भेषराज पन्थी, कामु सिइओ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
पूख्र्यौली घर गुल्मी भई हाल कपिलवस्तुको तौलिहवाका स्थायी बासिन्दा भेषराज पन्थी हाल राष्ट्रिय वाणिज्य बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत( सिइओ)का रुपमा कार्यरत छन् । वि. सं. २०४२ सालबाट पााचाौ तहको अधिकारीका रुपमा वाणिज्य बैंकबाट सेवा सुरु गरेका उनले विभिन्न तहमा बढुवा हुादै वाणिज्य बैंकमा विभिन्न शाखाको प्रबन्धक देखि विभिन्न विभागको जिम्मेवारी समेत सम्हालिसेका छन् । पन्थीले गत पुस देखि तत्कालिन सिइओ कृष्ण शर्माले उमेर हदका कारण अवकाश पाएपछि कामु सिईओको जिम्मेवारी सम्हालिरहेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण जिम्मेवारी सम्हालेका उनै पन्थीसाग स्वाभिमान नेपालले भूकम्प र नाकाबन्दीको असर, भूकम्प पिडितलाई दिने भनिएको न्युन ब्याजदरको ऋणप्रवाह र बैंकको हालको अवस्थाका बारेमा गरिएको कुराकानीको सार :
बैशाखमा गएको विनाशकारी भूकम्प पश्चात नेपालका बैंकहरु नराम्रोसाग प्रभावित हुने अनुमान गरिएको थियो, त्यस लगत्तै भारतीय नाकाबन्दी पनि सुरु भएको छ । यसको असर बैंकिङ क्षेत्रमा कस्तो परिरहेको छ ?
हो सहि कुरा उठाउनु भयो । भूकम्प लगत्तै यसको प्रत्यक्ष असर बैकिङ क्षेत्रमा पर्छ भन्ने अनुमान गरिएको थियो । त्यस लगत्तै छिमेकी मुलुकले नाकाबन्दी समेत गरिरहेको छ । यसले गर्दा आयात निर्यात सहज हुन सकिरहेको छैन । जसले गर्दा व्यापार व्यवसायमा पनि असर परिरहेको छ । यसको असर बैंकिङ क्षेत्रमा पनि पर्नु स्वभाविक नै हो । तर राष्ट्रिय वाणिज्य बैंक देखि अन्य बैंकहरुले असोजमा प्रकाशित गरेको पहिलो त्रैमासिक रिपोर्टमा भूकम्पको असर पर्ने अनुमान विपरित बैंकहरुको अवस्था राम्रै पाइएको छ । त्यसपछि भारतीय नाकाबन्दी सुरु भएपछि पनि बैंकहरुले दोस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गरिसकेका छन् । दोस्रो त्रैमासिक रिपोर्टमा पनि बैंकहरुको अवस्था सामान्य नै देखिएको छ । अर्थात बैंकहरुले लगानी बढाउनुपर्ने, ठूला आयोजनामा भूकम्पका कारण परेको क्षतिका कारण बैंकहरुको लगानी डुब्नसक्ने तथा ऋण तथा किस्ता बुझाउने कुरामा पनि कमि आउने अनुमान गरिएको थियो । यसले बैंकहरु समस्यामा पर्न सक्ने सम्भावना औल्याइएको थियो । तर हालसम्मका रिपोर्ट हेर्दा विगतमा गरिएका अनुमानहरु गलत सावित भएका छन् ।
भूकम्पपछि राष्ट्रबैंकले भुकम्प पिडितहरुलाई सस्तो ब्याजमा ऋण दिन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो ।
एकैपटक ऋण प्रवाह गर्दा बैंकहरुमा नगद समस्यामा हुन सक्ने अनुमान पनि गरिएको थियो । अहिले त्यस्तो अवस्था छ कि छैन ?
