अख्तियारको रजत महोत्सव स्थगित

129

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो स्थापनाको २५औं वर्षको अवसरमा आज गर्न लागेका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । नेपाली कााग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनले सम्पूर्ण देश नै शोकमग्न भएपछि अख्तियारले आयोजना गर्न लागेका कार्यक्रम स्थगित गरेको जनाइएको छ ।
पूर्वप्रधानमन्त्री कोइरालाको निधनमा नेपाल सरकारले माघ २७ गते सार्वजनिक बिदा, तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाई राष्ट्रिय शोक मनाउने र कुनै पनि सरकारी औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेपछि अख्तियारले पनि २५औं वार्षिकोत्सव र रजत महोत्सव २०७२ मनाउने क्रममा तय गरिएका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको प्रवक्ता कृष्णहरि पुष्करद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 
यसैबीच अख्तियारले जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक नरबहादुर विकलाई घुससहित पक्राउ गरेको छ । सार्वजनिक अपराधको मुद्दा मिलाइदिने प्रयोजनका लागि घुस लिादै गर्दा कोहलपुरस्थित अख्तियारको सम्पर्क कार्यालयबाट गएको टोलीले सई विकलाई एक लाख ५० हजार रूपैयाा घुससहित पक्राउ गरेको हो । विकलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here