हस्तकला व्यवसायमा हेमरत्न शाक्यको नाम पर्यायवाची जस्तै हो । नेपालको हस्तकला व्यवसायलाई मुलुकभित्रै प्रवद्र्धन गर्नेदेखि अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने काममा हेमरत्न शाक्यले खेलेको भूमिकाको जति धेरै प्रशंसा गरे पनि कमी नै हुन्छ । नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष समेत रहेका उनी सहजै भने यो क्षेत्रमा स्थापित भएका होइनन् । करिब १५/१६ वर्षको उमेरदेखि नै मेटल क्राफ्टको कालिगढसम्बन्धी काम गर्दै आएका उनले आफ्नो कामसागै अध्ययनलाई पनि निरन्तरता दिए । इकोनमिक्समा स्नातकतह पूरा गरेका शाक्यले २४ वर्षको उमेरमा २०३५ सालतिर मंगलबजारकी नानीशोभासाग विवाह गरे । नानीशोभाको माइतीले सुनचाादीको व्यवसाय गर्ने भए पनि विवाहपछि भने श्रीमान्, श्रीमती मिलेर मेटलसम्बन्धी काम गर्न थाले । शाक्य व्यवसायसागै हस्तकला महासंघमा पनि सक्रिय हुादै आए । झण्डै २२ वर्ष मेटल व्यवसायसागै हस्तकला महासंघमा सक्रिय हुादै आएका शाक्य महासंघको अध्यक्षसागै सफल व्यवसायीका रुपमा पनि स्थापित भइसकेका छन् । शाक्य आफ्नो सफलताको पछाडि श्रीमतीको सहयोग निकै महत्वपूर्ण रहेको जनाउाछन् । उनी भन्छन्, बिहेपछि मेरो काममा श्रीमतीको पनि सहयोग भयो, जसले गर्दा व्यवसायसागै महासंघमा पनि सक्रिय हुने अवसर पाएा । जसले गर्दा महासंघको महत्वपूर्ण जिम्मेवारीसम्म पुग्ने अवसर पाएा । शाक्यले हरेक दिन बिहान श्रीमतीसागै मेटलको काम गर्ने र अन्य समयमा अतिरिक्त गतिविधिहरुमा सक्रिय हुने गरेको जनाए । पारिवारिक रुपमा प्राप्त हुने सहयोग र साथकै कारणले व्यवसायसागै अन्य गतिविधिमा पनि सक्रिय हुन पाएको र त्यसले आफूलाई महत्वपूर्ण स्थानसम्म पुग्न सहयोग पुगेको उनले जनाए । शाक्यले व्यवसायका अतिरिक्त महासंघको गतिविधिमा पनि सक्रिय भइरहन्थे । यस्तो आफ्नो काम छोडेर अन्य गतिविधिमा हिाड्दा कहिलेकाहीा श्रीमतीले आफ्नै काममा मात्र लागे हुन्थ्यो भन्नेखालको गुनासो गर्ने गरेको उनले जनाए । तर व्यवसायमा श्रीमतीले महत्वपूर्ण सहयोग गर्ने भएकाले महासंघका गतिविधिमा हिाड्दा पनि व्यवसाय सहज ढंगले अघि बढ्ने गरेको शाक्यले जनाए ।
यता शाक्यकी श्रीमती नानीशोभा शाक्य पनि श्रीमान्को सफलता देखेर दंग छिन् । राम्रोसाग नेपाली भाषा समेत बोल्न नसक्ने उनी व्यवसायमा भने निकै दत्तचित देखिन्छिन् । उनको कामप्रतिको लगाव र परिवारलाई गर्ने सहयोगकै कारण शाक्य परिवार पारिवारिकसागै व्यावसायिक रुपमा पनि सफल र चर्चित बनेको छ । सात कक्षासम्मको औपचारिक शिक्षा हासिल गरेकी नानीशोभा व्यवसायमा भने उच्चशिक्षा अध्ययन गरेकाभन्दा सक्षम छिन् । श्रीमान्को सहयोग र व्यवसायमा भइरहेको प्रगतिप्रति उनले खुसी व्यक्त गरिन् । नानीशोभाले श्रीमान् हेमरत्नले पारिवारिकसागै व्यवसायमा पनि निकै सहयोग गर्ने गरेको अनुभव सुनाइन् । उनले आफू बिरामी पर्दादेखि हरेक काममा श्रीमान्ले दिल खोलेर सहयोग गर्ने गरेको र श्रीमान्को यही स्वभावका कारण व्यवसाय र परिवार पनि सफल बनेको उनको भनाइ छ । हेमरत्नले पनि श्रीमतीको खुलेर प्रशंसा गरे । उनले आफ्ना हरेक सफलताका पछि श्रीमतीको महत्वपूर्ण योगदान रहेको र उनी सफल गृहिणीदेखि सफल व्यवसायी समेत बन्न सकेको जनाए । हेमरत्न विभिन्न कार्यक्रमको सिलसिलामा स्वदेश तथा विदेश भ्रमण गरिरहन्छन् । मुलुकभित्र हुने विशेष कार्यक्रमहरुमा श्रीमतीलाई पनि सागै लगेर जान खोज्छन् । तर नानीशोभा भने श्रीमान्साग कार्यक्रममा हिाड्न खासै मन पराउादिनन् । उनी भन्छिन्, म आफ्नो कामप्रति समर्पित छु तर कुनै कार्यक्रम वा अतिरिक्त गतिविधिहरुमा सहभागी हुन खासै मन पर्दैन, त्यसैले बाहिर कमै हिाड्छु । हाल ६० को हाराहारीमा पुगेको यो जोडीको व्यवहार अहिले पनि युवा जोडीकै जस्तो देखिन्छ । एकअर्कालाई निकै सम्मान र आदर गर्ने यो जोडीले विशेष अवसरमा उपहार आदानप्रदान समेत गर्छ । एउटा व्यक्तिले जीवनमा सफलता हासिल गर्न के गर्नुपर्ला भन्ने प्रश्नको जवाफमा यो जोडीको रेडिमेड जवाफ छ, ‘कुनै पनि काममा इच्छाशक्ति र इमानदारिता भयो भने कहिल्यै पछि फर्किनुपर्दैन ।