कुकुरले उपहारमा पायो एप्पलको स्मार्ट घडी

314

चीनमा एउटा अर्बपति मालिकले आफ्नो कुकुरलाई एप्पलको स्मार्ट घडी उपहारमा दिएका छन् । दुवै खुट्टामा एप्पलको स्मार्टवाच बााधिदिएको तस्बिर उक्त कुकुरका मालिकले इन्टरनेटमा सार्वजनिक गरेका छन्, जसले नयाा विवाद तथा चर्चा सुरु गरेको छ । यसरी कुकुरलाई दुईवटा बहुमूल्य एप्पल घडी उपहार दिएर तस्बिर सार्वजनिक गर्ने चिनियाा धनाढ्य वांग जियालिन हुन् ।

 
उनको घरमा पालेको साइबेरियन हस्की प्रजातिको वांग केके नामको कुकुर छ । उक्त कुकुरलाई धनाढ्यका छोरा वांग सिकोंगले यति धेरै माया गर्छन् कि उनले कुकुरका लागि २ वटा एप्पल घडी किनेर ल्याइदिए । वांग केके आफ्नो सानो मालिकले उपहार दिएका घडी जबर्जस्ती लगाउनुपर्दा केही अचम्ममा परेको छ । रोचक त के भने उक्त कुकुरको सोसल साइट वेइबोको अकाउण्ट पनि छ । दुइवटा सुन लेपन गरिएका स्मार्ट घडी लगाएको कुकुरका तस्बिर आइफोन सिक्सले खिचेर बेइबोमा अपलोड गरेपछि हंगामा मच्चिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here