अहिले यस्तो एउटा समाचार बाहिर आएको छ, जसले सबैलाई आश्चर्यचकित पारिदिएको छ । हालसालै एउटी गर्भवती महिला यति जोडले हासिन् कि उनले तत्कालै गर्भमा रहेको बच्चा जन्माइन् ।
लण्डनको प्लाय माउथ सहरको रोयल लास्ट थियटरमा एउटी गर्भवती महिला क्रिस्टी कमेडी नाटक हेरिरहेकी थिइन् । शो हेर्दाहेर्दै महिला यति जोडले हाासिन् कि उनलाई प्रश्रव पीडा सुरु भयो र बच्चासमेत त्यही जन्मियो । क्रिस्टी क्रिसमसमा आयोजना गरिएको कार्यक्रममा एक्टर लोक वानको कमेडी शो हेरिरहेकी थिइन् । शो यति दमदार थियो कि क्रिस्टीले चाहेर पनि आफ्नो हाासो रोक्न सकिनन् । क्रिस्टी दुई महिनापछि बच्चा जन्माउने तयारीमा थिइन् । अहिले क्रिस्टीको स्वास्थ्य एकदम ठीक रहेको र उनको बच्चाको नाम रुबेन राखिएको छ ।