वाईसीएलका युवाहरूलाई सुझाव

178

–निमकान्त पाण्डे–

नेकपा (माओवादी)ले आमूल रूपान्तरणका लागि दीर्घकालीन जनयुद्धको घोषणा गर्दै देशमा सशस्त्र युद्धको थालनी गरेको २० वर्ष पूरा हुादै छ । दश वर्षसम्मको सशस्त्रयुद्धले देशमा उथलपुथल नै ल्याएको थियो । पचहत्तरै जिल्लाका शोषक, सामन्तहरू गाउा–गाउाबाट लखेटिएका थिए । ग्रामीण क्षेत्र सम्पूर्ण रूपमा माओवादीमय भएको थियो । ग्रामीण जनतामाथि अन्याय, अत्याचार र व्यभिचार गर्नेहरू जति सबै गाउाबाट सहरतिर बसाइा सर्न बाध्य भएका थिए । गाउामा कसैले बहुविवाह गरेको पाइएमा ‘भाटे कारबाही’ भोग्नु पर्दथ्यो । कसैले सूदखोरी तथा कमिशनखोरी काम गरेको पाइएमा त्यसको हालत कस्तो हुन्थ्यो भन्ने कुरा ०५६/०५७ सालतिर ग्रामीण क्षेत्रका केही जमिन्दारहरूमाथि गरिएका कारबाहीहरू नै उदाहरणीय छन् । ग्रामीण क्षेत्रका सामन्त जमिन्दारहरूलाई गाउाबाट लखेट्दै आएको माओवादी शक्तिले नारायणहिटी दरबारबाट देशकै सामन्त राजालाई पनि उठिबास गराउन सफलता हासिल गर्‍यो । यस्ता सबै उपलब्धिहरूमा माओवादी पार्टीमा समर्पित युवाहरूको ठूलो योगदान र बलिदानीले भूमिका खेलेको छ भन्ने कुरामा कुनै विवाद छैन ।

दशवर्षे सशस्त्र युद्धले विकसित गराएको त्यही युवाशक्ति माओवादीको सशस्त्र युद्ध स्थगनपछि वाईसीएल (योङ कम्युनिष्ट लिग)का नाममा निकै चर्चित बन्यो । वाईसीएलका हरेक कामकारबाहीहरू जनताका पक्षमा हुने गर्दथे । वाईसीएलका क्रियाकलापबाट माओवादी नेताहरूको पनि प्रतिष्ठा बढेको थियो । परन्तु वाईसीएलको बढ्दो लोकप्रियतालाई सहन नसकेर माओवादी पार्टीका प्रतिद्वन्दी पार्टीहरूले वाईसीएलको विघटनमा जोड दिएपछि वाईसीएलको विघटन हुन पुगेको हो । घटनाक्रमहरूलाई नियाल्दा सबैलाई यस्तै लाग्दथ्यो । तर वाईसीएलको विघटन हुनुमा अरु कसैको भन्दा माओवादी नेताहरूकै ठूलो भूमिका छ भन्ने कुरालाई स्वयं वाईसीएलमा आबद्ध युवाहरूले भुल्नु हुादैन ।

आफ्नो पार्टीको भातृ संगठनको विघटन अरु कसैको चाहनामा हुन सक्दैन । वाईसीएलका क्रियाकलापहरू गलत थिए भने पार्टी नेतृत्वले वाईसीएलका क्रियाकलापमा सुधार ल्याउने प्रयास गर्नु पर्दथ्यो । संगठनकै विघटन गरेर कसलाई खुशी तुल्याउन खोज्यो नेतृत्वले ? वाईसीएलका युवाहरूका निम्ति यो गहन अनुसन्धानको विषय हो । वाईसीएलको विघटनपछि जनमुक्ति सेनाको विघटनले प्राथमिकता पायो । वाईसीएल विघटन गर्दा माओवादीइतर नेतृत्वको सरकार थियो भने जनमुक्ति सेनाको विघटन गर्दा स्वयं माओवादी नेता बाबुराम भट्टराईको नेतृत्वको सरकार थियो । वाईसीएललाई अरुको दबाबमा विघटन गरिएको भनिए पनि जनमुक्ति सेनाको विघटनमा अरु कसैको दबाबले माओवादी नेताहरूलाई झुक्नुपर्ने बाध्यता थिएन । त्यसैले जनमुक्ति सेनाको विघटनमा माओवादी नेताहरूकै गलत नियतले काम गरेको छ भनेर निष्कर्ष निकाल्न संकोच मान्नुपर्ने कुनै कारण छैन ।

