हास्य कलाकार ‘मुन्द्रे’ले पनि बाडे सिरक

583

काठमाडौं/ हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले गत वैशाखको भूकम्पका कारण घरबास गुमाएका पीडितहरूलाई सिरक वितरण गरेका छन् । जाडोका कारण भूकम्पपीडितहरूको अवस्था दयनीय भएको कारण सिरक बााडेको कलाकार नेपालले जनाएका छन् ।

 
हास्य कलाकार नेपालले जाडोले समस्यामा परेका आफ्नै गाउाका ८७ परिवारलाई सिरक वितरण गरेका छन् । आफ्नो जन्मस्थान सिन्धुपाल्चोक फुल्पिङडााडा गाविस ५ र ७ मा उनले एक लाखबराबरको सिरक वितरण गरेका छन् ।
६० हजार रूपैयाा अमेरिकाको सिकागोमा बस्दै आएका बिष्णुहरि सुवेदी र बाबु केसीले सहयोग गरेको जीतु नेपालको भनाइ छ । आफ्नो तर्फबाट पनि थप केही सहयोग गरेर गाउालेलाई जाडोमा सिरक कोशेली दिएको उनको भनाइ छ । नेपालले यसअघि पनि आफ्नो गाउाका १ सय ३५ भूकम्प प्रभावित परिवारलाई एक बण्डल जस्ता र एक बोरा चामल सहयोग वितरण गरेका थिए । राष्ट्रिय कलाकारको परिचय बनिसकेकाले सामाजिक काममा पनि सक्रिय भएको हेर्न चाहेको उनीहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here