नेपाली कााग्रेसको महाधिवेशनबाट दिल्लीको अपेक्षा

115

हुकुमबहादुर सिंह

 

यही आउादो फागुन २० देखि २३ गतेसम्म नेपाली कााग्रेसको १३औं महाधिवेशन हुादै छ तर अहिलेसम्म कस–कसले महाधिवेशनमा प्रतिनिधि बन्न पाउने भन्ने अन्योलता व्यापक छ । नेपाली कााग्रेस नेपालका विद्यमान राजनीतिक दलहरूमध्ये पुरानोमा गनिन्छ तर यसको महाधिवेशन सधैंभरि राजनीतिक, वैचारिक तथा सैद्धान्तिक आदि कुनै बहसविना केवल नेतृत्व चयन, त्यो पनि पार्टी अध्यक्ष को बन्ने भन्नेमा नै बित्ने गर्दै आएको छ । जसरी एक समय नेपालका राजा भनेका पृथ्वीनारायण शाहका सन्तान नेपालका शाह वंशीयभित्रका परिवार मानिन्थे, त्यसैगरी नेपाली कााग्रेस भनेको पनि कोइराला परिवारभित्रको एउटा सम्पत्ति हो भन्ने गरिन्छ । हुन त गिरिजाको देहावसानपछि, यसमाथि हकदाबी गर्नेहरूको संख्या बढेको छ । तैपनि अझै सुशील कोइरालाले यसको बिडो थाम्ने प्रयास गर्दै छन् । यद्यपि कोइराला परिवारभित्रकै केही नेताहरूले अझै पनि त्यो आशा छाडिसकेका भने छैनन् । तर त्यो सम्भावनामा शेरबहादुरजस्ता बाधक देखिएका छन् । यो भन्न सकिने अवस्था छैन कि अबको नेपाली कााग्रेसको नेतृत्व कसले लिनेछ । सुशील कोइरालाप्रतिको आक्रमण पार्टीभित्र र बाहिर दुवैतिर कमजोर बन्दै गएको छ र कोइराला परिवारका अन्य केही नेता त्यो दौडमा पछाडि परिसकेका छन् । त्यसैले पार्टीभित्र कोइराला परिवारलाई कसरी स्थापित गर्ने भन्ने सवालमा अझै पनि केही कसरत हुन सक्छ । तर अहिलेको अहम् सवाल पार्टीभित्र कोइराला परिवारलाई कसरी स्थापित गर्ने भन्नेभन्दा पनि भविष्यका लागि पार्टीभित्र कोइराला परिवारलाई कसरी पुन: स्थापित गराउने भन्ने रणनीतिअनुसार काम गर्ने हो र त्यसका लागि यो महाधिवेशनले या त सुशील कोइरालाको नेतृत्वमा कोइराला परिवारका कुनैलाई पार्टी संगठनको महत्वपूर्ण जिम्मेवारी दिएर वा रामचन्द्रजस्ता कोइरालाभक्तलाई अहिले नेतृत्वमा लिएर त्यो काम गर्ने हो । सायद रामचन्द्रको दिल्ली भ्रमण यसैको सेरोफेरोमा पनि हुन सक्छ र यसको पहिलो कसरतस्वरूप दिल्ली दरबारसित नजिकिने रणनीतिलाई अगाडि बढाउादै नेपाली कााग्रेसका नेता रामचन्द्र पौडेलले दिल्ली भ्रमण गरेर महाधिवेशनको सफलताका लागि (सायद उनकै भावी नेतृत्वका लागि पनि होला) त्यहााको आशीर्वाद लिएका छन् । महाधिवेशनबाट नेतृत्वमा कसैलाई लैजानका लागि पनि दिल्लीको आशीर्वाद लिने प्रचलन नेपाली कााग्रेसका लागि नयाा होइन् । यही प्रचलनलाई अहिले पनि रामचन्द्र पौडेलले दिल्ली भ्रमण गरेर पूरा गरेका छन् ।

