालिएको भक्तपुर र त्यसपछिको ललितपुरमा त्यही कालमै प्रशस्त ‘रानक’ हरुको स्पष्ट उल्लेख छ । यद्यपि राणकको अर्थ सेनापति हो । यसको वर्तमान छोटो लामो दूरीको ज्यामितीय स्थिरीकरण गर्ने शङ्करनाथ रिमाल यहीा हाम्रो वरिपरि छन्, अर्थात् यस्तो ‘एरोडाइनामिक्स’ अनुकूलको उद्भवचाहिा हिजोको मात्र कुरा हो । संयक्त राष्ट्रसंघ परिसरमा रहको नेपाली झण्डा नफेरिएपछि पहिलो प्रतिनिधि ऋषिकेश शाहले झण्डाका दुई त्रिकोणहरुमा ठूला–ठूला प्वाल पार्न लगाए । उनका ठाउामा दोस्रो प्रतिनिधिका रुपमा संयुक्त राष्ट्रसंघ मुख्यालय पुगेका पदमबहादुर खत्रीले झण्डाको त्यो अपमान देखेर फहरिने उपायहरुको खोजीका क्रममा एराडाइनामिक बनाउनुपर्छ भन्ने कुरा उठ्यो, त्यसपछि यसको ज्यामितीय प्रारुपमा सुधार भएको हो ।
सौर्य गाथाको कुरा
जापानमा सम्राट्ले राज्याभिषेकको अन्तिम चरणमा धातुको ऐना लिएर सूर्य मन्दिरमा जानुपर्छ । कोरियाको पुरानो नाम चोसुनको अर्थ सम्भवत: सूर्य नै हो । कम्पुचियाको एङ्कोर वाट बनाउने व्यक्ति सूर्य वर्मन हुन् । केहीअघि हट्टेलले खिङ्गामा उत्खनन गरेर निकालेको ‘कालोङ’ ऐना सन् १९९० मा मध्यतिब्बतमा उत्खनन गरेर निकालिएको कालोङसाग मिल्न पुगेको छ । जुन चीनबाट तिब्बत हुादै नेपाल आएको मानिएको छ र यही ऐना हो, मन्दिरमा विराजमान गराइने नेवार समुदायको सूर्य ऐना –ज्वाला न्हायकं । यो धातुकै हुन्छ ।
कालोङको वर्तमान नेपाली उपभ्रंश हो, काास र अर्कातिर लिम्बूहरुको ‘थुङथाङ्वा’ सूर्यदेव हुन् । उनी अदुवासागै लसुनमा विराजमान भएर तिब्बतबाट पसे, उनीहरुको परम्परा यही भन्छ । जब कि भाभिलोभले लसुनलाई मध्यएसिया र भूमध्यसागरीय मानेका छन् भने अदुवालाई ‘हर्टस थर्ड’ले ऊष्ण दक्षिणपूर्व एसियाई मानेको छ । बरु ५ सय वर्षअघिका शासक मानिएका तूम्बाहाम्फे थुङथाङ्वा शब्दको अपभ्रंश हुन सक्छ । कन्दङ्वाहरु पनि थुङथाङ्वासाग बढी सम्बन्धित ठानिन्छन् ।
यद्यपि सुनुवारहरु ओलखढुंगाको कुइभीरमा सूर्यबाट सबैभन्दा पहिलो सिराातहरु लिम्बू राई र सुनुवार उत्पन्न भएका हुन् भन्ने मान्यता राख्छन् । राईहरु अहिले सहकाल निम्त्याउने उत्सव साकेवा सिलीमा बेछु (कुर्कुमा एङस्टिफोलियस) खुर्पाले काट्छन् । हरेक धार्मिक कार्यमा बेछु राख्छन्, पितृको सम्झनामा । यो अदुवा (जिन्जिवर अफिसिनाल)कै विकल्प हो । चाहे वान्तवा मुन्धुम होस्, चाहे ‘दोवाङदुम सामकालिङ’ यही भन्छन् । कुलुङ राईहरु पूर्वे (सूर्य) को पूजामा खदुवा नै प्रयोग गर्छन् र सूर्यको सवारी मानिएको अश्व तिब्बती पठार, मुस्ताङ र डेढ सय वर्षअघि दोलखामा पाइादै गरेको ‘इक्विस होमिनियम कियाङ’ हो ।
