काठमाडौ, १६ माघ–ललितपुरको धोविघाट रिङरोडमा रहेको मेघा अस्पतालले स्थानीयवासीलाई कसरी सर्वसुलव सेवा प्रदान गर्ने भन्ने विषयमा बृहत अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । अस्पतालले शनिबार अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्दै सहज र सस्तो सेवा प्रदान गर्ने विषयमा स्थानीयवासीहरुको राय संकलन गरेको छ । कार्यक्रममा अस्पतालका डाक्टर, व्यवस्थापन तथा स्थानीय वासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष किशोरजंग राँणाले स्थानीयहरुको सहज र सुलभ सेवा प्रदान गर्नका लागि अस्पताल सधै तयार रहेको भन्दै अन्तक्र्रियाले स्थानीय र अस्पतालबीचको सम्बन्ध थप प्रगाढ बनाएको जनाए ।
यसैबीच अस्पतालले यही माघ २३ र २४ गते दुई दिने बृहत निशुल्क स्वाथ्य सिविरको समेत आयोजना गर्ने भएको छ । दुई दिनसम्म सञ्चालन हुने स्वाथ्य सिविरमा जनरल फिजिसियन तथा जनरल हेल्थ चेकअप, हार्ड जोर्नीतथा नसा रोग, बोन्स ट्रान्सफर, हड्डी खिइएको, नशा च्यापिएको, सर्जरी, मानसिक रोग, दन्त सेवा तथा फिजियो थेरापी, छाला तथा यौन रोग लगाएतका विरामीको चेकअप गरिने अस्पतालले जनाएको छ । निशुल्क स्वास्थ्य सिविरका अवसरमा अस्पतालले युएसजीमा ५० प्रतिशत, साना ठूला अप्रेशनमा ३० प्रतिशत, ल्याब, फिजियोमा ३० प्रतिशत र फर्मेसीमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।