सुरुमा ठूलो संख्यामा भूकम्प पिडितहरुलाई ऋण उपलब्ध गराउने देखि पुन निर्माणमा समेत लगानी गनुपर्ने तथा बैंकहरुले लगानी गरेका ठूला आयोजनामा समेत भूकम्पले क्षति पुर्याएकाले बैंकहरु आफै पनि समस्यामा पर्ने भएकाले समस्या हुनसक्ने अनुमान गरिएको थियो । उद्योग कलकारखानामा पनि बैंकहरुले लगानी गर्नुपर्ने दायित्व थियो । भूकम्प पछि लगत्तै भारतीय नाकाबन्दी सुरु भयो जसले गर्दा आयात निर्यात ठप्प भयो । उद्योग कलकारखाना बन्द भए जसले गर्दा व्यापार व्यवसाय तथा उद्योग कलकारखानामा लगानी हुन सकेन । अर्काे तर्फ भूकम्प लगत्तै जसरी बैंकले ऋण प्रवाह गर्नुपर्ने अनुमान गरिएको थियो त्यस अनुसार ऋण प्रवाह गर्नुपर्ने अवस्था नभएकाले बैंकहरुमा रकम थुप्रिएर बसेको छ । यसले बैंकहरुमा तरलताको अवस्था बढेको छ । बरु तरलताका कारण अन्तरबैंक ब्याज नगन्य अर्थात झण्डै शुन्य दशमलव २५ प्रशितमा झरेको छ ।
यसको मतलब भूकम्प लगत्तै बैंकहरुलाई सस्तो ब्याजदरमा पिडितहरुलाई ऋण उपलब्ध गराउन राष्ट्रबैंकले दिएको निर्देशन कार्यान्वयन नभएको भन्न खोज्नुभएको हो ?
कार्यान्वयन नभएको होइन बरु भूकम्प पिडितहरु सस्तो ब्याजमा दिने भनेको ऋण लिन अपेक्षाकृत नआएका हुन् । बैंकहरुलाई सस्तो ब्याजदरमा भूकम्प पिडितहरुलाई ऋण प्रवाह गर्न निर्देशन दिएपछि भूकम्प पिडितहरु ऋण लिन आउछन् र यसले गर्दा ठूलो परिमाणमा ऋण प्रवाह हुन्छ भन्ने अनुमान विपरित पिडितहरु ऋण लिन नै नआउने प्रवृत्ति देखिएको छ । बैंकहरु त प्रकृया पुराएर आएमा ऋण दिन तयार छन् । तर ऋण लिनका लागि पिडितहरु नै नआएकाले बैंकहरुले जबरजस्ती ऋण प्रवाह गर्ने कुरा हुादैन ।
भूकम्प पिडितहरुलाई ऋण दिादा बैंकहरुले लामो र झन्झटीलो प्रक्रिया लगाइदिने गरेकाले पिडितहरु बैंकको ऋण लिन नजाने गरेको पनि आरोप लाग्छ नि ?
बैंकहरु भूकम्प पिडितलाई सस्तो व्याजमा ऋण प्रवाह गर्न तयार छन् । तर दिने भन्दैमा प्रकृया वा मापदण्ड पुरा नगरि ऋण दिने कुरा हुादैन । अर्काे तर्फ पिडितहरुले सस्तो ब्याजदरको ऋण नलुनका पछाडी अरु नै कारणहरु पनि छन् । जस्तो अहिलेसम्म पनि भूकम्प पिडितहरुले सरकार वा पुन निर्माण प्राधिकरणले पिडितहरुलाई अनुदान सहयोग गर्छ वा अन्य निकायहरुले आर्थिक सहयोग गर्छन कि भन्ने भ्रम परिरहेको छ । विदेशी दाताहरुले भूकम्प पिडित र पुन निर्माणका लागि सहयोग गरिरहेको र त्यसबाट सरकार वा विभिन्न निकायहरुले आफूहरुलाई सहयोग गर्ने पिडितहरुको आशा छ । त्यसैले उनीहरु सकेसम्म ऋण लिन ढिलो गरिरहेका छन् । सरकारले सहयोग पाएसम्म ऋणको झमेलामा पर्न नहुने मानसिकता पिडितमा रहेकाले उनीहरु सस्तो व्याजको ऋणतर्फ ध्यान नै दिदैनन् । यसले गर्दा बैंकहरुले अनुमान गरेअनुसार ऋण प्रवाह गर्नुपरेको छैन । यसमा बैंकहरुको कुनै दोष छैन । प्रक्रिया पुरा गरेर आएका पिडितहरुलाई बैंकले लोन नदिएको भन्ने छैन । बैंकहरु त्यस्तो गर्दा पनि गर्दैनन ।
भूकम्प तथा भारतीय नाकाबन्दीबाट प्रभावित उद्योगी तथा व्यवसायीहरुले पनि आफ्नो उद्योग व्यवसाय सञ्चालनका लागि बैंकहरुबाट सस्तो दरमा ब्याज पाउने व्यवस्था मिलाउन सरकारसाग आग्रह गरेका छन् । यसका लािग बैंकले के योजना बनाएको छ ?
