ललितपुरका चर्चित समाजसेवी तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यका छोरा हुन् वीरराज बज्राचार्य । झण्डै ३५ वर्षदेखि व्यवसायमा संलग्न रहादै आएका उनले पनि बाबुकै बाटोलाई पछ्याइरहेका छन् । सुरुमा बाबुले गर्दै आएको रंगको व्यवसाय सम्हाल्दै आएका बज्राचार्यले पछि पश्मिना तथा हेन्डिक्राफ्टसम्बन्धी मूर्ति बनाउनेसम्बन्धी व्यवसाय पनि गरे तर उनले ती व्यवसाय आफ्नो व्यक्तिगत फाइदाका लागि भन्दा पनि आफ्नो आसपास रहेका बेरोजगारहरुलाई रोजगारीको अवसर दिनका लागि सुरु गरेका थिए । विं सं. २०४५ सालबाट रिकन्डिशन गाडीको व्यवसाय सुरु गरेका उनले २०४७ सालदेखि रंगको व्यवसायलाई छाडिदिए । उनले आफूले रंगको व्यवसाय गर्दा रंगमा मिसावट गर्ने तथा दुई नम्बरी ढंगले व्यवसाय गर्नेहरुले जस्तै सस्तो मूल्यमा रंग उपलब्ध गराउन नसक्दा प्रतिस्पर्धा गर्न नसकेको र इमानदारिताका साथ व्यवसाय गर्दा आफौ ठगिनुपर्ने बाध्यता देखेर उक्त व्यवसायबाट हात झिकेको जनाए । बज्राचार्यले विगत १५ वर्षदेखि जेनिट अटो केयर प्रालि सञ्चालन गर्दै आएका छन् । उनले उक्त कम्पनीमार्फत झण्डै ४० जनालाई रोजगारी दिएका छन् । उनीसागै पााच जना साथी मिलेर करिब १८ वर्ष पहिले पब्लिक कोअपरेटिभ्सका नाममा एउटा सहकारी सञ्चालन गरेका थिए । हाल आफौ उक्त सहकारीको अध्यक्ष रहेका उनले स्वदेशमै स्वावलम्बन गर्न चाहनेहरुका लागि ऋण उपलब्ध गराउादै आएका छन् । उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि होटल व्यवसायमा पनि लगानी गरेका छन् । तर युवाहरुमा स्वदेशमै केही गर्नुको साटो जसरी पनि विदेश जाने सोचप्रति उनले दु:ख व्यक्त गर्छन् । उनी भन्छन्, ‘स्वदेशमै रोजगारीका कैयाौ सम्भावनाहरु छन्, तर युवाहरुलाई जतिसुकै अवसर दिए पनि विदेश जाने भूतले छोड्दैन । उनले आफ्नै रेष्टुरेन्टमा कैयाौ युवाहरुलाई आकर्षक सुविधासहित रोजगारी दिए पनि केही समय काम सिकेपछि तत्काल विदेश पलायन हुने प्रवृत्ति रहेको गुनासो गरे । बज्राचार्य आफू पनि कैयाौ पटक विदेश भ्रमण गरेका छन् । विदेशमा उनले अवसर नपाएका पनि होइनन् । तर स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मान्यता बोकेका उनले व्यवसायसागै बाबुले जस्तै समाजसेवामा पनि मन लगाइरहेका छन् । उनले आफ्नो टोल समुदायका बेरोजगारहरुलाई रोजगारीमा लगाउनेदेखि विभिन्न टोल तथा समुदायहरुमा सास्कृति झल्किने किसिमका हस्तकलासम्बन्धी सामग्रीहरुको उत्पादन, प्रचारप्रसार र प्रवद्र्धनका लागि पनि योगदान दिादै आएका छन् । ललितपुर उद्योग वाणिज्य संघको हस्तकलासम्बन्धी संयोजक समेत रहेका उनले मुनाफा आर्जनको लक्ष्यले मात्रै नभई समाज र नागरिकलाई समेत अवसर सिर्जना गर्ने, व्यवसायकै माध्यमबाट सामाजिक कार्यमा सहयोग पुर्याउने लक्ष्यले व्यवसाय सञ्चालन गर्ने गर्छन् । उनको यही स्वभावकै कारण उनलाई व्यवसायी र समाजसेवीका रुपमा सबैले प्रशंसा गर्ने गर्छन् । बज्राचार्यले आफू ५० वर्ष कटेपछि व्यवसायभन्दा समाजसेवामा बढी समर्पित हुने लक्ष्य बनाएका थिए । हाल ५३ वर्ष पुगेका उनले पछिल्लो समय समाजसेवामै बढी समय लगाउने गरेका छन् ।
दैनिक हजाराौको संख्यामा नेपाली युवाहरु विदेशिने गरेकोप्रति बज्राचार्य निकै दु:खित छन् । उनी सरकारले युवाहरुलाई स्वदेशमै अवसर सिर्जनाका लागि पहल गर्नुको सट्टा उद्यमीहरुलाई समेत निरुत्साहित गर्ने काम गरिरहेको भन्दै यस्तो प्रवृत्तिले समग्र मुलुकलाई नै नोक्सानी पुग्ने जनाए । पछिल्लो समय भूकम्पसाग भारतीय नाकाबन्दीका कारण मुलुकमा अवसरका सम्भावनाहरु पनि न्यून हुादै गएको र व्यवसायीहरु पनि निरुत्साहित हुने गरेको जनाए । सरकारले विपदका बेला व्यवसायीहरुलाई प्रोत्साहन गरेर थप लगानी गर्ने वातावरण तयार पार्नुको सट्टा हरेक क्षेत्रमा दु:ख मात्र दिने गरेकाले नेपालमा अवसर हुादाहुादै पनि जनशक्ति र लगानी समेत पलायन हुने अवस्था रहेको उनको गुनासो छ ।