सबै वैदिक परम्पराहरु अनिन्द्य र अनुकरणीय हुादैनन्

212

चन्द्रप्रकाश वानियाा

 
“झाोछे जाने बाटो कुन होला, दाइ ?”
“दाइ त भनिहालिस्, फेरि केको बाटो सोध्छस् !” प्रश्न सुनेर रिसाएको भलाद्मीले रुखो जवाफ फर्काएछ । घटना राणाकालीन समाजको हो । कुनै बटुवाले बाटोछेउ उभिएको मानिससाग बाटोको जानकारी माग्ने सन्दर्भमा प्रेमपूर्वक र आदर सम्मानका साथ गरेको “दाइ” को सम्बोधन नरुचाउने र हदै दर्जाको असभ्यता प्रदर्शन गर्ने ती भलाद्मी कथित उच्च खानदानी परिवारका हुादा हुन् । बाबुसाहेब र राजासाहेबको सम्बोधन सुन्ने बानी परेका उनलाई दाइको सम्बोधनले अपमानित महसुुस गराए होला, प्रश्नकर्ताले आफूलाई हेपेको अनुभूति गरे होलान् र एउटा अनजान अपरिचित बटुवालाई बाटो देखाइदिनुपर्ने मानवीय शिष्टाचार प्रदर्शन गर्न पनि कञ्जुस्याइा गरे होला ।

 
सामाजिक मान्यता, परम्पराजस्तै धार्मिक आस्था भन्ने कुरा पनि अनौठो प्रकृतिको हुन्छ । धर्मान्ध धर्मभिरुहरुमा धर्मको विरुद्ध कुनै कुरा सुन्ने धैर्य नै रहादैन । त्यस मामिलामा मुस्लिम समुदाय सबभन्दा कट्टर हुन्छ र धर्म उल्लङ्घन गर्ने मानिस (काफिर) प्रति दया, माया, समवेदना, सहानुभूति र लोकाचार देखाउनुपर्ने आवश्यकता नै देख्दैन । पाकिस्तानीमूलका बेलायती लेखक सलमान रुस्दीले आफ्नो उपन्यासमा मुहम्मदले एकभन्दा बढी विवाह गरेको प्रसंग उल्लेख गरेकै कारणले वर्षौं वर्षदेखि भूमिगत जीवन बिताउन बाध्य छन् । कट्टरतावादी धार्मिक संस्थाले उनीविरुद्ध “फतवा” जरी गरेको छ । बंगलादेशकी नारीवादी लेखिका तसलिमा नसरिनाले देश निकालाको कष्टकर जीवन बााचिरहेकी छिन् । क्रिश्चियन पाष्टरहरुमा पनि इशामसिहको आलोचना सुन्ने धैर्य रहादैन । धार्मिक कट्टरताको मामलामा अपेक्षाकृत सहिष्णु त हिन्दूधर्मालम्बीहरु नै रहन्छन् भन्दा फरक पर्दैन । तैपनि कहिलेकाहीा कसैकसैमा भने धार्मिक ग्रन्थहरुमा उल्लेख भएका प्रसंगहरुको बारेमा नकारात्मक टीकाटिप्पणी सुन्न नसक्ने स्वभावको मसिनो झलक दृष्टिगोचर हुन्छ ।

 
नीतिले भन्छ, “सत्यम् ब्रुयात्, प्रियम् ब्रुयात्, न बु्रयात् सत्यम् अप्रियम् ।” अर्थात् सत्य बोल, मीठो बोल, तर कसैलाई नमीठो लाग्ने सत्य पनि नबोल । हो, यो नीतिवचनको व्यवहारमा खुब ख्याल गर्नुपर्ने हुन्छ । राम्रै आशय राखेर भन्न खोजेको कुराको पनि शब्दचयनमा अलिकति तलमाथि पर्न गयो भने परिणाम अप्रिय हुनसक्छ भन्ने कुरातिर ख्याल गर्नुपर्ने हुन्छ । समानार्थी शब्दहरुमध्ये कुनै कर्णप्रिय हुन्छ, कुनै अप्रिय जस्तो लाग्ने हुन्छ । “बाबुकी जोई” र “आमा” समानार्थी शब्दहरु नै हुन् तर आमाप्रतिको आदरभावको त कुरै नगरौं आत्मीयता र प्रेमभाव “बाबुकी जोई”ले किमार्थ अभिव्यक्त गर्दैन ।

