–निमकान्त पाण्डे–
०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र युद्धमा जानुभन्दा पहिले डा.बाबुराम भट्टराई खुट्टामा चप्पल लगाएर फुटपाथमा हिंड्न गर्दथे । आज डा.बाबुराम भट्टराईको आागनमा आधा दर्जन गाडीहरू पार्किङ गरिएका हुन्छन् भने बिनागाडी बाबुरामको सवारी कतै पनि हुादैन । बाबुरामलाई यो हैसियतमा त्यही दश वर्षे सशस्त्र युद्धले पुर्यायो भनेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ । अर्थात् बाबुरामको यो हैसियत प्राप्त हुनुमा माक्र्सवाद–लेनिनवाद–मालेमावादको दर्शन दोषी छ, जसले बाबुरामलाई नेपालको ठूलो नेता बनायो । यो दर्शनबाट प्रभावित नभएर बाबुराम अन्य कुनै दर्शनमा लागेर राजनीति गरेका भए बाबुराम कुन कुनामा थन्किएको हुन्थे ? कल्पना गर्न सकिन्छ । तमाम आर्किटेक्ट इञ्जिनियरिङ पढेकाहरूले बाबुरामको जस्तो राजनीतिक उाचाइ चुम्न पाएका छैनन् ।
नेकपा (माओवादी)ले दीर्घकालीन जनयुद्धका नाममा सुरु गरेको सशस्त्र युद्धले नेपालका हजारौं घरबारलाई प्रभावित तुल्याएको छ । कति आमाबाबुले छोराछोरी गुमाएका छन्, कति छोराछोरीले बाबुआमा गुमाएका छन् । धेरैका घरहरू आ–आफ्ना सदस्य गुमाएको अवस्थामा पीडाबोधका साथ राजनीतिक परिवर्तनको प्रतिक्षा गरिररहेका छन् । तर डा.बाबुरामजस्ता जनयुद्धको नेतृत्व गरेका व्यक्तिहरू धेरैले जनतालाई निराश तुल्याउने गरी माक्र्सवाद–लेनिनवाद र माओवाद परित्याग गर्दै गैरकम्युनिष्ट गठबन्धनको कथित नयाा शक्ति निर्माण गरेको नाटक मञ्चन गरेका छन् । सर्वहारावर्गको अधिनायकत्वको परिकल्पनामा राजनीतिक जीवनको सुरुआत गरेका व्यक्तिहरूले हजारौं नेपालीहरूको रगत बगाएर देशको सबैभन्दा आर्थिक रूपमा सम्पन्न भनी दावी गर्ने धनाढ्य व्यक्तिलाई साक्षी राखेर नयाा शक्तिको घोषणा गरेर विचित्रको सन्देश दिएका छन् ।
डा.भट्टराईले कम्युनिज्मबाट परिवर्तन सम्भव नभएको आशय व्यक्त गरेका छन् । उनी एमाओवादीबाट अलग्गिएदेखि नै यस्तै आशयका अभिव्यक्तिहरू सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै आएका थिए । उनले ‘कम्युनिष्ट आन्दोलनको पछिल्लो चरणमा आफूले काम गर्दा जुन उदात्त ध्येयका साथ अघि बढो, त्यहाा अत्यन्त ठूलो असंगति, विकृति र विसंगति देखो । चिन्तनमा अत्यन्त यान्त्रिकता, संकीर्णता र जडता पाएा । जसले गर्दा मानवजातिले आर्जन गरेको यति ठूलो ज्ञान र विज्ञानको भण्डारबाट आफूलाई अलग गरेर सीमित घेराभित्र रमाएर बस्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा देखापर्यो’ भनेर आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । जुन दर्शन र विचारले बाबुराम भट्टराई नेपालको प्रधानमन्त्रीसमेत बन्न सफल भए, त्यही दर्शन र विचारलाई सराप्दै उनले नयाा गन्तव्य रोज्न पुग्दा हिजो उनको नेतृत्वमा युद्धमा समर्पित भएर ज्यान गुमाएका सन्ततिहरूले उनलाई कसरी माफी देलान् ?
