भूकम्पपीडितलाई सहयोग जुटाउन सांगीतिक कार्यक्रम आयोजना

126

काठमाडौं/ गत वैशाखको भूकम्पका कारण घरबार गुमाएका पीडितहरूलाई सहयोग जुटाउनका लागि एक सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । ‘मानवताका पाइला’ नामक संस्थाले भूकम्पपीडितहरको सहयोगार्थ राजधानीमा एक सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।

 
यो संस्थाले नुवाकोटका पीडितलाई केही सहयोग गर्ने उद्देश्यले गत आइतबार राजधानीमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । नेपालमा ख्याती कमाएका कलाकारहरूलाई मञ्चमा उतारेर भव्य सांगीतिक कार्यक्रम गरेको यो संस्थाले नुवाकोटको छापमा रहेका भूकम्पपीडितलाई केही खाद्यान्न र लत्ताकपडा सहयोग गर्ने जनाएको छ ।
चर्चित गायिका मिलन अमात्य र नेपाली तारा प्रताप लामाले भूकम्पपीडितहरूको सहयोगको लागि आफ्नो प्रस्तुति दिएका छन् । ‘मानवताका पाइला’ नामक अभियानअन्तर्गत मिलन र प्रतापले आइतबार सााझ दरबारमार्गस्थित नर्लिंग गजलमा आफ्ना चर्चित गीतहरू सुनाए । विशुद्घ रूपमा भूकम्पपीडितहरूको सहयोगको लागि ‘फन्ड रेज’ गर्न गरिएको सांगीतिक सााझमा विभिन्न क्षेत्रका प्रतिनिधिहरू, संगीत क्षेत्रका हस्तीहरू र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

 
गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट अहिलेसम्म कष्टकर जीवन बिताउन बाध्य छाप गाउा, नुवाकोटका सर्वसाधारणहरूको सहजताका लागि मानवताका पाइला नामक अभियानले सो कार्यक्रम गरेको हो । सडकको विकटताका कारण अप्ठ्यारोसाग संघर्ष गरिरहेका छाप गाउाबासीको जीवनयापन केही मात्रामा भए पनि सरल बनाउनका लागि सांगीतिक कार्यक्रमको आयोजना गरिएको अभियानका संयोजक नवीन कोइरालाले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here