 
९८५–७६२३७६१ ! मेरो मोबाइल रेकर्डले एकै दिनमा पााच पटक यो नम्बरको उपस्थितिको संकेत गर्‍यो । सायद, मोबाइल कतै कुनातिर परेको हुादो हो र मेरो श्रवण क्षमताले सङ्केत घण्टी (रिङ्गटोन) समात्न नसकेको होला । नम्बर अपरिचित थियो तैपनि पटक–पटक फोन गरिएको हुनाले कुनै जरुरी कुरा पो थियो होला कि भन्ने लाग्नु स्वाभाविक थियो । कलब्याक गर्ने तरखरमै थिएा फोनको घण्टी फेरि बज्यो । अपरिचित नम्बरबाट आउने फोनकल पर्वत, मल्लाज घरबास रहेका “मुकुन्द पौडेल”को रहेछ । पौडेलजी अवश्य पूर्वचिनजानको मानिस हुनुपर्छ । तर दुर्भाग्य त्यति बेलासम्ममा मेरो स्मरणमा मुकुन्दको कुनै परिचय सञ्चित छैन । मुकुन्दजीसाग मेरो पुरानै परिचय थियो भने पनि मैले पूरै बिर्सेको रहेछु । गधापच्चिसे उमेरदेखि नै “विस्मृति”को समस्याले मलाई सताउन थालेको हो । जेष्ठ नागरिकमा नाम दर्ता हुने दिन पनि नजिकिन थालिसकेको वर्तमान अवस्थामा त्यो अवस्था झन् वदत्तर हुुनु अस्वाभाविक होइन । मुकुन्द पौडेलको नाउा, गाउा र अनुहार समेत मेरो स्मरणबाट गायब भएको छ भन्न मैले लाज मान्नुको कुनै अर्थ थिएन । यस्तो अवस्थामा मेरो यो दीर्घ समस्याका लागि मुकुन्दजीसाग क्षमा याचना गर्नुको विकल्प मसाग थिएन ।

 
म्याग्दी, बेनीबाट प्रकाशित हुने ‘नवविकल्प’ साप्ताहिकमा छापिएको मेरो एउटा लेखोटमा परेको “..परम्परागत (वैदिक) कुसंस्कार….” भन्ने वाक्यांश बेठीक भयो कि भन्ने गुनासो मुकुन्द सरको रहेछ । अवश्य शब्दचयन गर्ने सावधानी अपनाएको भए “कुसंस्कार” को भाव अभिव्यक्त गर्नका निमित्त अन्यान्य शब्द शब्दावलीको प्रयोग गर्न सकिन्थ्यो । अवश्य नेपाली भाषा अपेक्षाकृत गरीब नै छ तापनि यति सामान्य विषयको भाव अभिव्यक्त गर्नका लागि शब्दहरुको खााचो छ जस्तो लाग्दैन । पहिलो कुरा त शब्द छनोटको असावधानी नै हो । दोस्रो कुरा पत्रिकाले उपलब्ध गराउने स्पेशले पनि अर्थ राख्छ । पाठकलाई जानकारी दिने लोभ संवरण गर्न पनि नसकिने र ठाउा धेरै ओगट्न पाउने सुविधा पनि नहुने भएको हुनाले कहिलेकाहीा भन्न मन लागेको कुरा मन फुकाएर विस्तृत व्याख्या गर्न पाइादैन पनि । त्यही चेपुवामा परेर संक्षिप्त हुन खोज्दा कैयौं भद्रभलाद्मीहरुको चित्त दुख्नेगरी शब्दहरुको प्रयोग भइदिन जान्छ । मुुकुन्दजीलगायत वैदिक संस्कार संस्कृतिप्रति अगाध आस्था सम्मान राख्ने बन्धुहरु सबैसाग एकमुष्ट क्षमायाचना गर्दै मेरो लेखाइको आशय वैदिक संस्कारप्रति अनास्था फैलाउने होइन र कुसंस्कारको प्रयोग विशुद्ध रुपमा “गलत परम्परा” को अर्थमा गरिएको हो भन्नुबाहेक अरु मैले गर्न सक्ने केही थिएन । शब्दचयनको मेरो असावधानीबाट मित्रहरुलाई पर्न गएको मर्काप्रति दु:ख व्यक्त गर्नु र क्षमा माग्नुभन्दा अरु विकल्प मसाग थिएन ।