बाबुरामले सगर्व उद्घोष गरेका छन्– उनी अब गैरकम्युनिष्ट बने ! उनले स्वतन्त्रतापूर्वक काम गर्नका लागि नयाा शक्तिको खोजी गरेको उद्घोष गरेका छन् । युद्धकालमा उनकै पार्टीको आदेश बमोजिम चन्दाको दवावमा परेर दश ठाउा उन्मुक्ति खोज्दै भौंतारिंदै हिंडेका विनोद चौधरीलाई साक्षी राखेर युद्धकालमा मारिएका हजारौं नेपाली जनताका छोराछोरीहरू शहादतप्रति उपहास गर्न पनि बाबुराम पछि परेनन् ।
बाबुरामले दिने हरेक अभिव्यक्तिमा कम्युनिज्मबाट परिवर्तन सम्भव छैन भन्ने आशय छ । उनले राष्ट्रवादको सवालमा पनि कित्ता फरक गरेका छन् । प्रगतिशील राष्ट्रवादको वकालत गर्दै विदेशी हस्तक्षेपलाई स्वागत गर्ने उनको नयाा शक्तिको लक्ष्य स्पष्ट गरिरहेका छन् । राष्ट्रवादमा कुनै किसिमको विशेषण किन आवश्यक पर्यो ? बाबुरामले विगत र हालका दिनहरूमा देखाइरहेको व्यवहारले बाबुरामको अबको राजनीतिक गन्तव्य त्यति सहज होला भन्ने यो पंक्तिकारलाई लाग्दैन ।
अहिले डा. भट्टराईले जसरी नयाा शक्तिको कुरा गरिरहेका छन् । २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको सशस्त्र युद्ध भट्टराईले मस्यौदा गरेको ४० बुादे मागपत्र तत्कालीन सरकारले पूरा नगरेपछि नयाा नेपाल निर्माण गर्ने अभिभारा बोकेर नयाा शक्तिका रूपमा सुरु भएको हो भन्ने कुरामा विवाद छैन । त्यतिबेला सशस्त्र युद्धले निर्माण गरेको शक्ति नै यथार्थमा नेपालको राजनीतिमा ‘नयााशक्ति’ थियो, त्यो नयाा शक्तिप्रति आम नेपाली जनताले ठूलो आशा र भरोसा गरेका थिए । जुन आशा र भरोसा स्वयं बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि निराशामा परिणत भयो । त्यति ठूलो संख्यामा बलिदान भएर नेपाली जनताले रगत बगाएर निर्माण गरेको जनमुक्ति सेनालाई विघटन गराएर बाबुरामले नेपाली जनताको नयाा नेपाल निर्माण गर्ने चाहनामा बज्र प्रहार गरे । उनले यो अपराध गर्नुका पछाडि उनको गन्तव्य नेपालका शोषक धनाढ्यहरूको आश्रयमा राजनीति गर्ने अभियानको पहिलो खुड्किलो रहेछ भन्ने कुरा अब स्पष्ट भएको छ ।
नयाा शक्ति निर्माण अभियान सक्रिय बनाइरहेका डा.बाबुराम भट्टराईले भारतभक्तिकै लागि शक्ति निर्माण गर्ने कसरत गरिरहेका छन् भन्ने कुरा उनको विगतको क्रियाकलाप वर्तमानका उनका अभिव्यक्तिबाट स्पष्ट हुादै गएको छ । भारतसागको सम्बन्धलाई विशेष महत्व दिएर नै ‘नयााशक्ति’ को चर्चा बजारमा ल्याइएको हो भन्ने आशंका गर्ने व्यक्तिहरूलाई स्वयम् डा.भट्टराईले बल पुर्याइरहेका छन् र सोही सन्देश दिनेखालका गतिविधि पनि उनले गरिरहेका छन् । उनले भारतलाई नेपालका जलसम्पदा जति सुम्पिएर देशमा ऊर्जा उत्पादनलाई महत्व दिने तर्क अगाडि सारेका छन् र त्यसैलाई ‘प्रगतिशील राष्ट्रवाद’ भनेर भारतीय हितचिन्तक नेपालीको कित्तामा आफूलाई निर्लज्जताका साथ उभ्याउन पुगेका छन् । उनको प्रगतिशील राष्ट्रवाद नेपाललाई भुटानीकरण वा सिक्किमीकरण गर्ने दुराकांक्षा हो भनेर ठोकुवा गर्न सकिन्छ ।