नेता आचार्यलाई मस्तिष्काघात, श्रेष्ठलाई स्वाइनफ्लु

179

काठमाडौं/ नेपाली कााग्रेसका नेता नरहरि आचार्यलाई मस्तिष्काघात भएको छ । कााग्रेस सभापति सुशील कोइरालाको निधन भएपछि कोइरालालाई श्रद्धाञ्जली दिन महाराजगञ्ज पुगेका आचार्यलाई पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा मस्तिष्काघात भएको हो ।

 
नेता आचार्यलाई त्यहीाबाट बाासबारीस्थित गंगालाल हृदय केन्द्रमा पुर्‍याइएको र मस्तिष्काघात भएको पुष्टि भएपछि न्युरो अस्पताल सारिएको थियो । नेता आचार्यको स्वास्थ्य स्थिर तर जटिल रहेको न्युरो अस्पतालका प्रमुख डा. उपेन्द्र देवकोटाले जनाएका छन् । देवकोटाका अनुसार आचार्यको उच्च रक्तचापले गर्दा मस्तिष्काघात भएको र शल्यक्रिया र औषधिद्वारा उपचार गर्न सकिने जनाएका छन् । नेता आचार्यको शरीरको दाहिने भाग नचल्ने अवस्थामा रहेको छ भने उनी बोल्न सक्ने अवस्थामा नरहेको अस्पतालले जनाएको छ ।

 
यसैबीच नेकपा एकीकृत माओवादीको उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइनफ्लु भएको छ । नेता श्रेष्ठले आफूलाई स्वाइनफ्लु भएको सामाजिक सञ्जालमार्फ जानकारी दिएका छन् । विगत नौ दिनदेखि ज्वरोले थलिएका उपाध्यक्ष श्रेष्ठको प्रारम्भिक परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएपश्चात् स्वाइनफ्लु लागेको पुष्टि भएको हो । सोही कारण श्रेष्ठले कााग्रेस सभापति सुशील कोइरालाको श्रद्धाञ्जली सभामा उपस्थित हुन नसकेको जनाउादै सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here