अर्थात् यो ग्रिसबाट खैबरभन्ज्याङ हुादै पसेको हेलेनिक अवधारणा होइन, न पामिरहेको गााठोबाट विस्तारित धारणा हो । नभन्दै तेह्रथुमको छाते ढुङगामा सर्प, भ्यागुतो, चन्द्र सूर्य, माछासहित देवी–देवता पनि अंकित छन् । यो ५ सय वर्षअघिका तत्कालीन कन्दङवा शासकहरुले राखेको मानिएको छ । त्यसका निम्ति त्यहीा पुगेर हेरे हुन्छ ।
झण्डाको रङ्ग– पहिलो
आलमदेवीको आलम शब्द समयलाई बुझाउने उर्दूको आलमबाट बनेको होइन । कुलमण्डन शाह र दिल्लीको आलम शाहबीच कुरै छोडौा, कुलमण्डनकै आलमसाग गोरु बेचेको नाता पनि छैन । बृहत् नेपाली शब्दकोशको उद्दण्ड संस्कृत आग्रह आलम संस्कृतको आलम्भबाट बनेको हो, जोगीहरुले लगाउने अलखा अरबियन शब्द अल्फसाबाट बनेको हो समेत भनिदिन्छ, तर कास्कीको आलम, दोलखाको आलम्पु, जुम्लाको चन्दननाथ, भैरवनाथका आलम त्यसलाई रङ्गाइने माध्यम आल्ताबाट बनेका हो । यो थामी शब्द भएको बुझिन्छ । आल्ता अहिले पनि गाउागाउामा नङिनीहरुले लिएर हिाड्छन् औालाहरुमा लगाइदिन, त्यसबाट परालको चारपाटेमा फूल पनि बनाइन्छ । तर आल्ताको एक वानस्पतिक स्रोत बनेको इपिु, चक्रमण्ड (क्यासिया टोरा) सन् १४९२ मा पत्ता लागेको अमेरिकाबाट आएको हो । आलमदेवी मान्ने विचित्र खान सम्भवत: सन् १४८९ मै थिए । आलताको नेपालको प्राचीनतम उल्लेख सन् १६६१ को हो ।
योभन्दा पुरानो नेपालको रङ्ग स्रोत मजिठो (रुविया मन्जिष्ठा) लाई १६६१मै भक्तपुरले नियमित गर्न सनद बनाएको देखिन्छ । यही मजिठोबाट नेपाली भाषाको कपडासम्बन्धी अनेक शब्द बनेका छन्– मजेत्रो, मोजा, धोतीको मुजा आदि । मजिठोको भूगोल (फाइटोजियोग्राफी) भित्र भारतको अरुणाचल र मणिपुर पनि पर्छन्, तर त्यहाा मजिठोको उपस्थितिबारे लेख्ने व्यक्ति सन् १७९२ का विलियम रक्सवर्ग हुन् । रक्सवर्ग अघि नै नेपालबाट निर्यात गरिने मजिठोबाट अङ्ग्रेजीमा रङ्ग बुझाउने शब्द ‘मजेन्टा’ बनिसकेको थियो । ३ हजार वर्षअघि नै लेखिएको सुश्रुतसंहिता मजिठो शब्दको पनि छ, उखुको प्रसङ्गमा नेपाल पनि लेखिएको छ र भूमिकामै सुश्रुतसंहिता उत्तरकुरुमा बनेको लेखिएको छ । उत्तरकुरुको अर्थ हो तिब्बत । मञ्जिष्ठा शब्द ऋग्वेदमै पनि छ ।
त्यसैले मजिठोले दिएको रङ्ग निङ्मापा सम्प्रदायमा पनि स्वीकृत भयो । मजिठो नेपालको पूर्वी हिमालयको ६ सयदेखि १ हजार मिटर उचाइमा पाइन्छ । र, यस्तो रङ्ग बनाउनेलाई भाट भनिन्छ भन्ने कुरा १८५० मा एम्बोर्स ओल्डफिल्डले पनि लेखेका छन् । हााडीगाउाको भाटभटेनीले त्यसलाई कम्तीमा अर्को २ हजार वर्ष पछाडि लान्छ पनि । अर्थात् नेपाली झण्डाको रङ्ग सिम्रिक (सिमर अर्थात् सिमल: अफ्रिकी मूलको हो कि भनेर विवादित बम्बाक्स साइवा) रङ्गको रातो थिएन र होइन पनि । पिटर मेथिसिनबाट ‘डोल्पा रेड’ को संज्ञाप्राप्त रङ्गको स्रोतचाहिा के हो, स्पष्ट हुनु नै छ ।
