चन्द्रप्रकाश वानियाा
‘दिएको पनि खान्न, धपाए पनि जान्न, ज्यामरुककोट छोड्दै छोड्दिना ।’ चौबीसे राज्य पर्वतको नेरोफेरोमा लोकप्रचलित कथन हो यो । पर्वतका माहिला राजकुमारलाई जागिरको रूपमा प्राप्त भएको ज्यामरुककोट सामरिक दृष्टिले सम्वेदनशील भएको हुनाले तत्कालीन राजाले समृद्ध, सुन्दर र ठूलो क्षेत्र ताकम सट्टाभर्ना लिएर ज्यामरुककोट छोडिदिन गरेको आग्रह नमानिदिनाले जागिर मात्रै खोसिएको होइन, उनको वंश नै उन्मूलन हुने गरी हत्याकाण्ड निम्तिएको थियो रे । हाम्रा प्रधानमन्त्रीले पनि दुरस्त त्यस्तै गरी ‘भारत छोडेर पहिले चीनको भ्रमण पनि गर्दिना, नाका नखुलेसम्म भारत पनि जान्ना’ भनेर जिद्दी गरेको हुनाले नाका खुल्यो । उनको मन राखिदिनका लागि मात्रै भए पनि नाका नखोली नहुने अप्ठेरो भारतलाई पर्न गयो । भित्री रूपमा भएको लेनदेन के हो भन्ने कुरा नबुझेको नेपाली सोझो समाज भने हाम्रो प्रधानमन्त्रीको ढिपीका अगाडि भारतले घुाडा टेक्यो भन्ने भ्रममा दङ्गदास परेको छ । तर यस पटक प्रदर्शन गरिएको सरकारी राष्ट्रवादले अवश्य पनि महङ्गो मूल्य चुकाएको होला भन्न धक मान्नुपर्छ जस्तो लाग्दैन ।
नेताहरू एकअर्काका मुुलुकमा आउजाउ गर्दै रहन्छन् । भारतीय प्रधानमन्त्री मोदी पनि दुई–दुई पटक नेपाल आएकै हुन् । हाम्रा प्रधानमन्त्री पनि भारत जानु कुनै अनौठो घटना होइन । उच्चस्तरीय भ्रमणको आदानप्रदान सामान्य औपचारिकता हो । त्यसैले प्रधानमन्त्रीको भारत भ्रमणप्रति मुलुकबासीमा कुनै असन्तोष र गुनासो रहने कुरै भएन । डर कति मात्रै हो भने जिद्दी गरेर निम्तो माग्ने प्रमले कुस्त कोशेली बुझाएर पो फर्किने हुन् कि ? अगुल्टोले डामिएको के जाति बिजुली चम्कादा तर्सन्छ । महाकाली सन्धि गर्ने बेलामा हाम्रा वर्तमान राष्ट्रवादी प्रमले निर्वाह गरेको खलनायकी र राष्ट्रघाती भूमिका नेपालीले बिर्सिसकेका छैनन् । सुस्ता र कालापानीमा मिचिएको सीमाले पनि उनको पाषाण हृदयलाई रत्तिभर छुादैनथ्यो भन्ने कुरा पनि सबैले जानेबुझैकै हुन् । ‘दुई/चार गज वा दुई/चार विघा जमिन यताउता हुादा मुलुकलाई कुनै फरक पर्दैन’ भन्ने जस्ता भनाइले जनजनका मनमा शंका उब्जाउनु स्वाभाविक थियो । व्यक्तिगत हिसाबले उनले प्राप्त गरेको लाभहानिको थोरै मात्र पनि जानकारी राख्नेहरूले उनको दक्षिणभक्तिलाई स्वाभाविक कृतज्ञताको रूपमा बुझ्ने गरेकै हुन् । त्यसैले होला जति नै चर्को आवाजमा राष्ट्रवादको भजन गाए पनि प्रधानमन्त्रीप्रति मुलुक आश्वस्त हुन सकिरहेको छैन ।
‘मित लगाउने, टाउको जोर्ने तर निधारमा टुटुल्को उठ्नबाट जोगिने’ भनेर भ्रमणप्रति जनतालाई आश्वस्त बनाउन खोजे पनि पत्याउन भने गाह्रो छ । हो, उनले दिल्लीमा पुगेर दुनियााको आाखा पर्ने गरी मोदीको हातमा कोशेली थपक्क राखिदिने मूर्खता भने गर्ने छैनन् । ‘मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीतकै शैलीमा रडाको मच्चाएर प्राप्त गरेको निम्तो मान्न विल्कुल रित्तो हात लिएर भारत जानेछन् भनेर पत्याउन पनि सकिादैन । अवश्य केही न केही अति नै मूल्यवान्, मित्रलाई चौपट्टै मनपर्ने, देख्दैमा मनखुसी हुने, कुाडिएकाको मन पलाउने र मित्रतामा उत्पन्न तिक्तता पनि मेटिनेखालको अब्बल जिनीस हाम्रा प्रमले भारतीय प्रधानमन्त्रीको हातमा थमाउनेछन् । चानचुने वस्तुले मोदीको कठोर मन पग्लिने छैन भन्ने कुराको ख्याल गरेरै कोशेली तयार गरिएको हुनुपर्छ । अवश्य त्यस्तो तयारी भएको छ । शंका गर्नै पर्दैन ।
