हुकुमबहादुर सिंह
नेपाली जनतामाथि पूर्ण भर नपरी छिमेकी देश भारतको नाकाबन्दीमाथि सवार भएर स्वयं आफ्नै क्षेत्रका जनतालाई समेत अमानवीय संकटमा डुबाएर सरकारमा आफ्नो मात्रै अकंटक स्थान कायम नगरी आफ्ना भावी सन्ततिको समेत सुरक्षित स्थानका लागि लालायित मधेसी मोर्चाका केही मधेसी नेताहरूका पछिल्ला गतिविधिहरूको विश्लेषण गर्ने हो भने त्यसले अराष्ट्रियताको मार्गतर्फ अग्रसर मात्रै गराएको छैन, ती नेताहरूको नैतिकतामाथि नै गम्भीर संकट आउन थालेको छ । दिल्ली दरबारमा आसीन भारतीय नेताहरूका अगाडि त ती एउटा निरीह विद्यार्थीजस्ता देखिन गए, जसले माष्टरले दिएको गृहकार्य गर्न नसकेर सजायबापत माष्टरका अगाडि ठिंग उभिएको हुन्छ, त्यस्तै भयो भने भर्खरै विहारका एउटा हस्ती तर बाहुबली नामले बद्नाम नेता लालुका अगाडि त उनीहरू एउटा मगन्तेजस्ता देखिनपुगे । आखिरमा उनीहरू किन यसो गरिरहेका छन् ? अथवा नेपालको संसद्मा प्रतिनिधित्व गरिरहेका तीन ठूला दलहरूले किन यसरी देशकै नागरिक र मधेसी जनताको प्रतिनिधित्व गर्नेहरूलाई यस्तो दयनीयपूर्ण मार्ग रोज्न बाध्य पारिरहेका छन् । नेपाली जनता र देशप्रति माया गर्दछौ भनेर नथाक्ने यी दलका नेताहरूले यसो गरेर के सही मानेमा नेपाल र नेपाली जनताको पक्षमा काम गरेको ठहर्दछ त ?
इतिहासमा हामीले यस्ता नायकहरू प्नि देखेका छौा, जो आफ्ना समयको माग र आफूलाई र वस्तुगत नियमहरूलाई ठीकसित बुझ्न नसकेको कारणले गर्दा इतिहासद्वारा निन्दित बनेका र रछ्यानमा फालिएका छन् । इतिहासमा अनेकौा दृष्टान्तहरू पाइन्छन् र त्यसको एउटा ठूलो दृष्टान्तको रूपमा हिटलर, मुसोलिनी तथा जापानका साम्रज्यवादीहरूलाई लिन सकिन्छ । तिनीहरूले विश्वका जनताका विरुद्ध आक्रमणकारी अभियानहरू चलाएर विश्वलाई हल्लाइदिए । अन्त्यमा गएर तिनीहरू विश्वका जनताको प्रतिरोधी संघर्षद्वारा पराजय भोगी इतिहासको रछ्यानमा फालिए । समय र इतिहासको माग र विकासका वस्तुगत नियमहरूको विपरीत रहेका सबै अभियान र तिनका नायकहरूको नियति यस्तै रहेका छन् र ती सबै इतिहासको उपहास बन्न गएका छन् ।
इतिहास र मानिसको व्यक्तित्व विकास र अधोगतिबारे एंगेल्सका उल्लेखित भनाइहरू वास्तवमा अहिलेको मधेस आन्दोलन र त्यसप्रति नेपालका तीन ठूला दलहरूले लिएको रवैयाबारे स्पष्ट पार्न मद्दत गर्दछ । यदि बेलैमा मधेसी मोर्चाका नेताहरूले आफूलाई लेन्डूप मार्गबाट अथवा लिट्टे बन्नजाने मार्गबाट समयमा नै अलग गर्दैनन् भने उनीहरू पनि इतिहासको उपहास बन्ने निश्चितप्राय: छ । मधेसी मोर्चाका नेताहरूले दिल्ली दौडाहा सम्पन्न गरे तर केवल मोदीको भरियाको जिम्मेवारी पूरा गर्नेसिवाय मधेसी जनताका लागि सिन्को पनि भााच्ने काम गरेनन् । अहिले फेरि विहारको भ्रमण गरिरहेका छन्, लालु यादवको चाकरीलाई महत्वकासाथ प्रदर्शन गर्दै छन् । मधेसी मोर्चाका नेताहरू इतिहासको उपहास बन्नबाट समयमा नै रोक र नेपालभित्र मधेसको तिम्रै शब्दमा स्वतन्त्रताका लागि काम गर । दिल्ली र पटनाको दौडाहाबाट तिमीहरूको माग पूरा गर्ने भनेको दुईवटा बिरालाको एउटा सेलरोटीका लागि भएको झगडामा तराजु बोकेर झगडा मिलाउन आएको एउटा छट्टु बाादरको भूमिकासिवाय केही ठहर्नेछैन । मधेसी मोर्चाका नेताहरूलाई दिल्ली र पटनाको आकर्षणबाट बालुवाटार वा सिंहदरबारतर्फको आकर्षण बढाउने वातावरणको निर्माण पनि उत्तिकै आवश्यक छ । अन्य थाती सबै भावी सन्ततिका लागि इतिहासको उपहास बन्न जानेछन् ।