झण्डाको रङ्ग दोस्रो
नीलो लुगा लगाएर आएका दुई केपुचिन पादरीका कारण भाष्कर मल्ल मरे भन्ने धारणा काठमाडौंमा पाइएको कुरा सन् १७२१ मा नेपाल भएर तिब्बत गएका इपोलिटो डेसिडेरीले बताएका छन् । काठमाडौंका पुराना रैथानेहरु अझै पनि नीलो सुट, सारी, टाई लगाएर निम्ता मान्न जाादैनन् । जब कि आठौा शताब्दीपछि तिब्बती बज्रयानले स्वीकारेको रङ्ग हो यो । यो रातो र कालोलाई ‘मार’ को रङ्ग मान्ने प्राचीन बोन्पो धर्मको आङ्खनै रङ्ग हो । जुन बोन आजभोलि मनाङ्ग र मुस्ताङमा बढी चर्चित छ, तर नेपालमा रञ्जितकारहरुले संहार भैरवका रुपमा धयाम्पो बनाएर सञ्चित गर्ने नीलो रङ्ग कटुवाल दह छेउछाउका ढुङ्गाका चेपमा पाइने फुस्रो नीलो रङ्गबाट बनाइन्छ ।
उता कम्तीमा २ हजार वर्षअघि नै नीलिशाला प्रणाली (नक्साल) र त्यहाा अहिलेका रजक, रञ्जित दुवैको मूल थलो जनाउने ‘जोन्जोङदीग्राम’ रहेको अभिलेख आधारित धारणा छ । केहीअघिको भूगर्भशास्त्रीय अध्ययनले उपत्यकाबाट ७ हजार वर्षअघि नै पानी बगेर गएको, तर कटुवाल दल त्यो पानीको सतहभन्दा माथि रहेको मानेको छ । अर्थात् त्यस्तो नीलो रङ्गले प्रयोग नेपालमा २ हजार वर्षभन्दा पछाडिसम्म जान सक्छ, अझ उत्खनित वस्तुहरुमा लेजर प्रविधि अपनाइयो भने अझै हजारौा वर्ष पछाडि जान सक्छ । जब कि पश्चिममा नीलोको स्रोत ‘टिङटोरिया इन्डिगोफेरा’ बन्न थालेको समय धेरैभन्दा धेरै ७ सय वर्षभन्दा पुरानो होइन ।
अर्थात् झण्डाको प्रतिरक्षा गर्ने बज्रयानी तान्त्रिक प्रयासका रुपमा आठौा शताब्दीपछि रञ्जितकारहरुले आङ्खनै स्वदेशी रङ्ग प्रयोग गरी सन्जाफ होले ।
कपडाको स्रोत
कपास (गस्सिपियम एसियाटिका) मध्यएसियाबाट आउनुअघि नेपालमा एसिया माइनरबाट भाङ (क्यान्नविस स्याटिभा) छिर्यो । गत महिना ‘कान्तिपुर’मा डाक्टरद्वय दयानन्द बज्राचार्य र इसान गौतमले ३ हजार वर्षअघि इजिप्टमा फूल खेती हुन्थ्यो भन्ने लेखेका छन् । यो फ्रेन्च लिपिविशेषज्ञ ज्याा फ्रंस्वाा स्याम्पलियोले १७९९ मा ‘रोजेट्टा स्टोन’ नामक चित्रलिपिको रहस्य खोलेपछि विकसित अनुमानहरुमा आधारित हो । तैपनि त्यसको समय ‘एक मिलेनियम पूर्व’ को होइन, इसापूर्व दोस्रो शताब्दीको हो । तर जितारी मल्लका पूर्वजहरुको साम्राज्यभित्र रहेको ‘खसमिर’ मा लगाइने केशरले रङ्गाएपछि ५ हजार वर्षअघिको हर्क गुरुङले नरुचाएको हिन्दू केशरिया, त्यही गिरिफूलले रङ्गाएकाले गेरुवा अनि त्यसैले भाङ्ग्रालाई रङ्गएपछि भगवा बन्छ, तर कपासको कपडालाई खदिर (अकासिया क्याटेसु) ले रङ्गाएपछि खद्दर बन्छ ।
