कोइरालाको निधन शंकाको घेरामा

146

काठमाडौं/ निवर्तमान प्रधानमन्त्री तथा नेपाली कााग्रेसका सभापति सुशील कोइरालाको गत सोमबार राति अचानक निधन भएको छ । नेपाली कााग्रेसको १३आौ महाधिवेशनको तयारीमा जुटेका सभापति कोइरालाको एक्कासी मृत्युको खबरलाई अधिकांशले असामान्य मृत्यु भन्दै उनको मृत्युलाई शंकाको घेरामा राखेका छन् । सोमबार राति १२:५० मा निधन भएका कोइरालाको निधन निमोनिया र फोक्सोको संक्रमणका कारण भएको भनिए पनि कोइरालाको मृत्युपश्चात् सार्वजनिक गरिएको तस्बिरमा निधारमा चोट र उनले ओढेको सिरकमा रगतको निसानी देखिएको भन्दै मंगलबार दिनभर कोइरालाको मृत्युका बारेमा सामाजिक सञ्जालहरूमा विभिन्न टीकाटिप्पणी समेत भए । यति मात्र होइन कोइरालाको मृत्युका बारेमा उनका निजी चिकित्सक डा. करवीरराज योगीले कोइरालालाई पछिल्लो तीन घण्टामा बढी समस्या भएको जनाएका छन् । उनले उक्त समयमा एम्बुलेन्सको व्यवस्था गर्दागर्दै कोइरालाको निधन भएको जनाएका छन् । जब कि पूर्वप्रधानमन्त्री तथा सबैभन्दा ठूलो राजनीतिक दलको सभापतिलाई बिरामी हुादा तीन घण्टासम्म एम्बुलेन्सको व्यवस्था गर्न नसकिएको भन्ने विषय आफौमा शंकास्पद देखिन्छ । त्यसमाथि कोइराला निवासबाट शिक्षण अस्पतालको दूरी केवल १० मिनेटको मात्र हो । त्यसैले डाक्टरको बयानले पनि उनको मृत्युलाई शंकाको घेरामा राखिदिएको छ । डा. योगीले कोइराला ३/४ दिनदेखि सामान्य बिरामी रहेको समेत जनाएका छन् । तर आश्चर्यको विषय के छ भने पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिलाई ३/४ दिन बिरामी हुादा समेत किन अस्पताल भर्ना गरिएन ? यो प्रश्न सबैको मुखमा झुण्डिएको छ । कोइराला बिरामी भएको बारेमा पहिले नै बाहिर कुनै समाचार नआउनुले पनि उनी सााच्चै बिरामी थिए या थिएनन् भन्ने कुरा यसै भन्न सक्ने अवस्थामा छैन ।

 
आकस्मिक रूपमा भएको कोइरालाको निधनलाई लिएर सामाजिक सञ्जालमा शंकामात्र व्यक्त गरिएको छैन, उनको निधनको सत्यतथ्य जााच र छानबिनको समेत माग भएको छ । महाधिवेशनको मुखमा कोइरालाले सभापतिमा उम्मेदवारी दिने निश्चित भइसकेका बेला अकस्मात् भएको निधनलाई स्वयं कााग्रेसका नेता कार्यकर्ताहरूले समेत विश्वास गर्न सकिरहेका छैनन् । कोइरालाको अकस्मात् निधनलाई स्वीकार्न नसक्दा कााग्रेस नेता नरहरी आचार्य मस्तिष्काघातको शिकार हुनुपर्‍यो । हाल उनको अवस्था पनि न्यूरो अस्पतालमा असामान्य बनिरहेको छ । यी विभिन्न कारणले पनि कोइरालाको निधन सामान्य रूपमा भएको थिएन भनेर विश्वास गर्ने आधारहरू देखिन्छन् ।

 
कोइरालाको निधनका बारेमा बजारमा विभिन्न हल्लाहरू चल्ने गरेका छन् । तीमध्ये पहिलो उनी पुन: सभापतिमा उठ्ने निश्चित भएपछि पार्टीभित्रबाटै कुनै षड्यन्त्र भएको अनुमान एकथरिले गर्ने गरेका छन् । त्यस्तै, दोस्रो हल्लाका रूपमा उनले भारतलाई चिढाएर संविधान जारी गरेको विषयलाई पनि लिने गरिन्छ । नेपालमा भारतलाई चिढाउनेहरू टिक्न गाह्रो भएका भनाइहरू पटक–पटक आउने गरेका छन् । त्यसो त कोइरालालाई विमान अपहरणको मुद्दामा भारतले पहिले पनि हत्कडी लगाएर गोलघरमा राखेको थियो । त्यसयता उनले भारतसागको सम्बन्धलाई कहिले पनि आत्मीय रूपमा लिन नसकेको र पछि जबर्जस्ती संविधान जारी गरेपछि उनीसाग भारतको सम्बन्ध थप बिग्रिएको अनुमान गर्नेहरू पनि छन् । विगतमा राजदरबार हत्याकाण्डदेखि मदन भण्डारी हत्या प्रकरणसागै केहीले सुशील कोइरालाको निधनलाई पनि यस्तै प्रसंगसाग जोडेर हेरिरहेका छन् । तथापि उनको निधन कुनै षड्यन्त्रमा भयो वा कालगतिले नै भयो भन्ने कुरा भविष्यमा खुल्दै जाला तर विगतमा मुलुकप्रति बफादार हुनेहरूको मृत्यु शंकास्पद रूपमा हुने गरेका केही उदाहरणका कारण कोइरालाको मृत्युलाई यस्तै शंकाको घेरामा राखिएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here