मोटी भन्नेलाई आफ्नै बोसोबाट बनेको साबुन उपहार

255

चीनकी जियान जियो नामकी एक युवतीले आफूलाई मोटी भन्ने आफ्नो पूर्व प्रेमीको परिवारलाई आफ्नै बोसोबाट बनेको साबुन उपहार दिएको कुराले अहिले सामाजिक सञ्जालमा उनी चर्चामा रहेकी छिन् । उनले आफ्नो पूर्व प्रेमी र पूर्व प्रेमीको परिवारसाग बदला लिनका लागि निजी कुराहरू समाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् । यसअघि प्रेमीको परिवारले उनलाई मोटी भएको भन्दै बिहेका लागि अस्वीकार गरेको थियो । जियाओ जियाओ नामक अनलाईन पेजमार्फत ती महिलाले पूर्व प्रेमीकी आमालाई गतिलो जवाफ फर्काउने क्रममा स्लिम फोटोहरू पठाएकी छिन् । त्यतिमात्रै होइन उनले आफ्नै शरिरको बोसोबाट निर्मित साबुन समेत प्रेमीको परिवारलाई उपहार स्वरूप पठाउने बताएकी थिइन् । उनले लेखेकी छिन्, ‘मैले आफ्नै बोसोलाई साबुन बनाउन प्रयोग गरो र अब तिम्री आमालाई नुहाउनका लागि उपहार दिदौ छु । तल्लाको श्रेणीका मानिसहरू जसले महिलालाई उनीहरूको शरीरका आधारमा चित्रण गर्छन्, त्यस्तालाई उपहार दिन वसन्त ऋतु राम्रो समय हो ।’

 
सामाजिक सञ्जालमा यति चर्को टिप्पणी भए पनि त्यो साबुन जियान जियोकै शरीरको बोसोबाट बनेको भन्ने कुनै प्रमाण छैन । तर यो स्ट्याटस ६ हजार पटक सेयर गरिएको छ । यसमा ५ हजार कमेन्टस् र ३ हजार लाइक आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here