मधेस आन्दोलनकारीका ७५ प्रतिशत माग पूरा भइसकेका छन्

141

 राजन भट्टराई – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

 
प्रधानमन्त्रीले नाकाबन्दी अन्त्य नभएसम्म भारत भ्रमणमा जान्न भन्नुभयो नि ?
यो असहज स्थितिमा नजाने कुरा उहााले पटक–पटक भन्दै आउनु भएको हो । अहिले पनि आम नेपाली जनताको चाहना र भावना बुझेर नै प्रधानमन्त्री चल्ने हो । जनताले दु:ख पाइरहने, जनता घरमा चुलो बाल्न समस्यामा हुने अनि जनताको नेताचाहिा त्यही कारणले भइरहेको कुरालाई बेवास्ता गरेर जाने कुरा उपयुक्त नहोला भन्ने लागेर जान्न भन्नुभएको हो ।

 
मोर्चाले नाका छाडेन र भारतले पनि अघोषित नाकाबन्दी अन्त्य नगरे प्रधानमन्त्री भारत जाादै नजाने त ?
नाकाबन्दी सहज ढंगले अन्त्य गरिनुपर्छ । नेपाल–भारत सम्बन्ध अत्यन्तै राम्रो बन्नुपर्छ । नेपाल र भारत दुवैको हितमा सम्बन्ध हुनु पर्छ । सम्बन्ध नराम्रो हुादा दुवैलाई अहित गर्छ, बढी अहित सायद नेपाललाई नै गर्ला । त्यसकारण हामी नेपाल–भारत सम्बन्धलाई राम्रो बनाउने पक्षपाती हौा र राम्रो बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । नेपालको भूमिलाई उपयोग गरेर वा नेपालका कारणले भारतलाई अहित हुने कुनै पनि कुरा नहोस् भन्नेतर्फ हामी अत्यन्तै सचेत छौा । त्यो सचेतता रहनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

 
त्यसो भए आगामी एक महिनासम्म पनि नाका सहज भएन भने प्रधानमन्त्री भारत जानु हुन्न ?
मेरो विचारमा नाका नखुलेको अवस्थामा अहिले प्रधानमन्त्री औपचारिक भ्रमणमा जान सक्ने स्थिति नै छैन ।

 
त्यसो भए अब भारत नभई चीन भ्रमणमा जाने त ?
हामीले पहिलो निमन्त्रणा भारतबाट आएको र पहिलो निमन्त्रणालाई स्वीकार गरिसकेको अवस्थामा नाका सहज भएर त्यसलाई विगतमा भएका सानामसिना कुराहरूलाई अन्त्य गर्दै अब नयाा शिराबाट नेपाल–भारत सम्बन्धलाई अगाडि लैजानको लागि भारत भ्रमण नै गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता हो र त्यो चाहना पनि हो ।

 
भारतसागको असमझदारी कायम रहे प्रधानमन्त्रीको पहिलो भ्रमण चीन पनि हुन सक्छ ?
हो, चीन भ्रमण हुन सक्छ । प्रधानमन्त्रीको चीन भ्रमण आउने मार्च महिनासम्म हुन सक्छ । त्यसको लागि गृहकार्य सुरु भइसकेको छ ।

 
चीनबाट नेपालले के फाइदा लिन सक्छ ?
फाइदा लिनेभन्दा पनि हाम्रो दुई अत्यन्तै नजिकका छिमेकीको बीचमा रहेका छौा । हामीले मित्रतापूर्ण सम्बन्ध दुवै छिमेकसाग गर्नुपर्दछ । व्यावहारिक हिसाबले हामी भारतसाग नजिक छौा । त्यसकारणले हामीले हाम्रा भ्रमणका तालिका बनाउादा होस् या हाम्रो सम्बन्धका बारेमा छलफल गर्दा होस्, बढी ध्यान हामीले भारततिर नै दिने गरेका छौा । दिइआएका छौा, त्यो व्यावहारिक पक्ष पनि हो । तर यथार्थ के भुल्नुहुादैन भने यो मुलुक दुईवटा ठूलो राष्ट्रको बीचमा रहेको सानो तर स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो ।

 
नेपाल–भारत सम्बन्ध चिसिादा विगतमा धेरै प्रधानमन्त्री र मुलुकलाई नै समस्या पर्ने गरेको छ नि ?
हामीले हाम्रो राष्ट्रिय हितमा काम गर्दा र अर्को छिमेकीको अहितमा काम नगर्दा, हामीले मित्रवत् व्यवहार अगाडि बढाइरहादा आउने अप्ठ्याराहरू पनि झेल्न तयार हुनुपर्दछ नेताहरू ।