 
नेपाली समाजमा एउटा सुन्दर टुक्का प्रचलनमा छ–“सबै चम्कने वस्तुहरु सुन हुादैनन् र सुन पनि सम्पूर्ण शुद्ध हुादैन ।” हरेक वस्तु र विषयका सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन् । अवश्य, वेद एउटा सुसंस्कृत समाजको गौरवपूर्ण अभिलेख हो । ज्ञानगुनको दृष्टिले वेदशास्त्रको तुलनामा त्यो कालखण्डमा विश्वको अन्य कुनै पनि लिखत आउादैन । तर कुरो समयको हो । वेद इशापूर्व १५००–१००० भित्र कतै लेखिएको हो भनेर मानिन्छ । तत्कालीन समयमा विश्वको अन्य कुनै कुनामा पनि त्यो स्तरको लेख्य साहित्य सिर्जना भएको फेला पर्दैन । तर बिर्सन नमिल्ने कुरा कति मात्रै हो भने वेद मान्छेकै सिर्जना हो । मानवसमाज निरन्तर प्रगतिउन्मुख छ, गतिशील छ । वेदमा लेखियो भन्दैमा त्यो अकाट्य हुन्छ र एक्काइसौं शताब्दीसम्म त्यो निर्विवाद र अनिन्द्य रहन्छ भनेर मान्न सकिादैन । मान्छे विवेकशील प्राणी हो । असल खराबको छानबिन गर्ने बुद्धि मान्छेमा रहेकै कारणले मानवसमाज यति धेरै अगाडि जान सकेको हो । वेद तुलनात्मक रुपमा राम्रो छ तर मानवसमाजको निरन्तर उध्र्वगामी चेतनालाई दिग्दर्शन गर्ने सम्पूर्णता वेदमै खोज्नु मूर्खता ठहर्छ । वेदको अन्धसमर्थन गर्नु जडता हो । वेदको आलोचनात्मक अध्ययन गर्ने हो भने वेदकालीन समाजमा कैयौं गलत परम्पराहरु अभ्यासमा रहेको प्रमाण फेला पर्छ । राम्रोलाई राम्रो र गलतलाई गलत भनिएन भने मानिसले अतुलनीय र विलक्षण विवेकरुपी वरदान पाउनुको कुनै अर्थ रहादैन ।

 
वेदकालीन समाजले “जुवा”लाई मनोरञ्जनको एउटा साधनको रुपमा अङ्गिकार गरेको छ । जुवाको खाललाई “सभा” र जुवाडेलाई “सभास्थाणु” को सम्मान दिएको छ । (यजु–३०/१८) । ऋग्वेदमा जुवाडेलाई “सेनानीर्महतोगणस्य” भनेर मान दिइएको छ । (ऋग्वेद १०/३४/१२) । जुवामा श्रीमती समेत श्रीसम्पत्ति हारेको प्रसंगहरु वेदमा स्पष्ट उल्लेख भएका छन् । वेदकालीन समाजमा वेश्यावृत्तिले पनि मान्यता पाएको देखिन्छ । (ऋग्वेद–१/१६७/४,५,६) । वेदकालीन समाजमा बहुपतिप्रथा पनि अभ्यासमा रहेको भेटिन्छ (ऋ.–८/२९/८।) । ऋग्वेदको पुरुषसुक्तमा वर्णविभाजन (जातविभाजन)को कुरा उल्लेख भएको छ । अर्थात् जातिभेदको बीजारोपण वेदकालीन समाजकै देन हो । जन्म र जातिका आधारमा मानिसहरुका बीच गरिने विभेदलाई असल परम्परा भनेर आजको सभ्य समाजले मान्न सक्तैन ।
मेरो नितान्त निजी विचारकै कुरा गर्ने हो भने “यज्ञ” गर्ने परम्परा पनि गलत हो । मान्छेले आफ्नो शक्तिसामथ्र्यभन्दा बाहिरको कुरालाई विशेष मान्यो, त्यस्तो अदृश्य शक्तिलाई देवता बनायो, उसको प्रार्थना गर्‍यो, चाकडी चाप्लुसी गर्‍यो । पूजा र पुकारा गर्न सुरु गर्‍यो । त्यसै सन्दर्भमा आफूले प्राप्त गरेको सर्वोत्तम वस्तु देवतालाई चढाउने परम्परा बसाल्यो । वेदकालीन समाजले सबैभन्दा पहिले देवताको रुपमा मान्न थालेका अग्निलाई हो भन्ने कुरा ऋग्वेदबाट स्पष्ट जानकारी मिल्छ । सबैभन्दा जेठो लेख्य ग्रन्थ ऋग्वेदलाई मानिन्छ र ऋग्वेदको सबैभन्दा पहिलो ऋचाका द्रष्टा विश्वामित्रका छोरा मधुच्छन्दा ऋषि रहेका छन् । ऋग्वेदको पहिलो मण्डलको एकदेखि दशसम्मका सबै ऋचाहरु अग्नि देवतासाग सम्बन्धित छन् ।

