नेपाली कााग्रेसका नेता डा. शेखर कोइराला
सुशील कोइरालाविनाको कोइराला परिवारको विरासत कसरी अघि बढ्छ ?
यो त जीवनको चक्र हो । कसैले रोकेर रोकिने चिज होइन । जाने मान्छेलाई कसैले रोक्न सक्दैन । तर पक्कै पनि अभाव हुन्छ, उहााको अनुपस्थिति खड्किन्छ । बीपी कोइराला जाादा पनि हामीलाई लागेको थियो हामीले सबै चिज गुमायौा । गिरिजाबाबु जाादा पनि त्यस्तै लागेको थियो । सुशीलदा जाादा पनि हामीलाई त्यस्तै महसुस भएको छ । यो चलिरहन्छ अब हामीले यसलाई सम्हालेर जानुपर्छ कोइराला परिवारको हकमा । नेपाली कााग्रेसको हकमा पनि एक्ज्याक्ट्ली यही हो । कार्यकर्ता साथीहरूले त्यही सोचेका थिए बीपी, गिरिजाबाबुको हकमा । सुशीलदाको बारेमा अब सोच्न थालेका छन् । देशले पनि गुमाएको छ ।
दुई दशकपछि कााग्रेसको नेतृत्व कोइराला परिवार बाहिर गयो, अब कााग्रेसमा कोइराला परिवारको भूमिका सकिएको हो ?
होइन । एउटा कुरा के बुझ्नुस् भने लिगेसीले मात्रै कोइराला परिवारले नेपाली कााग्रेसलाई अगाडि बढाएको होइन । धेरै नेताहरू हुनुहुन्छ, सुवर्णजीदेखि लिएर गणेशमानजी, किशुनजी, महेन्द्रनारायण निधीलगायतका । उहााहरूले साथ नदिएको भए नेपाली कााग्रेस बन्दैन थियो । कोइराला नै सभापति हुनुपर्छ भन्ने मलाई लाग्दैन । तर एउटा कुरा के हो भने कोइरालाहरू सभापति बनून् नबनून्, पदाधिकारीमा जाऊन् नजाऊन्, तर नेपाली राजनीतिको मियो बनेर चाहिा हामी बस्छौा ।
विश्वभरि नै हेर्ने हो भने राजनीतिमा परिवारको प्रभाव देखिन्छ नि ?
पार्टी सभापति नै भएर त्यो लिगेसी आउाछ भन्ने होइन । राजनीतिको मियो महत्वपूर्ण हुन्छ । हामी गलत बाटोमा हिाड्न थाल्यौा भने हामी बिग्रन्छौा । हामीले सही बाटो अपनाएर अगाडि बढ्यौा, सही नेतृत्व चयन गरेर अगाडि बढ्यौा भने हामी फेरि कोही न कोही, कहीा न कहीा पुगिहालिन्छ नि ।
१३औं महाधिवेशनको पूर्वसन्ध्यामा सुशील कोइरालालाई कसरी सम्झने ?
सुशील कोइराला एउटा असल, निष्ठावान्, इमानदार व्यक्ति हुनुहुन्थ्यो । उहााले आफ्नो जीवनभर त्यही निष्ठाको राजनीति गर्नुभयो । सुरुसुरुमा त मलाई लागिरहेको थिएन कि सम्हाल्न सक्नुहुन्छ भनेर तर उहााले आफ्नो प्रधानमन्त्रीत्व कालमा अरु कुरालाई बिर्सिदिने हो भने उहााले समन्वयकारी भूमिका खेलिदिएर संविधान जारी गराउनुभयो । त्यो अत्यन्तै सुखद पक्ष हो । संविधान जारी भएपछि दुईवटा संशोधन विधेयक उहााको समन्वयकारी भूमिकाले नै पारित भयो । जसमा मधेसी मोर्चाले मौन स्वीकृति दिएर माओवादी र एमालेलाई पनि एक ठाउामा उभ्याएर जुन समन्वयकारी भूमिका निर्वाह गर्नुभयो, त्यसले गर्दा उहााको उचाइ झनै बढेर गएको छ । उहााले मलाई पटकपटक भन्नुहुन्थ्यो, यो नाका नखोली हामी अगाडि जान सक्दैनौा । त्यसैले हाम्रो पहिलो प्राथमिकता यही हो र मधेसी मोर्चालाई मूलधारमा ल्याउने हो । उहााको सपना पूरा भयो ।
कोइराला परिवारमा तपाईं, डा. शशांक कोइराला र सुजाता कोइराला हुनुहुन्छ, तपाईंहरूबीच साझा उम्मेदवार दिने विषयमा सहमति हुन्छ ?
राजनीतिमा सहमति/असहमति भन्ने हुादैन । हामीले प्रयास गर्ने हो । यो त नेपाली कााग्रेसभित्रकै चुनाव हो नि । हामी एमाले र माओवादीसाग चुनाव लडिरहेका छैनौा । हामी प्रयास गर्छौा सहमतिका लागि, सहमति भए राम्रो नभए अगाडि बढ्छ । यो विषयमा किन धेरै चिन्ता गर्ने ?