धुर्मुस–सुन्तलीको सहयोगले मुसहर बस्तीका बालबालिका पढ्न थाले

330

काठमाडौं/ पछिल्लो समय हास्यकलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरे ‘धुर्मुस–सुन्तली’ समाजसेवामा सक्रिय छन् । भूकम्प आएलगत्तै समाजसेवामा जुटेका उनीहरूकै कारणले अहिले महोत्तरीको बर्दिवासस्थित पिछडिएको मुसहर बस्तीका बालबालिकाहरू पढाइमा व्यस्त हुन थालेका छन् ।

 
पूर्व–पश्चिम राजमार्ग सरसफाइका क्रममा उनीहरू एक स्थानीय पत्रकारको आग्रहमा महोत्तरीको बर्दिवासस्थित मुसहर बस्ती पुगेका थिए । उनीहरूले मुसहर समुदायमा अशिक्षाका कारण निम्तिएको जटिल समस्या देखे । सो कुरा सञ्चारमाध्यममा आएपछि देशविदेशका केही सहयोगी मनहरूले धुर्मुस–सुन्तलीका माध्यमबाट न्यानो कपडा र समुदायभरमा सबैभन्दा बढी पढेका ११ कक्षामा अध्ययनरत युवक मञ्जे सदालाई प्रोत्साहनस्वरूप पााच हजार रूपैयाा दिएका थिए ।

 
साथै धुर्मस–सुन्तलीले मुसहर समुदायका अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउन र धेरै पढेका मञ्जे सदालाई बालबालिकालाई ट्युसन पढाउन आग्रह गरेका थिए ।

 
धुर्मुस–सुन्तलीको प्रोत्साहनका कारण सदाले अहिले आफ्नो समुदायका बालबालिकालाई ट्युसन पढाउन सुरु गरेका छन् । त्यति मात्र होइन बालबालिकाहरू नियमित विद्यालयसमेत जान थालेको बताइएको छ ।

 
ट्युसनका लागि बर्दिबास जनसेवा अस्पतालले ह्वाइट बोर्ड, मार्कर, डस्टरलगायतका सामग्री सहयोग गरेको छ । करिब ६० घर रहेको यस बस्तीमा गरिबी, अशिक्षा, बालविवाहलगायतका समस्या व्याप्त छन् । सहयोगीको साथ जुटे धुर्मुस–सुन्तलीले मुसहर बस्तीलाई अर्को नमुना बस्ती बनाउने सोच छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here