भारतका सफल गुप्तचर अधिकारी जो नेपाल मामिलामा असफल देखिए

218

अजित डोभाल भारतका एक सफल इन्टेलिजेन्स अधिकारीको नाम हो । सन् २००४/०५ मा भारतीय इन्टेलिजेन्स ब्यूरो (आईबी) का निर्देशक समेत रहेका डोभालले गुप्तचर अधिकारीका रुपमा असम्भव कामलाई सम्भव बनाएर देखाउनेदेखि उनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको भारतमा निकै प्रशंसा समेत हुने गर्छ । हाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका सुरक्षा सल्लाहकारका रुपमा कार्यरत उनै डोभाल नेपाल मामिलामा भने असफल भएको भन्दै चौतर्फी आलोचित बनिरहेका छन् । बीबीसी हिन्दीका लागि रेहान फजलले डोभालको विगत र हाल नेपाल मामिलालगायतमा उनले भोग्नुपरेको असफलतालाई समेटेर तयार पारेको सामग्रीलाई हामीले हाम्रा पाठकहरुसामु प्रस्तुत गरेका छौा ।

 
डोभालले गरेका केही महत्वपूर्ण कामहरु :
सन् १९८८ मा अमृतसरको स्वर्णमन्दिरमा रिक्सावालाको भेषमा पसेर खालिस्थानी पृथक्तावादीहरुका खुफिया जानकारी बाहिर ल्याएर उनीहरुका विरुद्ध गरिएको अप्रेशनमा सुरक्षा निकायलाई महत्वपूर्ण जानकारी दिनेदेखि ८० को दशकमा मिजोरममा पृथक्तावादीहरुका शीर्ष नेताहरुलाई हतियारसहित आत्मसमर्पण गराएर परिस्थिति सामान्य बनाउनका लागि उनले खेलेको भूमिकालाई निकै महत्वका साथ हेरिन्छ ।

 
डोभालको मातहतमा रहेर काम गरेका अधिकारीहरु आफूहरुसाग कुनै ड्रेस नरहेको र सामान्य कुर्ता पाइजामा र लुंगी तथा चप्पल लगाएर जासुसीको काम गरेको जनाउाछन् । उनीहरुले सीमा क्षेत्रमा जासुसीका लागि जानुभन्दा पहिले दाढी पाल्नेदेखि ‘अन्डरकभर’ रहन सिक्नका लागि जुत्ता बनाउने काम समेत सिक्ने गरेको जनाउाछन् । यसले सम्बन्धित क्षेत्रबाट खुफिया जानकारी संकलनका लागि सहयोग मिल्ने गरेको उनीहरुको भनाइ छ ।

 
डोभाल आफौ पनि सात वर्ष मुस्लिमको भेषमा पाकिस्तानमा बसेका थिए । तर त्यहाा ‘अन्डरकभर’ एजेन्टको रुपमा नभएर भारतीय उच्चायोगमा उनको पोष्टिङ थियो । तर पनि उनले त्यहाा ‘अन्डरकभर’ एजेन्टले जस्तै खुफिया जानकारीहरु संकलन गर्दै हिाडेका थिए । डोभालले ९० को दशकमा कश्मीरका खतरनाक अलगाववादी कूका पारेको ब्रेनवाश गरेर काउन्टर विद्रोही बन्नका लागि सहमत गराएको जनाइन्छ । सन् १९९९ को कन्धार विमान अपहरणका बेला तालिवानसाग कुराकानी गर्ने भारतीय अधिकारीमध्ये डोभाल पनि एक थिए । भारतीय गुप्तचर संस्था रअका पूर्वप्रमुख दुलत भन्छन्, ‘कन्धार विमान अपहरणका बेला डोभाल निरन्तर मसाग सम्पर्कमा थिए ।’ डोभालकै कारण अपहरणमा परेका यात्रुहरुलाई छोडाउन सफलता मिलेको दुलतको दाबी छ । अपहरणकारीले भारतीय जेलमा रहेका १०० चरमपन्थीहरुलाई छोड्न आग्रह गरेका थिए तर तीन जना चरमपन्थीहरुलाई छोडेरै अपहरणमा परेका यात्रुहरुलाई मुक्त गराइएको थियो ।

