आफ्नो मिसनमा प्रतिबद्ध र इमानदार नेता

277

नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य

 
सुशील कोइरालालाई आज कसरी सम्झनुहुन्छ ?
सुशीलजी एउटा लोकतान्त्रिक आन्दोलनको योद्धा हुनुहुन्थ्यो । उहााले त्यसको लागि जीवनभरि निष्ठाको राजनीति गर्नुभयो । उहाामा अत्यन्तै सरलता, सादापन थियो । उहाा प्रष्टवक्ता हुनुहुन्थ्यो । त्यागको भावना उहाामा प्रचुर मात्रामा थियो । आफ्नो सिद्धान्त, लोकतान्त्रिक आन्दोलनप्रतिको निष्ठाका कारणले उहाालाई हामी सम्मानित व्यक्तित्वको रूपमा चिन्छौा । उहााको जीवनको सरलता अनुकरणीय पक्ष हो ।

 
नेपाली राजनीतिमा निष्ठा, सादगी र इमानदारिताको कमी खड्किरहेको बेला उहााको निधनपछि हामी कसरी पूर्ति गर्न सक्छौा ?
पूरा गर्नुपर्छ । वैचारिक र सैद्धान्तिक रूपमा सुशीलजी र हामीबीच फरक छ । तर एउटा कुरा के भने जुन निष्ठा र स्वच्छ छवि भएको व्यक्तित्व हो, त्यो कुरा आगामी पिाढीको निम्ति, एउटा पार्टीमात्रै होइन हरेकको निम्ति अनुकरणीय हुन्छ । किनभने उहााको छवि स्वच्छ थियो, उहाा सरकार व्यक्तित्व हुनुहुन्थ्यो, उहााले एउटा निष्ठाको राजनीति गर्नुभयो । त्यसैले आगामी पिाढीको निम्ति उहाा सराहनीय व्यक्तित्व हुनुहुन्छ । बााचुन्जेल हुादैन मरेपछि प्रशंसा हुने गर्दछ नेपालमा । तर सुशीलजी जीवितै हुादा पनि उहााको स्वच्छ छवि, सादा जीवनको विषयमा कसैले प्रश्न नै उठाउादैन थिए । राम्रो काम गर्ने मान्छेलाई जनताले जहिले पनि सम्मान गरिनै रहन्छन् ।

 
कम्युनिष्टहरूले सुशील कोइरालालाई कसरी सम्झिन्छन् ?
हामीले पनि उहाालाई सम्झिनुपर्छ । उहााको अगाडिको कुरा त मलाई थाहा छैन तर पछिल्लो क्रममा उहााका बारेमा मान्छेले भन्ने कुरा र म आफौले पनि उहाासाग एकान्तमा धेरै कुराकानी गरो । उहाा मिलनसार सबैलाई मिलाएर जानुपर्छ भन्ने भावना रहन्थ्यो । संविधान जारी गर्दा पनि उहााको जोड केमा रहन्थ्यो भने मिलाएर जानुपर्छ भन्ने । उहाा अनावश्यक कूटनीति गर्ने मान्छे पनि होइन । जे छ त्यसलाई सरल ढंगले लैजाने कुरा सबैले अनुकरण गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here