 
त्यसो भए प्रधानमन्त्री त्यस्तो सम्भावित अप्ठ्यारा झेल्न तयार हुनुहुन्छ ?
स्वाभाविक रूपले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हिसाबले राष्ट्रिय हितमा आधारित रहेर आफ्ना कदमहरू चल्दा, हाम्रा अत्यन्तै निकट छिमेकीहरूको अहित नचिताउादा नचिताउादै पनि मित्र राष्ट्रहरूले दुर्भाव राख्छन् कि भनेर हाम्रो राष्ट्रिय हित र राष्ट्रियताको दीर्घकालीन विकास, निर्माणको लागि गरिने काममा पछि हट्नुपर्छ भन्ने मलाई लाग्दैन । उहाा त्यसरी पछि हट्नुहुन्न भन्ने मेरो विश्वास हो ।

 
नेपाल–भारत सम्बन्ध राम्रो हुनुपर्नेमा केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि द्वन्द्व र टकराव छ ?
नेपाल–भारत सम्बन्ध बिग्रने स्थिति उत्पन्न भएको केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि होइन । यो क्रम त्योभन्दा अगाडिदेखि सुरु भएको हो । अगाडिको प्रधानमन्त्री हुादा पनि यिनै विषयहरू थिए । उहाा प्रधानमन्त्री भएपछि पनि तिनै विषय रहेका हुन् । यसमा केपी ओलीको कारणले कुनै अतिरिक्त विषय आएको भन्ने होइन ।

 
प्रधानमन्त्री बनेपछि ओलीले नेपाल–भारत सम्बन्ध राम्रो बनाउाछु भन्नुभएको थियो नि ?
नेपाल–भारत सम्बन्ध अत्यन्तै बिग्रिएको अवस्थामा, सबै नाका बन्द भएर तराईमा पूरै अस्तव्यस्त भएको अवस्थामा अहिले केपी शर्मा ओली प्रधानमन्त्री भइसकेपछि वीरगञ्ज बाहेकका नाकाहरू खुल्ने र तराईको जीवन पहिलाको भन्दा सामान्यतर्फ उन्मुख भएको छ । हामी नेपाल–भारत सम्बन्धलाई सहज बनाउनको लागि प्रयत्नरत छौा । त्यसैको प्रतिफल हो अहिलेको अवस्था । म भन्छु प्रधानमन्त्रीको पहिलो भ्रमण भारत नै हुनुपर्दछ । तर त्यसको लागि वीरगञ्ज रक्सौलको नाका सहज हुनुपर्छ । अब प्रधानमन्त्रीको भारत भ्रमण हुादैन कि भन्नेतिर धेरै कुरा नगरौा ।

 
प्रधानमन्त्रीले धेरै पटक नाकाबन्दी र आन्दोलन हट्छ भनेर भन्नुहुन्छ तर हुादैन नि ?
नाकाबन्दी क्रमैसाग हट्दै आएको छ । कााकडभिट्ठादेखि कञ्चनपुरसम्म हेर्दै आउनुभयो भने धेरै भइसकेको छ । अब वीरगञ्जको मात्रै विषय हो । रक्सौल नाका पनि छिट्टै सहज हुन्छ भन्ने विश्वास उहााको मात्रै होइन । उहाा र हामीलाई जसजसले विश्वास दिलाउनुभएको छ, उहााहरूको कारणले पनि हो । अर्को तपाईंकै कार्यक्रममा आएर पनि मोर्चाका नेताहरूले अब हामी नाकाबन्दी आन्दोलनमा ध्यान दिादैनौ भन्ने कुरा राख्नुभएको छ । संविधान संशोधन गरेर उहााका अधिकांश मागहरू सम्बोधन भएका छन् । सम्बोधन भइसकेपछि अब जनताको बीचमा जाादा पनि तराई मधेसका जनतालाई परेका मर्कालाई पनि ध्यान दिनुपर्ने हुन्छ । यसले आधारहरू बनेका छन् । यस अर्थमा हामी नाका खुल्छ र प्रधानमन्त्रीको पहिलो भ्रमण भारत हुनेछ भन्नेमै विश्वस्त छौा ।

