उत्तर कोरियाले ह्यांगओभर नहुने रक्सीको आविष्कार गरेको छ । उत्तर कोरियाको सरकारी समाचारपत्र प्योंगयांग टाइम्सका अनुसार ह्यांगओभर नहुने रक्सी जिनसेंग वनस्पतिको जराबाट बनाइएको हो र यसलाई राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक उपलब्धि भनिएको छ ।
यो रक्सीमा चिनीको साटो डढाइएको चामलको प्रयोग गरिएको छ । जसका कारण यो रक्सी तितो पनि हुादैन र यो पिएपछि आाखा रातो हुने, लठ्ठ पर्ने र ह्यांगओभर हुने पनि हुादैन । कोर्यो लिक्योर नाम दिइएको यो रक्सी टेडोंगांग फुडस्टफ फ्याक्ट्रीमा उत्पादन गरिएको हो । तर विज्ञहरूले पनि ह्यांगओभर नै नहुने रक्सी उत्पादन गरिएको दाबीप्रति आशंका व्यक्त गरेका छन् । उत्तर कोरियामा व्यवसाय विस्तारमा सहयोग गर्ने चोसोन एक्सचेन्जका निर्देशक एन्ड्रे अब्राहमिनका अनुसार उत्तर कोरियामा उच्च गुणस्तरीय पेय पदार्थ उत्पादन हुने गरेका भए पनि ह्यांगओभर नहुने रक्सी विश्वमा कतै उत्पादन गर्न सकिन्छ भन्ने कुरा आफूलाई नलागेको जनाए ।