यसपटक मित्र मोदीलाई पाहुरको रूपमा के टक्र्याइएला भनेर धेरै माथापच्ची गर्नु पर्दैन । भारतलाई नेपालले दिनसक्ने त्यति धेरै कुराहरू छैनन् । त्यसैले असली कोशेलीको अनुमान गर्न गाह्रो पर्दैन । विधानसभाको निर्वाचनको बेलामा गाउा–सहर जताततैका सभासमारोहहरूमा आफूले नेपालमा जलविद्युत् योजनाहरूको जग हालिसकेको हुनाले अब स्वीच थिच्नासाथ सारा विहार झलमल्ल हुनेछ भनेर मोदीले भाषण गर्ने गरेका थिए । अर्थात् मोदीलाई रिझाउने सर्वप्रिय वस्तु भनेको नेपालको जलस्रोत नै हो । महाकालीको पानी कौडीको मूल्यमा भारतलाई सुम्पने कुरामा विशेष भूमिका निर्वाह गर्नेले बााकी नदीनालाहरू उतै बुझाउन आइतबार बार्लान् भन्न सकिन्न ।
यसपटक प्रधानमन्त्रीले प्रदर्शन गरेको नौटङ्कीले उनमा राष्ट्रवाद जागेको भ्रममा उनका समर्थक शुभचिन्तक मात्रै होइन, आलोचकहरू पनि परेका हुन सक्छन् । कमसेकम यसपटक उति बेलाजस्तो राष्ट्रघाती कदम हाकाहाकी उठाउन लाज मान्लान् कि भन्ने अनुमान गर्नु पनि स्वाभाविक हो । हुन पनि दिल्ली जाादा प्रमको व्रिफकेसमा नदीनाला कोचिएको अवश्य हुनेछैन । दिल्लीमा कुनै नयाा सन्धि सम्झौता गरेर फर्कने हिम्मत हुने छैन । तर जे–जे गर्नुपर्ने हो दिल्ली जानुपूर्व यतै गरिसकिनेछ । मालिकका पाउमा नजाराना चढाउने कुराको बन्दोबस्त यतै भइसकेको हुनेछ । अझ यसो भन्न सकिन्छ कि नयाा सरकार गठन हुनासाथ कोशेली तयार गर्ने अभियान सुरु भइसकेको थियो । हाम्रो नजरमा नपरेको मात्र हो ।
हो, विगत आठ दश वर्षयता नेपालीहरूलाई लोडसेडिङ्गले नराम्रोसाग सताएको छ । जे जजरी भए पनि लोडसेडिङ समाप्त गर्ने व्यवस्था सरकारले गरिदिए हुन्थ्यो भन्ने आम जनताको इच्छा, चाहना र कामना रहादै आएको छ । हालसालै बिजुली मन्त्रीले देशमा विद्युत् संकटकाल लगाउने तयारी भइरहेको कुरा सार्वजनिक गरेका छन् । विद्युत् मन्त्रालयले तयारी गरिरहेको त्यही संकटकालभित्र महान् मित्र भारतलाई दिइने कोशेलीको पोको लुकेको छ । हुन त अघिल्ला सरकारहरूले नै नेपालका नदीनालाहरू भारतको पोल्टामा हालिदिएका हुन् । अप्ठेरो परेको कुरा अर्थात् लाजलपूर्जा पाएर पनि खनजोत र उपभोग गर्न नपाएको स्थानीय जनताको विरोधको कारणले थियो । कर्णाली नदी एउटालाई उदाहरणका रूपमा लिन सकिन्छ । बकाइदा ९०० मेघावाटको कर्णाली आयोजना भारतीय कम्पनीलाई दिइएको छ । स्थानीय जनता र कर्णाली बचाऊ अभियानमा लागेका जागरुक अभियन्ताहरूका कारणले परियोजना अवरुद्ध भएको छ । विद्युत् सङ्कटकाल लगाउनुको अर्थ आयोजना निर्माणस्थलाई सेनाको संरक्षण प्रदान गर्ने र निषेधित क्षेत्र घोषणा गर्नु हो । सम्झौता भए पनि आजसम्म काम सुरु गर्न नसकेको भारतीय कम्पनीलाई कर्णाली योजना निर्विघ्नतापूर्वक सुरु गर्ने वातावरण यसरी मिलाइादै छ । प्रधानमन्त्री भारतमा हुनेछन् । यता विद्युत् मन्त्रालयले संकटकालको घोषणा गर्नेछ । उता दिल्लीमा दुवै मित्रहरूले हर्षबढाइा गर्नेछन्, भोजभतेर गर्नेछन् । भेटीका रूपमा मोदीले सर्वप्रिय वस्तु प्राप्त गर्नेछन् र हाम्रा प्रधानमन्त्रीको राष्ट्रवाद अलिकता मैलो हुन पनि पाउनेछैन ।