जनयुद्ध हााकेको माओवादी पार्टी पााच समूहमा विभाजित भएको वर्तमान अवस्थामा संसदवादी कित्तामा अस्तित्व जमाउन खोजिरहेको एकीकृत नेकपा माओवादीको भातृ संगठनका रूपमा वाईसीएललाई ब्युाताइएको घोषणा भएको छ । ब्युातिएको वाईसीएलले पत्रकार सम्मेलन गरेरै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कारबाही गर्ने उद्घोष गर्दै कार्कीलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न उर्दी जारी गरेको छ । सबैलाई जानकारी भएको विषय हो लोकमानसिंह कार्कीलाई प्रमुख आयुक्त बनाउने काममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख भूमिका रहेको थियो । आफ्नै पार्टीका अध्यक्षले के–कति कारणबाट र कुन हैसियतबाट योग्य ठानेर कार्कीलाई प्रमुख आयुक्त बनाउन आवश्यक ठान्नु भएको हो ? कार्कीलाई कारबाही गर्नुभन्दा उनलाई प्रमुख आयुक्त बनाउने आफ्नै पार्टीका अध्यक्षलाई कारबाही गर्न वाईसीएलले हिम्मत गर्नुपर्दछ । प्रचण्डलगायतका माओवादी नेताहरू आर्थिक प्रलोभनमा पर्नु भनेको कम्युनिष्ट आन्दोलनका निम्ति ठूलो चुनौती हो । कम्युनिष्टविरोधी गैरकम्युनिष्ट व्यक्तिहरू कमिशनखोरी हुन सक्छन्, भ्रष्ट हुन सक्छन्, व्यभिचारी हुन सक्छन् र हरेक हिसाबले निन्दनीय पनि हुन सक्छन् । तर कम्युनिष्ट भन्नासाथ यस्ता सबै विकृतिका विरुद्ध उभिने व्यक्तित्व हो भन्ने कुरा बुझिन्छ । परन्तु हाम्रो देशका कम्युनिष्ट नेताहरूको स्थिति धेरै फरक छ । वाईसीएलका युवाहरूले यसतर्फ ध्यान पुर्‍याउन नसक्ने हो भने नेपालको कम्युनिष्ट आन्दोलन गलत दिशातर्फ जाने पक्का छ । त्यसको प्रभाव विश्व कम्युनिष्ट आन्दोलनमै पर्ने निश्चित छ ।

लोकमानसिंह कार्कीको विगत सबैलाई थाहा छ । राजतन्त्रकालमा राजाले विश्वास गरेर शक्तिमा पुर्‍याइएका व्यक्ति हुन् कार्की । यिनै कार्कीलाई गिरिजाप्रसाद कोइरालाले पनि आफ्नो वरिपरि राखेर प्रयोग गरिरहे । कार्कीलाई गणतन्त्रकालमै पनि कांग्रेस, एमाले र एमाओवादी सबैले विश्वास गरेर प्रयोग गरिरहेका छन् । निश्चय पनि कार्कीमा केही क्षमता भएरै सबैले उनलाई प्रयोग गर्न आवश्यक ठान्दछन् । आफ्नो जिम्मेवारीलाई कार्कीले प्रभावकारी ढंगबाट निर्वाह गरिरहेका छन् भन्ने कुरा उनले पद बहाली गरेदेखिका अख्तियारका गतिविधिहरू नै पर्याप्त छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक नेतृत्व, निजी क्षेत्र र निजामती कर्मचारीहरूको उच्च र तल्लो क्षेत्र जताततै अख्तियारले निगरानी बढाएर निकै कसरतका साथ भ्रष्टाचारजन्य गतिविधिहरूलाई उजागर गरिरहेको छ । बरु अख्तियारबाट भ्रष्ट ठहर गरिएका व्यक्तिहरूलाई विशेष अदालत र सर्वोच्च अदालतबाट चोख्याउने काम भइरहेको छ । वाईसीएलका युवाहरूले भ्रष्टाचारविरुद्ध भइरहेको कारबाहीलाई निरुत्साहित नगर्न खबरदारी गर्नुपर्ने कता हो ? अलिकति सोच्नुपर्ने आवश्यकता देखिन्छ ।

भ्रष्टाचार जताततै व्याप्त छ । माओवादी नेताहरूका जीवनशैलीले भ्रष्टाचारको जरो माओवादी पार्टीभित्रै पनि नराम्ररी प्रवेश गरेको छ भन्ने कुरालाई प्रमाणित गरिरहेको छ । जनयुद्धमा जानुभन्दा पहिले नेताहरूको आर्थिक हैसियत र जीवनशैली कस्तो थियो ? आज नेताहरूको जीवनशैलीले कस्तो हैसियत प्रदर्शित गरिरहेको छ ? अनि आम नेपाली जनताको अवस्था कस्तो छ ? पार्टीका नेताहरूबाट भइरहेका आर्थिक अनियमितताका गतिविधिहरूलाई वाईसीएलका कमरेडहरूले छानबिन गरी कारबाहीको दायरामा तान्नु जरुरी छ । अरु कुनै पार्टीका नेता वा कसैले गरेको भ्रष्टाचारभन्दा माओवादी नेताहरूबाट हुने भ्रष्टाचारले कम्युनिष्ट आन्दोलनलाई नै प्रदूषित गर्ने भएकाले यसतर्फ वाईसीएलको कडा निगरानी र खबरदारी आवश्यक छ । आग्ये सबैलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here