आर्यनको ‘क्लासिक’लाई युनिभर्सल सर्टिफिकेट

136

काठमाडौं/ नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको अभिनय रहेको चलचित्र ‘क्लासिक’लाई ‘युनिभर्सल’ सर्टिफिकेट दिइएको छ । सेन्सर बोर्डबाट उक्त प्रमाणपत्र पाएसागै यो चलचित्र हेर्न हरेक वर्गका दर्शकले पाउनेछन् ।
सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । आउादो शुक्रबार अर्थात् माघ २९ गतेबाट यो चलचित्र देशव्यापी रूपमा रिलिज हुनेछ ।

 
गीतसंगीत, ट्रेलर र कलाकारका कारण पनि यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ । चलचित्र हेर्दा सेन्सरका सदस्यहरूको आाखा आाशुले भरिएको थियो । निर्माता सुवास गिरीले सेन्सर बोर्डका सदस्यहरूबाट पाएको प्रतिक्रियाले झनै उत्साह बढेको बताए ।

 
चलचित्रको विषयवस्तुले मानिसको मनमा छुने भन्दै उनले दर्शकलाई पनि चलचित्र मनपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here