मोर्चाद्वारा आन्दोलन स्थगित

131

काठमाडौं/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औपचारिक रूपमा नै आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको छ ।

 
मोर्चाको राजधानीमा सम्पन्न बैठकले एक विज्ञप्ति जारी गर्दै नाकाबन्दी, आम हडताललगायतका आफ्ना आन्दोलनको कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको बैठकले पााच महिनाभन्दा बढी समयदेखि जारी आन्दोलनको समीक्षा गर्दै नाकाबन्दी र आमहडताल फिर्ता लिएको निर्णय गरेको हो । मोर्चाको उक्त निर्णयलाई प्रधानमन्त्री केपी ओली स्वागत गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले एक प्रेस नोट जारी गर्दै मोर्चाको कदमको स्वागत गरिएको हो । मोर्चाले गत भदौ १ गतेदेखि नयाा संविधान निर्माण प्रक्रियाको विरोध गर्दै अनिश्चितकालका लागि मधेस बन्द तथा आमहडताल र असोज ७ गतेदेखि नाकाबन्दीको घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here