पछिल्लो समय बैंकमा तरलता बढेकाले यसै पनि बैंकको ब्याज घटिरहेको छ । त्यसमाथि नाकाबन्दीबाट समस्यामा परेको नीजि क्षेत्रलाई सहयोग गर्न, व्यवसायिकरण गर्न र युवाहरुलाई आफ्नो स्थानीय व्यवसायमा परिचालन गर्नका लागि एक करोडसम्मको ऋणमा पााच प्रतिशतसम्म ब्याज लिने ब्यवस्था बैंकले गरेको छ । त्यसैले उद्योगी व्यवसायीहरुलाई सहयोग गर्नकै लागि यस्तो सहुलियत ब्याजको व्यवस्था गरिएको हो । जहाासम्म भूकम्पबाट प्रभावित उद्योग व्यवसायको कुरा छ त्यसका लागि प्रभावित प्रत्यक उद्योगी व्यवायीलाई व्यक्तिगत ढंगले नै सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसका लागि सरकार र बैंकहरुले समेत सस्तो ब्याजमा ऋण दिने कुराहरु भइरहेकै छ ।
अब अलिकति प्रशंग बदलौा, हाल वाणिज्य बैंकहरु धमाधम मर्जरमा गईरहेका छन्, राष्ट्रिय बैंकको अवस्था कस्तो छ ?
हाल ५१ औ वर्षमा चलिरहेको वाणिज्य बैंक २०६० सालतिर निकै खराब स्थितिबाट गुज्रिरहेको थियो । तर हालसम्म आइपुग्दा बैंकले निकै राम्रो सुधार गरिरहेको छ । २०६० सालमा झण्डै ६० अर्ब घाटामा रहेको बैंक हाल एक अर्बमात्र घाटामा छ । उक्त घाटालाई पनि आउादो असारसम्म ऋण मुक्त गर्ने लक्ष्य रहेको छ । त्यस्तै बैंकसाग हाल एक सय २८ अर्ब डिपोजिट रकम रहेको छ । त्यस्तै ७८ अर्ब कर्जा समेत रहेको छ । त्यस्तै बैंकको आठ अर्ब ५८ करोड पुाजी रहेको छ । यी विभिन्न इन्डिकेटरले बैंकको अवस्था मजबुत रहेको र राष्ट्रबैंकले तोकेको मापदण्ड अनुरुप नै रहेको भन्न सकिन्छ ।
बैंकका आगामी दिनका लक्ष्यहरु के के रहेका छन् ?
बैंकलाई उत्कृष्ट बैंकका रुपमा स्थापित गर्नका लागि बजारमा रहेका उत्कृष्ट जनशक्तिलाई भित्र्याउने बैंकको पहिलो काम हुनेछ । त्यस्तै वाणिज्य बैंकलाई अन्य बैंकहरुको अगुवा बैंक बनाउने र स्थापित र मजबुत बैंक बनाउने देखि सबैक्षेत्रमा बैंकिङ र फाइनान्सियल सुविधा पुर्याउने लगाएतका कहियाौ कामहरु गर्नुपर्ने आवश्यकता छ । यस्ता कुराहरुमा बैंकले महत्वपूर्ण उपलब्धी हासिल गर्नुपर्ने लक्ष्यसाग चुनौतिहरु राष्ट्रिय वाणिज्य बैंक सामु रहेका छन् ।