सामान्यतया नेपालीहरुको औसत उमेर नै ५९/६० वर्षको हुने गर्छ । तर एक जना ८३ वर्षीया महिला २४ वर्षको उमेरदेखि ५९ वर्षसम्म निरन्तर व्यवसायमा चम्किरहेकी छिन् भन्दा पत्याउनै गाह्रो पर्छ । तर काठमाडौंको बत्तीसपुतलीमा रहेको तारे होटलको भन्दा स्तरीय सेवा दिादै आएको होटलकी संस्थापक सञ्चालक अम्बिका श्रेष्ठले पत्याउनै गाह्रो पर्ने काम गरिरहेकी छिन् । अहिलेको अवस्थामा पनि औसत नेपाली महिलाहरुले उच्च पदमा पुग्ने वा व्यवसाय गर्ने अवसर पाउादैनन्, पाइहाले पनि निकै चुनौतीहरुको सामना गर्नुपर्छ । जब कि ५९ वर्ष पहिलेको नेपाली समाजमा परिवारलाई चुनौती दिएर व्यवसायमा लाग्नु कति गाह्रो थियो, कल्पना गर्न पनि असजिलो हुन्छ । तर ती सबैखालका चुनौतीहरुलाई सामना गर्दै स्थापित व्यवसायीका रुपमा ख्याती कमाएकी श्रेष्ठ महिलाहरुका लागि मात्र होइन, व्यवसाय गर्न चाहने सबैका लागि प्रेरणाको स्रोत बनेकी छिन् । उमेरले ८३ पुगेकी उनी अहिले पनि व्यवसायमा उत्तिकै सक्रिय छिन्, जति युवापुस्ता सक्रिय हुन्छ । तर अहिले उनको दैनिक गतिविधिमा समाज सेवा र महिलाहरुलाई सक्षम बनाउने कामको तालिका पनि थपिएको छ । सन् १९७७ मा उनका श्रीमान् द्वारिकादास श्रेष्ठको नाममा द्वारिका होटल सञ्चालनमा आएपछि उनी उक्त होटलको जिम्मेवारी पनि सम्हालिरहेकी छिन् । यसबीचमा उनी ट्राभल एजेन्सीदेखि ट्रेकिङ एसोसिएसनको प्रमुखदेखि विभिन्न पर्यटनसम्बन्धी व्यवसाय समेत सम्हाल्दै आएकी छिन् । तर सुरुमा भने उनी रहरले भन्दा पनि बाध्यताले अर्थात् परिवार चलाउन आवश्यक आर्थिक स्रोत जुटाउनका लागि व्यवसायमा लागेकी थिइन् । हुन त उनको परिवार आर्थिक रुपमा कमजोर थिएन, उनका ससुरा तत्कालीन अवस्थामा नेपालका गनेचुनेका व्यवसायीमध्ये एक थिए भने उनका श्रीमान् तत्कालीन राजाको मातहतका बडा हाकिम थिए । तर परिवारसाग राम्रो सम्बन्ध नभएपछि अम्बिका र उनका श्रीमान् परिवारबाट छुट्टिएर व्यवसायमा लागेका थिए । अम्बिका व्यवसायमा लाग्दा उनको परिवारले उनलाई निषेध नै गरेको थियो । आफ्नो विगत सम्झिादै अम्बिकाले स्वाभिमानसाग भनिन्, ‘परिवारका सदस्यहरु मलाई देख्दा बाटो काटेर वा आाखा तरेर हिाड्थे ।’ तर समय सधैं एकनास रहेन । श्रीमान्को निरन्तरको सहयोगका कारण उनी व्यवसायमा सफल बन्दै गइन् । उनी सफल व्यवसायीका रुपमा स्थापित हुादै गएपछि परिवारका सदस्यहरुले पनि सहयोग गर्न थाले । अम्बिकाले विगतमा आफूले निकै ठूला चुनौतीका बाबजुद पनि व्यवसायमा लागिरहेकाले आज आफू एउटा सफल महिला उद्यमीका रुपमा स्थापित बन्न सकेको जनाइन् । उनले गलत काम नगरी इमानदारिताका साथ काम गरेमा जतिसुकै विरोध र अवरोधका बीच पनि सफलता प्राप्ति हुने भन्दै आफूमा पनि त्यही कुरा लागू भएको र हरेक व्यक्तिले इमानदारिता र कामप्रतिको लगावलाई ध्यान दिएमा सफलता प्राप्ति हुने उनको भनाइ छ । अम्बिकाको व्यवसायमा हाल उनकी छोरी संगीता तथा नातिहरुले सघाइरहेका छन् । तर पनि उनको सक्रियतामा भने कमी आएको छैन । उनी भन्छिन्, ‘नयाा पुस्तासाग नयाा आइडिया हुन्छ, उनीहरु नयाा–नयाा प्रविधिलाई प्रयोग गर्छन् । तर पनि मेरो सक्रियता पनि कम छैन । उनले आफूले व्यवसाय सुरु गर्दा प्रविधिको सुविधा नभए पनि हाल प्रविधिको प्रयोग र नयाा पुस्ताको सहभागिताले व्यवसायमा थप सहजता भएको जनाइन् । अम्बिकाले होटल तथा पर्यटन उद्योगमा झण्डै पााच सय जनालाई रोजगारी दिएकी छिन् । तर गत वैशाखमा गएको भूकम्प र हालै भारतले लगाइरहेको नाकाबन्दीका कारण पर्यटकहरुको आगमनमा कमी आएकाले केही असहजता भइरहेको जनाइन् ।
अम्बिका आफूमात्र सफल उद्यमी भएर सन्तुष्ट छैनन् । उनी हरेक नेपाली महिलाहरु सक्षम हुनुपर्छ भन्ने मान्यता राख्छिन् । त्यसका लागि उनले बिजनेश एण्ड प्रोफेशनल ओमन नामक संस्थामार्फत महिलाहरुलाई तालिम दिने, विना धितो लोनको व्यवस्था गरिदिनेदेखि व्यवसाय सञ्चालन गरिदिनेसम्मको काम गर्दै आएकी छिन् । हाल उनको उक्त संस्थाले विभिन्न जिल्लामा १२/१४ वटा च्याप्टरमार्फत काम गर्दै आएको छ । अम्बिकाले आफूले तालिम दिएर व्यवसायमा लागेका महिलाहरु आत्मनिर्भर भएको देख्दा सबैभन्दा बढी खुसी लाग्ने गरेको अनुभव सुनाइन् । उनले महिलाहरु सक्षम भएमा परिवार र सम्पूर्ण मुलुक नै समृद्ध हुने भएकाले महिलाहरुलाई सक्षम बनाउने अभियानमा लागेको जनाइन् । उनले हालै गएको भूकम्पबाट पीडितहरुलाई राहत दिनेदेखि भूकम्पबाट घरबार गुमाएकाहरुलाई घर बनाइदिने काममा समेत सहयोग गर्दै आएकी छिन् । स्वाभिमान नेपालको टिम अम्बिकाको व्यावसायिक जीवनका बारेमा कुरा गर्न उनको होटलमा पुग्दा उनी निकै हतारमा देखिन्थिन् । उनले हतार गर्नुको कारणबारे जिज्ञासा राख्दा उनले बनेपामा सीप तथा व्यावसायिक तालिम लिएका महिलाहरुको कार्यक्रममा जान लागेकाले हतार भएको जवाफ दिइन् । ८३ वर्षको उमेरमा पनि उनको सक्रियता देखेर आश्चर्य नमान्ने कमै होलान् । तर उनको सक्रियताले उनलाई व्यक्तिगत रुपमा मात्र होइन, कैयाौ नेपाली महिलाहरुलाई सक्षमताको बाटोमा अघि बढ्न पनि सहयोग पुगिरहेको छ । उनको यो सक्रियताले निरन्तरता पाइरहोस् हाम्रो पनि शुभकामना !