तर भाङको आगमनअघि भाङग्रे सिस्नो (जिरार्डियाना डाइभर्सि फोलिया)को लुगा नेपालको पूर्वी पहाडमा प्रचलित थियो । अहिले लिम्बूहरुको सिस्नेझाक्री ‘सिवाटेट केजाङ चिङचिङलुङ साम्वा’ मा सीमित छ । त्योभन्दा पनि पर एक किसिमको सुनाखरी (डेन्ड्रोवियम अफाइलम) बाट निकालिने सुनौला रेसाबाट बनेको ‘फरे’ मनाङका गुरुङ र तामाङहरुले बोक्थे । यो रेसा बुनेर राइनीहरु अझै शिरबन्दीमा लगाउाछन्, सौभाग्य चिह्नका रुपमा । यो मुर्चुङ्गा र विनायोमा पनि यदाकदा गाासिन्छ । किनभने यसको सुनौली रङ्ग कहिल्यै उड्दैन, ओइलाउादैन । त्यसैले राई भाषामा यसलाई अम्री भनिन्छ । सम्भवत: संस्कृतमा अमर र अमृत शब्द यसैबाट आएको हो । यो बोन्पोको पवित्रतम ‘उज्यालो सुनौलो’ हो । यसलाई विभाजन गर्दा उनीहरु पवित्रतम सेतो र त्यसपछि पहोलो मान्छन् र नै टीका लगाउनुपर्दा सेतो रङ्गको लगाउाछन् ।
अर्थात् प्राचीनतम झण्डाको कपडा सम्भवत: मजिठोको रङ्गको भन्दा पनि सुनाखरीको सुनौली पहोलो रङ्गको थियो । नभन्दा जुम्लामा आजभोलि बोका–बाख्राका खस्रो ऊनबाट बुन्ने राडीलाई फेरे भनिन्छ, मनाङमा बुनिने कपडालाई मात्र होइन । र, यही फेरेबाट नेपाली भाषाको कपडा सम्बन्धित फरिया, फोटा, फहराउनु र झण्डाको फर्दा शब्दसमेत बनेको हो । न कि बृहत् शब्दकोशले चिच्च्याएसरह प्राकृतिको फालियाबाट । ‘हिस्ट्री अफ सर्जरी’ मा जर्ज युर्गेन्सले लेखेका छन्– भारतमा कम्मरमुनिको भागभन्दा अनुहार देखाउनु ५–६ सय वर्षअघिसम्म लज्जाको विषय थियो । उनीहरु अङ्ग्रेज देख्नेबित्तिकै धोती उठाएर अनुहार छोप्थे । अङ्ग्रेजहरुले यसलाई आङ्खनो अपमान ठाने । पछि रहस्य बुझेपछि धोती उठाउन नपाइने नियम बनाए ।
अर्कातिर हेरौा, पट्टाचारा एक जातक कथामात्र हो । अन्यथा त्यहाा सारीको उद्भव गर्ने श्रेय चन्द्रगुप्त मौर्य द्वितीयकी ग्रिक पत्नी हेलेनलाई दिएको अवस्थामा नेपालमा फरियाको प्राचीन उपस्थिति कम महत्वपूर्ण छैन । कपासको रेसा धागो हुन्छ, भाङ्ग्राको रेसा गद हुन्छ, केराको रेसा धजा हुज्छ, सुनाखरीको रेसा फेरो हुन्छ, रेसमको धागो रेसा हुन्छ । तर इमानसिंह चेम्जोङले भनेजस्तो पूर्वमा किम्बु (पूर्वको सन्दर्भमा मोरस म्याकरोआ) र रेसा उत्पादनको कुनै प्राचीन प्रमाण छैन ।
प्रतीक खम्बाको कुरा