 
स्पष्ट छ आगोमा राख्दा जुनसकै वस्तुको पनि पूर्वरुप विनष्ट भएर खरानीमा रुपान्तरण हुन्छ । त्यही जैविक प्रक्रियालाई आफूले चढाएको वस्तु देवताले प्रत्यक्ष उपभोग गरेको मान्यता वेदकालीन समाजले बनाएको हो । कालक्रममा सूर्य, वायु, जल, वरुण, रुद्र, इन्द्र, विष्णु आदि देवताहरुको आविष्कार भयो तर मान्छेले अर्पण गरेको वस्तु अग्निले झौ अरु देवताले प्रत्यक्ष ग्रहण गरेनन्, गर्न सकेनन् । गर्न सक्ने कुरै थिएन । त्यसैले बहुदेवताको अवधारणा विकसित भएपछि अग्निलाई सबै देवताहरुको “जिब्रो”को रुपमा कल्पना गरियो । सबै देवताहरुले मान्छेहरुद्वारा समर्पित वस्तु अग्निरुपी जिब्रोद्वारा चाट्छन् (ग्रहण गर्छन्) भन्ने मान्यताको विकास भयो । यसरी सबै देवतालाई वस्तु चढाउन सानो ठूलो यज्ञ (अग्निकुण्ड)को व्यवस्था गर्ने परम्परा बसेको हो । यज्ञ मानिसहरुको आदिम चेतनाको प्रतीक हो । यज्ञद्वारा देवतालाई तृप्ति मिल्छ भन्नु बिल्कुल भ्रान्त धारणा हो, प्रारम्भिक चेतना हो । पौराणिक कालमा पश्चिमा समाजमा पनि यज्ञको चलन थियो । सभ्यताको विकाससागै त्यो परम्परा हरायो । नासियो ।

 
समाजहित प्रतिकूलका कुराहरु मानवका लागि त्याज्य मानिन्छन् । वेश्यावृत्ति, जुवा, बहुपतिप्रथा, जातिभेद जस्ता विषयहरु अवश्य त्याज्य छन् । कुनै विषय ग्रहणयोग्य नमानिनुको अर्थ त्यो गलत हो भन्नु हो । चोरी त भगवान्ले गरे पनि खराबै मानिन्छ । वेदकालीन समाजले अभ्यास गरेका चलन परम्पराहरु पनि गलत छन् भने तिनलाई गलत नै हुन् भन्न किन कञ्जुस्याइा गर्नु हुादैन । वेदमा परेको कुरा हो भन्दैमा जुवालाई राम्रो र अनुकरणीय वा अनिन्द्य परम्परा भन्न मिल्दैन । रह्यो कुरा “कु” को प्रयोगको । “कु” खराब वा गलतको भावाव्यक्तिका लागि प्रयुक्त हुने विसर्ग हो । जुवा, वेश्यावृत्ति, बहुपति विवाह जस्ता परम्पराहरुलाई वेदकालीन समाजका उपज हु्न् भन्दैमा “सु” लगाउन मिल्दैन । जति मीठा, जति शिष्ट र जति सभ्य शब्दहरुको प्रयोग गरे पनि आखिर ती त कुसंस्कार, कुपरम्परा र कुप्रचलन नै त हुन् नि । होइन र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here