राजनीतिक फिक्सिङ गर्नेलाई कारबाही होला ?

167

उत्तम आर्याल

 
भारतमा आयोजना भएको १२औं सार्कस्तरीय खेलकुद प्रतियोगिता सागमा नेपालले पुरुषतर्फको फुटबलमा स्वर्ण पदक जित्न सफल भएको छ । फुटबलमा दक्षिण एसियाको महारथि मानिने भारतलाई उसकै भूमिमा हराएर जित निकाल्नु चानचुने कुरा होइन । त्यसमाथि भारतीय फुटबलमा हुने लगानी र नेपाली फुटबलमा हुने लगानीमा पनि आकाश जमिनको फरक रहेको छ । हरेक दृष्टिकोणले उपाधिको लागि दाबेदार मानिएको र खेलको पहिलो हाफमा गोल गरेर अग्रता लिएको भारतलाई नेपालले उत्कृष्ट पुनरागमन गर्दै पराजय भोग्न बाध्य पार्‍यो । नेपालले सागमा स्वर्ण पदक प्राप्त गर्ने यो उपाधि जित्नलाई २३ वर्षको लामो अवधि कुर्नु पर्‍यो । केही महिना अघिसम्म हरेक खेलमा पराजय भोग्ने र गोलै गर्न नसक्ने नेपालको राष्ट्रिय टोलीले लगातार दुई उपाधि जितेर आफ्नो क्षमता उजागर गर्‍यो । नेपाली टोली कमजोर होइन, बरु यही टोलीभित्र रहेका कसैको बद्मासीका कारण पछि परेको हो भन्ने कुरा पनि अहिलेको राष्ट्रिय टोलीले बंगबन्धु गोल्डकप र सागको स्वर्ण पदक जितेर प्रमाणित गरेको छ ।

 
फुटबलमा ‘म्याच फिक्सिङ’ गरेर नेपाललाई पराजयको शिकार बनाउादै आएका खेलाडीहरू कारबाहीमा पर्नेबित्तिकै नेपाली टोलीको स्वरूप नै फेरिएको छ । जस्तोसुकै कठिन परिस्थिति र पछि परेको अवस्थामा पनि नतिजा उल्टाउन सक्ने क्षमता नेपालको फुटबल टोलीले राख्न सक्छ भन्ने कुरा भारतसागको खेलबाट बुझ्न सकिन्छ । तर यी सबै सफलताको प्रमुख कडी भनेको गलत कार्य गर्नेलाई कारबाही गर्नु नै हो । म्याच फिक्सिङमा संलग्न भएका खेलाडीहरूलाई प्रहरी हिरासतमा लिने र अदालतमा बुझाउनेसम्मको क्रियाकलाप र राष्ट्रिय टोलीमा भएको व्यापक हेरफेरका कारण नेपालको फुटबल क्षेत्रले आफ्नो वास्तविक स्वरूप पाएको छ । फुटबलमा जस्तै नेपालको राजनीतिक क्षेत्रमा पनि हुने फिक्सिङको कारणले देश विकासको पथमा अघि लम्कन सकेको छैन । पुराना र राजनीतिक खेलाडी मानिएकाहरूले युवाहरूलाई प्रोत्साहन नगर्ने तथा फिक्सिङमा संलग्न रहेकै कारण आज देशले यो दुर्गति भोग्नुपरिरहेको छ ।

 

राजनीतिलाई फोहोरी खेल बनाएर, गुट उपगुटको सिर्जना गरेर, भ्रष्टाचार, दण्डहीनतालाई प्रश्रय दिएर तथा विदेशीको इशारामा विभिन्न गतिविधिमा संलग्न भएर राजनीतिककर्मीहरूले सदियौादेखि नेपाल र नेपालीहरूलाई धोका दिादै आएका छन् । उनीहरूको यस्तै क्रियाकलापका कारण आज नेपाल विश्वकै गरिब तथा भ्रष्ट मुलुकको सूचीमा अग्रपंक्तिमा आउन थालेको छ । विश्वले वीर गोर्खाली भनेर सम्मान गर्ने नेपालीहरू आज आफ्नै राजनीतिक नेतृत्वका कारण लाजले शिर निहुर्‍याउनुपर्ने अवस्थामा आइपुगेका छन् । अथाह प्राकृतिक सम्पदाको धनी नेपालको स्रोतसाधनको सही सदुपयोग गर्ने हो भने यो मुलुक विश्वकै समृद्धशाली र सुखी राष्ट्र बन्न सक्छ । तर व्यक्तिगत स्वार्थ, नातावाद, कृपावाद, पार्टीगत स्वार्थमा नै अल्झेका नेताहरूले गर्ने देशद्रोही फिक्सिङ गतिविधिका कारण देशले नराम्रो हविगत भोग्नुपरिरहेको छ ।
राजनीतिमा हुने अवाञ्छनीय फिक्सिङको पर्दाफास र त्यसका दोषीहरूलाई जबसम्म कारबाही हुन सक्दैन, तबसम्म नेपालमा विकासको परिकल्पना गर्न सकिन्न । जसरी फिक्सिङका कारण नेपाली फुटबल टिमले गोल गर्न र जित्न सकेको थिएन तर अहिले जसरी जित आत्मसात् गरिरहेको छ, त्यस्तै नेपालको राजनीतिक क्षेत्रमा फिक्सिङको फोहोरी खेलमा निर्लिप्त हुने देशद्रोहीलाई जनताको कठघरामा उभ्याएर निर्मम कारबाही गरेमात्र नेपालको गुमेको स्वाभिमान र स्वाधीनता फिर्ता हुनेछ । नेपाली जनतालाई भ्रममा पारेर, सपनाको खेती गरेर वर्षौंदेखि झुक्याउने आफूलाई जनताको हिमायती ठान्नेहरूलाई कारबाही गर्ने साहस राज्यका सम्बन्धित निकायहरूले देखाउन आवश्यक छ । जनता आफौले पनि कुन नेतृत्वको पालामा के–के गतिविधि भयो, के कस्ता कार्य भए, नेतृत्वकर्ता उक्त काम देश र जनताको हितअनुकूल छ कि विपरीत छ भन्ने कुराको लेखाजोखा राख्न आवश्यक छ । जनताले राजनीतिक फिक्सिङमा संलग्न हुनेको पहिचान गरेर त्यस्ता नेतालाई बहिष्कार गर्नुपर्छ । अनिमात्र फुटबलमा जित प्राप्त गरेझौ समग्र देशले पनि जितको श्रृंखला सुरु गर्न सक्ला, विकासको गति लिन सक्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here