सुरुमा प्रतीक (टोटम) खम्बाका दुई उदाहरण– आलमदेवीको मूल स्थापना धुर्सु (बड्डेलिया एसियाटिका) हो, मनकामनामा लखन थापा प्रथम अलप भएको गुफा बाहिर पनि पवित्र धुर्सु छ । आलमदेवीका पुजारी रानामगर र मनकामनाका लाहोमगर हुन् । अर्थात् मगर प्रतीक (टोटम) धुर्सु अर्थात् भीमसेनपाती भएको स्पष्ट छ । धुर्सु मर्चाको एउटा बलियो माध्यम हुनु यस पछाडिको एक रहस्य हुन सक्छ । त्यस्तै भीष्मको झण्डामा ताड हुन्छ । यो महाभारतकालमा वलिष्ठताको प्रतीक हो । त्यसैले नेवारहरु नेपालको रैथाने ताइवसी (ट्राचिकार्पस मरिटियानस) काट्दैनन् । ढलेछ भने रथ वा खटको निम्ति चाहिने सबैभन्दा बलियो काठ निदालका निम्ति प्रयोग गर्छन् । ठीक त्यसैगरी नेपालको वनकेरा (म्युसा वाल्वेसियाना) एउटा प्राचीन टोटमका रुपमा देखापर्छ । किनभने टोटमको रुपान्तरण भएर दुई त्रिकोणीय झण्डामा परिवर्तन भइसक्दा पनि जनजातिहरु तुप्ला (केराको पातको टुप्पा) लाई अझैसम्म पनि पूर्वजको निम्ति प्रयोग गर्दै छन् ।
र, अर्कातिर त्यो कालको पारुहाङ र सुम्निमा बुझाउन अघ्र्यमा केरा राखेर जल चढाउने चलन कायम छ, तर अनिवार्य बज्रासनमा । बज्रासन निम्बूहरुदेखि जापानसम्मको अभिवादनको अनिवार्य नियम हो । (त्यसै पतञ्जलीलाई योग शिवले सिकाएका हुन् भनिएको छैन ।) केराको खम्बा ढोकाका दुई छेउमा अझै गाडिन्छ । सायद यो जोङ (किल्ला) बुझाउने प्रतीक थियो । माथि भनियो, केराको रेसालाई धजा भनिन्छ र पातलाई पाली भाषामा पताका भनिादै छ । मध्यकालीन नेपाली भारदारहरुका बगौचामा पनि उनीहरुको निवास ‘मोट’ सहितको एक किल्ला हो भन्ने जनाउन तड रोप्ने गरिन्थ्यो । धेरै पछिसम्म पनि यो कायम रह्यो, चाहे त्यो त्रिभुवन प्रधानकोमा होस् चाहे भीमसेन थापाको । तर ताड महाभारत युगको हो । झण्डा त्योभन्दा अघि नै प्रचलनमा थियो । तर अर्जुनको झण्डामा अङ्कित पात्र हनुमान होइनन्, अङ्गद हुन् । अङ्गदतन्त्र विषलाई ‘न्युट्रलाइज’ गर्ने एक शाखा हो । जैविक विषमा सबैभन्दा विषालु सर्पको विष हुन्छ । यसैले अर्जुनलाई विषालुतम वाणका विषबाट बच्न हनुमानको होइन, अङ्गदको आवश्यकता थियो । (भूमध्य सागरीय विषालुतम सर्प सम्बन्धित भएकाले विष्णु) र अङ्गद (माकुला मुलाट्टा) र सञ्जीवनी (नेपालको रैथाने पेपेरोमिया टेट्राफाइला) बीच नै पनि के सम्बन्ध छ कुनै प्रिमेटोलस्टि वा फाइटोकेमिस्टले भन्न सक्लान् ?
रामका समकालीन नेपालका सुधन्वा हुन्, जसको टोटम हो बनकोरा । अर्थात् झण्डाको उत्पति र विकासक्रमका निम्तिसमेत नेपालले कसैसाग ज्ञान र नियम सापट लिनुपर्ने स्थिति छैन । अन्त्यमा ब्युाझिएकोलाई उठाउन सकिन्छ, ब्युाझिएर पनि निदाएकोलाई सकिादैन । आफौ बसेको हाागो काट्ने कालीदास कसैलाई हुनु छ भने होओस् ।