यही फागुन १ गतेदेखि तत्कालीन नेकपा माओवादीले सर्वहारा वर्गको मुक्तिका लागि भनेर सुरु गरेको जनयुद्धले २०आौ वर्ष पुरा गरी २१आौ वर्षमा प्रवेश गरेको छ । सशस्त्र जनयुद्धका १० वर्ष र शान्तिप्रक्रियामा प्रवेश गरेको समेत ११औं वर्ष लागेको छ । तर यस अवधिमा माओवादी एउटा पार्टी मात्र रहेन । बरु यो आन्दोलन यसरी विभाजित भयो कि एउटा समूह जनयुद्धका कार्यभार पूरा नभएको भन्दै पुन: जनयुद्धकै लाइनमा हिाड्ने प्रयासमा छ । एउटा समूह जनयुद्धको आधारमा जनविद्रोहको लाइनलाई अंगालिरहेको छ । एउटा समूह सदन र सडकबाट बााकी कार्यभारलाई पूरा गर्नूपर्ने मत राख्छ भने एउटा समूह त माओवादीबाट पतन हुादै माक्र्सवादबाट पार नलाग्ने निष्कर्षसहित सिद्धान्तविनाको नयाा शक्तिको दौडमा सामेल भइसकेको छ ।
माओवादीले सुरु गरेको जनयुद्धले जनताको अधिकार र राष्ट्रियतालाई प्रवद्र्धन गरेकाले केही दु:ख र पीडाका बीच पनि जनतामा अधिकारप्रति सचेतना र मुलुकप्रतिको समर्पण बढेको थियो । यति मात्र होइन, अन्याय, अत्याचार र विभेदमा परेकाहरूलाई न्याय दिनेदेखि शोषक सामन्तहरूलाई कारबाहीको दायरामा ल्याएकै कारण तत्कालीन माओवादी जनयुद्धले सुरुमा सोचेभन्दा बढी सफलता तथा जनताको साथ पाएको थियो । तर जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा सुरुमा उठान गरिएका एजेण्डा र लक्ष्यभन्दा पनि माओवादी आन्दोलन जसको विरुद्ध आन्दोलन गरिएको थियो, त्यही वर्गकै फाइदाका लागि काम गर्न सुरु भएको स्वयं माओवादी आन्दोलनका सारथीरुले दाबी गर्ने गरेका छन् । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल माओवादी आन्दोलनको सुरुवातमा उठान गरिएका एजेण्डा र लक्ष्य तथा पछिल्लो समय माओवादी आन्दोलनको आडमा प्राप्त भनिएका उपलब्धिहरूबीच कुनै तालमेल नभएको र षड्यन्त्रपूर्वक जनयुद्धमा हुादै नभएका एजेण्डाहरू स्थापित गरिएको दाबी गर्छन् । जब कि एमाओवादी हाल सतहमा देखिएका केही परिवर्तनलाई आंशिक रूपमा जनयुद्धका उपलब्धि भएको र अझै बााकी उपलब्धिका लागि सरकार वा संसद्मै गएर लड्ने जनाउादै आएको छ ।
माओवादी जनयुद्ध सुरु गर्नुपूर्व ४० बुादे माग पेस गर्दै जनयुद्धको शंखघोष गर्ने दोस्रो कमाण्डर बाबुराम भट्टराई त माओवादी जनयुद्धका सबै एजेण्डा पूरा भएको भन्दै अब माओवादबाट परिवर्तन सम्भव नभएको आशय व्यक्त गर्दै कम्युनिष्ट नै नरहने गरी परिवर्तन भइसकेका छन् । राजनीतिक विश्लेषकहरू माओवादी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा जनयुद्धकै सारथीहरूबीच एकमत नहुनु नै माओवादी आन्दोलन कमजोर हुनुको कारण पहिल्याउाछन् । विश्लेषकहरू भन्छन्, माओवादी आन्दोलनका एजेण्डा र लक्ष्यमा स्वयं योजनाकारमै एकमत छैन । यो नै माओवादी शक्ति विभाजनको मुख्य कारण हो । यता माओवादी आन्दोलनको औचित्य अझै बााकी रहेको दाबी गर्ने समूह भने जनयुद्धलाई धोकापूर्वक विसर्जन गराउादै माओवादी आन्दोलन नै कमजोर बनाउने ठूलै खेल भएको र माओवादी आन्दोलनका सारथीहरू नै यसका गोटी बनेको आरोप लगाउने गरेका छन् । उनीहरू जनयुद्धका वास्तविक एजेण्डाबाट टाढिनु नै माओवादी आन्दोलन कमजोर हुनुको मूल कारण भएको जनाउाछन् ।
माओवादी आन्दोलनले २०आौ वर्ष पार गरिसक्दा पनि विभिन्न समूहमा रहेका टुक्रे माओवादीहरूमा माओवादी आन्दोलनप्रतिको मोह अझै पनि कम भएको देखिादैन । यही कारणले हुनसक्छ २१आौ वर्ष प्रवेशका अवसरमा टुटेफुटेका माओवादी शक्तिहरूबीच एकीकरणको चर्चा परिचर्चा समेत हुादै आएको छ । उनीहरू माओवादी आन्दोलन निकै कमजोर बनेको र त्यसलाई पुरानै अवस्थामा लैजाने विषयमा समेत गम्भीर बहस गर्ने गरेका छन् । तर उनीहरूका बीचमा आन्दोलनलाई हेर्ने फरक दृष्टिकोणका कारण अझै पनि केही समस्याहरू देखिादै आएका छन् । तथापि एकता असम्भव भने देखिादैन । यसका लागि माओवादी नेतृत्वले आफ्नो विगतको लक्ष्य र एजेण्डालाई इमानदारिताका साथ हेरिदिए पुग्छ । तर त्यो इमानदारिता एकताको बहस गर्ने माओवादी शक्तिहरूले देखाउन सक्छन् वा सक्दैनन्, त्यसैमा नै माओवादी आन्दोलनको बााकी भविष्य निर्धारण हुनेछ ।