एउटा भैंसीको मूल्य सामान्य कति होला ? धेरै परे करिब एक लाखको हाराहारीमा । भारतको हरियाणामा भने एउटा किसानको भैंसीको मूल्य पौने दुई करोड कायम गरिएको छ ।
हरियाणास्थित भिवानीस्थित गुजरानी गाउामा एक किसानले पालेको भौसीको मूल्य ५६ लाख भारु अर्थात् झण्डै पौने दुइ करोड तय गरिएको छ । हालै आयोजित राष्ट्रिय दूध प्रतियोगितामा २९ किलो ५ सय ग्राम दुध दिएर राष्ट्रिय किर्तिमान राख्न सफल उक्त भौसीको मूल्य अहिलेसम्मकै उच्च कायम भएको हो । यो भौसीका मालिकको नाम हो रामफल । रामफलले आफ्नो यो कालो सुनरूपी भौसीको नाम देवी राखेका छन् । रामफलका अनुसार देवीले अघिल्लो वर्ष २६ किलो ३ सय ग्राम दूध दिएर बनाएको आफ्नै रेकर्ड यो वर्ष २९ किलो ४८३ ग्राम दूध दिएर तोडेको छ । गतवर्ष रामफललाई हरियाणाका मुख्यमन्त्रीले कीर्तिमानी भौसी पालेबापत ५१ हजार भारु पुरस्कार दिएका थिए । आफ्नो भौसीको भाउ गत वर्ष ५६ लाख भारु तोकिएकोमा अहिले त एकज ना मानिसले आफ्नो भौसीबापत एक लग्जरी कार दिन तयार भएको उनले जनाए ।