हुकुमबहादुर सिंह
नेपाली कााग्रेसका सभापति सुशील कोइरालाको निधन भएको छ । नेपाली कााग्रेसको आसन्न महाधिवेशनअघि नै उनको निधनले त्यस पार्टीभित्रको संस्थापन पक्ष भन्ने अब औपचारिक रूपमा रहेन । रामचन्द्र पौडेलले त्यसको गरिमा महाधिवेशनका लागि गरिएका प्रतिनिधिहरूको निर्वाचन अगाडि नै गुमाइसकेका छन् वा उनको निधनले को हो अब संस्थापन पक्ष भन्ने प्रश्न उठ्नु स्वाभाविक हो र त्यो भएको छ । यद्यपि नेपाली कााग्रेसका सम्पन्न जिल्ला अधिवेशनहरूमा संस्थापन भनेर उनै सुशील कोइरालाको अनुहार हेरेर प्रतिनिधिहरूले मत दिएका थिए । ती अधिवेशनहरूमा सुशील कोइराला र शेरबहादुर देउवाका अनुहारहरू ती अधिवेशनका प्रतिनिधिहरूमा छाएका थिए । अब ती मध्ये सुशील कोइराला रहेनन् । सुशील कोइराला नरहेको अवस्थामा शेरबहादुर देउवामाथि पनि कठिन अवस्था छ । ती दुवै नेतालाई सम्मानको पदमा बसी अन्यका लागि मार्ग खाली गर्न पनि कार्यकर्ताबाट दबाब थियो नै । सुशील कोइरालाको मृत्युपछि अब त्यो खालको दबाब ती कार्यकर्ताहरूबाट शेरबहादुर देउवामाथि पर्ने स्पष्ट छ र त्यसले उनका लागि पनि अझ झन् कठिन बन्नेछ त्यो प्रस्तावलाई अस्वीकार गर्न । फेरि रामचन्द्र पौडेलले कम्तीमा पनि अहिलेको महाधिवेशनमा त्यो खालको शिखरता प्राप्त गर्न सकेको अवस्था छैन । अनि सुशील कोइरालाको मृत्युपछि तत्काल एउटा निर्विकल्प नेतृत्वचयनको सम्भावना पनि छैन ।
नेपाली कााग्रेसको १२आंै महाधिवेशनका सिद्धान्त र मूल्यमा आधारित नेपाली कााग्रेसको राजनीति गर्ने नेताहरू भनेर एकखालको प्रभाव दिन सफल नेता कुलबहादुर छैनन् र अर्का व्यक्तित्व नरहरी आचार्य पनि सुशील कोइरालाको मृत्युपछिको अवस्था देखेपछि उनलाई हृदयाघात भएर अस्पतालमा छन् । त्यसैले अब ती सबैबाट के आाकलन गर्न सकिन्छ भने नेपाली कााग्रेसको यो आसन्न महाधिवेशन त्यति उल्लासमय नबने पक्कापक्की भएको छ । तैपनि महाधिवेशनले जे जसरी भएता पनि एउटा नेतृत्व छान्नुपर्ने वाध्यता हुन्छ नै । अहिलेसम्म सम्पन्न गरिएका जिल्ला अधिवेशनहरूको गतिविधि र त्यहाा निर्वाचन जित्नैका लागि अपनाइएका मनी, मसलको प्रभावहरू देख्दा नेपाली कााग्ेरसमा अब सिद्धान्त, विचार र राजीनीतिमा होइन, ती सबैका पछाडि निर्णायक पैसा र बाहुबल बनेका छन् । कार्यकर्ताबीचमै पिटापिट र हत्यासम्मका घटनाहरूले त्यसलाई संकेत गर्दछन् । जे भएता पनि सुशील कोइरालाको मृत्युपछि अब नेपाली कााग्रेसले कोइराला परिवारबाट गरिादै आएको नेतृत्वबाट उन्मुक्ति पाउने निश्चित छ । हुन त बीचबीचमा यस्तो भएको पनि छ र अहिले पनि त्यसो हुादैमा फेरि भविष्यमा नेपाली कााग्रेसले कोइराला परिवारबाट नेता पाउनेछैन भन्ने आधार मेटिसकिएको भने छैन ।
सुशील कोइरालाको मृत्युपछि अब नेपाली कााग्रेसले एउटा अवसर भने पाएको छ । त्यो भनेको अब उक्त पार्टीभित्र झांगिादै गएको संस्थापन र अन्यको बीचको खाडल मेटिनेछ र नेपाली कााग्रेस अब एक ढिक्का भएर अगाडि बढ्नेछ । तैपनि एउटा के समस्या छ भने नेपाली कााग्रेसभित्रका तस्करहरू, कालोबजारीयाहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कमिसनखोरहरूसित मिलेमतो गर्ने नेता तथा कार्यकर्ताले त्यसो हुन दिनेछैनन् । नेपाली कााग्रेस एक ढिक्का बनेमा उनीहरूको चाहनामा बाधा उत्पन्न हुनेछ ।
सुशील कोइरालाको जस्तो नेपाली कााग्रेसका नेतामध्ये एउटा सरल र सादगी जीवन जिउन चाहने नेताको भने त्यहाा अभाव बढ्नेछ । उनलाई केही समय अघिसम्म कांग्रेसभित्र पद र पैसाका लागि मरिहत्ते नगर्ने नेताका रूपमा मानिन्थ्यो तर गत प्रधानमन्त्रीको निर्वाचनका दौरानमा उनी त्यसबाट अलिकति विचलित भएको पाइयो । हुन त यसबाट उनलाई जति घाटा सायद अन्य कसैलाई भएन । उनी निर्विकल्प रूपले नेपालको दोस्रो राष्ट्रपति हुने सम्भावनालाई उनी आफौ ठाडै छेकबार लगाए । यसो किन गरे र यसो गर्न उनलाई कसले सहमत गरायो र यसका पछाडिको रहस्यबारे कसैलाई केही थाहा छैन । अहिले उनले बहालवाला राष्ट्रपतिका रूपमा मृत्युवरण गरेका हुने थिए र सायद त्यसो भएको भए उनले यति चााडै मृत्युवरण पनि गर्ने थिएनन् होला कि । यसबाट उनलाई जत्तिको व्यक्तिगत घाटा अन्य कसैलाई भएको छ्रैन । तैपनि नेपाली कााग्रेसले सुशील कोइरालाको मृत्युपछि एउटा लोकतन्त्रको मूल्यमान्यतामा आधारित काम गर्ने नेता भने गुमाएको छ र नेपाली कााग्रेसको आगामी महाधिवेशनले अब कित नयाा नेतृत्वका लागि पूरै नयाा पुस्तातिर आाखा लगाउन आवश्यक छ हैन भने शेरबहादुर देउवाको विकल्पको कुरा गर्दा उनीमाथि अब भने अलि अन्याय गरेको ठहर्नेछ । जे होस् यस घडिमा सुशील कोइरालाको मृत्युमा श्रद्धासुमन चढाउनु सबैको काम हो र म पनि एउटा लेखकको नाताले त्यो जिम्मेवारीलाई पूरा गर्नु आवश्यक ठान्दछु ।