कलाकारद्वारा नेहाको हत्यारालाई कारबाही गर्न माग

340

काठमाडौं/ आदिवासी चलचित्रकी नायिका नेहा पुनको हत्यारालाई कारबाही गरी उनलाई न्याय दिन कलाकारहरूले माग गरेका छन् । केही दिन अगाडि पोखरामा कलाकार नेहा पुनको बलात्कारपछि हत्या गरिएको थियो । उनलाई न्याय दिन माग गर्दै नेपाली चलचित्रका कलाकारहरू अगाडि आएका हुन् । गत शनिबार बेलुकी काठमाडौंको मण्डला थिएटरमा मैनबत्ती प्रज्ज्वलन गर्दै उनीहरूले पुनलाई न्याय दिन सरकारसाग माग गरे । उनीहरूलाई विद्यार्थीदेखि सर्वसाधारणले पनि साथ दिएका थिए ।

 
कार्यक्रममा चर्चित कलाकारहरूको उपस्थिति थियो । पूर्वमिस नेपाल माल्भिका सुब्बा, मिस नेपाल इभाना मानन्धर पनि मैनबत्ती बाल्दै नेहालाई न्याय दिनका लागि अगाडि देखिए । यस्तै, नायिका झरना थापा, प्रियंका कार्की, ऋचा शर्मा, नन्दिता केसी, रीमा विश्वकर्मा, दीपाश्री निरौला, आना शर्मा पनि मैनबत्ती बोकेर मण्डला पुगेका थिए ।
उनीहरूले नेहा पुनका दोषीलाई तत्काल समातेर कारबाही गर्न माग गरेका थिए । कलाकारहरूले आज नेहा पुनका हत्यारालाई कारवाही नगर्ने हो भने अरु नेपाली चेली पनि नेहा बन्नुपर्ने भन्दै सरकारले यस्तो घटना दोहोरिन नदिन कदम चाल्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here