 
नेपाल–भारत सम्बन्धमा अझै धेरै अविश्वास छ ?
ती अविश्वासहरू हामीले काम गर्दै जाादा मेटाउादै जाने कुरा हुन् । तल्लो स्तरमा पुगेको बिग्रिएको कुरा सपार्दै आउादा रातारात हुादैन । यसको लागि विश्वासको वातावरण तयार गर्नुपर्छ । त्यो विश्वासको वातावरण तयार गर्ने भनेको हाम्रा यी बिग्रेका कुरालाई सुधार्दै गएर प्रधानमन्त्रीको भ्रमणमा गएर त्यसलाई टुंग्याउनुपर्छ ।

 
प्रधानमन्त्रीले भने जस्तै रक्सौल नाका एक/दुई दिनमै खुल्छ त ?
दिन त भन्न सक्दिना । तर म के भन्छु भने रक्सौल नाका अब खुल्नुपर्छ, खुल्छ । यो बन्द गर्नुपर्ने आधार समाप्त भइसकेको छ ।

 
मधेसी मोर्चाले त माग पूरा भएको छैन भनेको छ नि ?
उहााहरूले साउन ३१ गतेबाट संविधानसभा बहिस्कार गर्दा उठाउादै आएका चारवटा मागहरू हुन् । ती चारमध्ये तीनवटा माग पूरै पूरा भइसकेका छन् । अब उहााहरूले उठाउनु भएको एउटा सीमांकनको कुरा हो । सीमांकनको विषयमा उहााहरूलाई के पनि थाहा छ भने उहााहरू अहिले मध्यतराईमा बसेर आन्दोलन गरिरहनु भएको छ । पूर्वी तराईमा जननिर्वाचित उपेन्द्र यादवबाहेक आन्दोलनको पक्षमा कोही छैनन् । पश्चिम तराईको त्यही अवस्था छ । यदि उहााहरूले त्यो क्षेत्रको जनताको हितमा काम गर्न चाहनु भएको हो भने उहााहरूले त्यहााका जनतालाई विश्वासमा लिनुपर्‍यो । त्यहााका जनतालाई निर्वाचित सभासदले भन्न सक्नुपर्‍यो कि झापा, मोरङ्ग, सुनसरीलाई दुई नम्बर प्रदेशमा ल्याउादा कुनै घाटा हुादैन आउनुस् भन्नुपर्‍यो । जनतालाई कन्भिन्स गरेर ल्याउनुपर्छ ।

 
तपाईंहरूले पनि त मधेसी मोर्चालाई कन्भिन्स गर्न सक्नुभएन, वार्ता नै हुन सकेन ?
वार्ताको क्रम जारी छ । वार्ता दुईखाले हुन्छ । औपचारिक वार्ता नभइरहेको अवस्थामा अनौपचारिक वार्ता पनि भइरहेको अवस्था हुन्छ । मलाई लाग्छ उच्च तहमा उहााहरू सम्पर्कमा हुनुहुन्छ । तलका विभिन्न तहमा उहााहरू सम्पर्कमा हुनुहुन्छ । पहिलो कुरा त उहााहरूले आफौ के गर्ने भन्ने फाइनल निर्णय गरिसक्नु भएको छैन । निर्णय उहााहरूले गरिसकेपछि कुन अवस्थामा उहााहरू आउनु हुन्छ, त्यसमा भर पर्छ । तर पनि सरकारको तर्फबाट वार्तालाई निरन्तरता दिनुपर्छ र त्यो निरन्तर वार्ताको माध्यमबाटै टुंग्याउने विषय हो । यसलाई अरु हिसाबले सोच्न जरुरी छैन । चारवटामा तीनवटा विषय वार्ताबाट टुंग्यायौा भने एउटा विषयमा मात्रै अडान राखेर अनि जबर्जस्त रूपमा मचाहिा यो गर्न सक्छु, गराउाछु भनेर वा अर्को क्षेत्रका जनताले मेरो कुरा मानिदिनुपर्छ भनेर उहााहरू पनि आउनुहुन्न ।

 
मोर्चाले त प्रधानमन्त्री नै अहिलेको वार्ताको बाधक भनिरहेका छन् ?
एकदमै गलत हो । प्रधानमन्त्री केपी शर्मा ओली वार्ताको बाधक भएको हो भने चारमध्ये तीनवटा माग उहााको कार्यकालमा कसरी पूरा हुन्थे होला त । सय प्रतिशतमा ७५ प्रतिशत माग पूरा भएका छन् । अब २५ प्रतिशत मागका सन्दर्भमा फेरि हामी छलफल गरेर निष्कर्षमा पुग्न सक्छौा ।

 

– प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here