 
डोभालका साथी तथा सीआईएसएफका पूर्व–महानिर्देशक केएम सिंहका अनुसार इन्टेलिजेन्स ब्यूरोमा अपरेशनका मामिलामा डोभालभन्दा सक्षम अधिकारी अरु छैनन् । उनका अनुसार सन् १९७५ मा आईबीमा काम गर्न दिल्ली पुगेका उनले ८० को दशकमा ब्ल्यांकथन्डर अपरेशन सञ्चालन गरेर पञ्जाबको स्थिति सामान्य बनाउन उनले निर्वाह गरेको भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ । त्यति बेला पञ्जाबको स्थिति निकै नाजुक बनेको थियो ।
भारतीय प्रहरीमा सामान्यतया १४–१५ वर्षसम्म काम गरेपछि मेडल प्राप्त हुन्छ । तर डोभाल यस्ता अधिकारी हुन्, जसले मिजोरममा सात वर्ष काम गरेपछि पुलिस मेडल प्राप्त गरेका थिए । त्यस्तै भारतीय सेनामा कीर्तिचक्रलाई निकै ठूलो सम्मानका रुपमा लिइन्छ, जुन सेनाभन्दा बाहिरका अधिकारीलाई दिने प्रचलन हुादैन । तर डोभाल कीर्तिचक्र प्राप्त गर्ने एक मात्र प्रहरी अधिकृत हुन् । सन् २००५ मा अवकाश प्राप्त गरेपछि पनि डोभाल खुफिया क्षेत्रमा निकै सक्रिय थिए । उनले अगस्ट २००५ मा दाऊद इब्राहिममाथि हमला गर्ने योजना समेत बनाएका थिए तर मुम्बई प्रहरीको असहयोगका कारण उनको योजना सफल हुनसकेन । उनकै सक्रियतामा फादर प्रेम कुमारलाई आईएसको नियन्त्रणबाट छुटाउनेदेखि श्रीलंकामा भारतका ६ जना माझीहरुलाई फाासी दिनुभन्दा एक दिन पहिले माफी दिलाउने र भारतको देपसक र देमचोक क्षेत्रमा स्थायी रुपमा रहेका चिनियाा सेनाका क्याम्प हटाउने काम, यी सबैमा डोभालको वाहवाही गरिन्छ ।

 
तर नेपाल मामिलामा भने असफल :
भारतको खुफिया क्षेत्रमा निकै सफल मानिएका डोभाललाई नरेन्द्र मोदीले आफू प्रधानमन्त्री बनेपछि राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरे । उनी सुरक्षा सल्लाहकार बनेपछि उनका अगाडि गृहमन्त्री राजनाथ सिंह तथा विदेशमन्त्री सुष्मा स्वराज समेत फिक्का देखिए तर नेपाल मामिलामा भने उनको जादु चल्न सकेन । हाल मोदी सरकारमा आएपछि नेपालसाग बिग्रिएको सम्बन्ध सुधार गर्न उनको भूमिका प्रभावकारी हुन नसकेको भन्दै भारतीय मिडियामा अहिले उनको चर्काे विरोध सुरु भएको छ । नेपाल मामिलासागै भारतकै नागाल्याण्डमा अलगाववादीहरुसाग कुराकानीका क्रममा उठेका प्रश्न, पाकिस्तानसागको असफल वार्ता तथा हालै भारतको पठानकोटमा भएको आतंकवादी हमलापछि उनीमाथि कैयाौ प्रश्नहरु उठ्न थालेका छन् । भारतीय अंग्रेजी समचारपत्र इन्डियन एक्सप्रेसका सहसम्पादक सुशान्त सिंहका अनुसार पछिल्लो १८ महिनादेखि छिमेकी मुलुकहरुसागको सम्बन्ध सुमधुर हुनसकेको छैन । नेपाल, पाकिस्तान र माल्दिभ्ससागको सम्बन्ध बिग्रनु, यस अवधिमा विभिन्न स्थानमा आतंकवादी हमला हुनुमा डोभाल असफल भएको टिप्पणी हुन थालेको छ । भारतीय विश्लेषक अजय शुक्ल डोभाल आफ्नो समयका सफल गुप्तचर अधिकारी भए पनि अन्य क्षेत्रमा पनि सफल नहुन पनि सक्ने जनाउाछन् । उनी डोभाल गुप्तचर क्षेत्रमा जानकार भए पनि विदेशी सम्बन्ध, कूटनीति र सैनिक अपरेशनमा खासै जानकार नरहेकाले असफलता भोग्नुपरेको जनाउाछन् ।
डोभालमाथि हरेक क्षेत्रमा आफौ उपस्थित भएर समस्याको हेन्डलिङ गर्न खोजेको आरोप पनि लाग्ने गरेको छ । पत्रकार सिंहका अनुसार डोभालले सबै भार आफौले सम्हाल्न खोजेकाले समस्या आएको हो । यसैकारण नेपालसागको सम्बन्ध बिग्रनेदेखि आतंकवादी हमलासम्मका घटना भएको जनाउाछन् । तर डोभालका समर्थकहरु भने डोभालले कैयाौ जिम्मेवारी रहरले नभएर प्रधानमन्त्री मोदीले जिम्मेवारी दिएकाले सम्हाल्नुपरेको जनाउाछन् । डोभालका आलोचकहरु त उनी भाषामा समेत परिष्कृत नभएको आरोप लगाउाछन् । यी विभिन्न कारणले डोभाल नेपाल मामिलामा असफल भएको आरोप लाग्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here