सार्वभौमिकतामा आाच आउने सम्झौता नगर्न प्रमलाई सुझाव

323

काठमाडौं/ प्रधानमन्त्री केपी ओलीले फागुन ७ गतेदेखि गर्न लागेको भारत भ्रमणका बेला पूर्वप्रधानमन्त्री तथा परराष्ट्रविद्हरूले राष्ट्रको सार्वभौमिकतामाथि आाच आउने कुनै पनि सम्झौता नगर्न सुझाव दिएका छन् । ओलीले आफ्नो भारतको भ्रमणको विषयमा पूर्वप्रधानमन्त्री तथा विज्ञहरूसाग सुझाव लिन बोलाइएको छलफल कार्यक्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । उनीहरूले भ्रमणका बेला प्रधानमन्त्री ओलीलाई पछिल्लो समय भारतसाग नेपालको चिसिएको सम्बन्धमा सुधार ल्याई नयाा उचाइमा पुर्‍याउन सुझाव दिएका छन् ।

 
विज्ञहरूले भारतले व्यक्तिगत रूपमा नेताहरूलाई प्रभावमा पारी प्रयोग गर्ने विगतका उदाहरण रहेको भन्दै प्रधानमन्त्री ओलीलाई व्यक्तिगतभन्दा पनि राष्ट्रको हित हुने किसिमको सम्झौता गर्न सुझाव दिएका छन् । उनीहरूले दुई मुलुकबीचको सम्बन्ध र सहयोगको विषयलाई प्रमुखताका साथ उठाउन सुझाव दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here