 
रामचन्द्र पौडेलले दिल्ली भ्रमण गरेर महाधिवेशनको सफलताका लागि (सायद उनकै भावी नेतृत्वका लागि पनि होला) त्यहााको आशीर्वाद मात्रै लिएनन्, साथै नेपाली कााग्रेसलाई मधेसमा जानका लागि तुलनात्मक रूपले सजिलो मार्ग बनाउन दिल्लीसित सहमति पनि लिए । परिणाम ज्यादै आत्मविश्वासका साथ मधेसी मोर्चासित प्रत्यक्ष वार्ताद्वारा सहमतिविना नेपालको संविधान २०७२ माथिको संशोधन गरे । नेपाली कााग्रेसले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनायो र त्यसकै जोडबलमा अन्य दलले नेपालको संविधान २०७२मा पहिलो संशोधन गरेका छन् र यसका पछाडिको मूल कारण नेपाली कााग्रेसको आसन्न महाधिवेशन नै हो । सबैलाई थाहा छ मधेस आन्दोलनले नजिकबाट सिधै असर पारेको राजनीतिक दलमध्ये नेपाली कााग्रेस नै प्रमुख हो, जसको महाधिवेशन यसैका कारण अन्योलमा पर्ने सम्भावना बलियो बन्दै गएको थियो र अहिलेको संशोधनका पक्षमा दिल्ली दाहिना छ भन्ने बलियो आधारका साथ नेपाली कााग्रेसले मधेसी मोर्चालाई भविष्यमा सहमतिमा ल्याउने आत्मविश्वासका साथ यो पहिलो संशोधन भएको छ, जसलाई एक पटक दिल्ली र लाजिम्पाटले सहमति जनाइसकेका पनि छन् । आखिरमा दिल्ली पनि त पुरानो मित्र नेपाली कााग्रेसको महाधिवेशनलाई नकारात्मक असर पर्ने गरी मधेसमा कुनै आन्दोलन भएको अहिले (कम्तीमा पनि महाधिवेशनसम्म) देख्न चाहादैन् । किनभने दिल्लीका लागि नेपाली कााग्रेस, जसले सधैंभरि भारतीय हितका लागि नेपालमा काम गर्दै आएको छ र अहिले पनि त्यसको आधार उही हो भने कसरी नेपाली कााग्रेसको विकल्प मधेसी मोर्चा हुन सक्छ र ? त्यसैले के देखिन्छ भने मधेस आन्दोलनको दीर्घकालीन समाधानलाई पछिका लागि थाती राख्दै दिल्ली अहिले नेपाली कााग्रेसको भावी नेतृत्व निर्माणमा आफ्नो पकडलाई बलियो बनाउने रणनीतिअनुसार नेपालको संविधान २०७२को पहिलो संशोधनको पक्षमा गएको छ । दिल्ली चाहन्छ नेपाली कााग्रेसजस्ता राजनीतिक दलको नेपालमा आवश्यक छ र बाबुरामको नयाा शक्तिप्रति पनि ऊ आशावादी देखिन्छ । हुन त मधेसी दलहरूप्रति उसको आसक्ती अझै मरिसकेको छैन । तैपनि उसका लागि नेपालमा नेपाली कााग्रेसको विकल्प हुन सक्दैन । कोशी, गण्डकी, महाकाली उसैको नेतृत्वमा भारतलाई उपहार दिइएको थियो भन्ने भारतले भुलेको छैन र भविष्यका लागि कर्णाली, अरुण, सेती आदि पनि त आवश्यक पर्ने विशाल जलस्रोतका भण्डार हुन् । जसका लागि नेपाली कााग्रेसजस्तो मित्रशक्तिभित्रको नेतृत्वको सवालबाट दिल्ली कसरी बाहिर रहन सक्छ र ? यसले मधेसी मोर्चाको भविष्य अब अन्योलतातर्फ बढेको छ । सायद केहीले क्रमश: नेपाली कााग्रेसमा फर्कने काम पनि नगर्लान् भन्न सकिादैन । किनभने दिल्लीका लागि अहिले नेपालमा कम्युनिष्ट सरकार होइन, एउटा बलियो नेपाली कााग्रेस चाहिन्छ । जसको सुरुवातको संकेत नेपाली कााग्रेसको पहलमा नेपालको संविधान २०७२मा पहिलो संशोधन हो र यो १३औं महाधिवेशनको सफलतामा भारतको उपहार पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here