भारतसँगको सम्बन्ध सुधारमा महत्वपूर्ण उपलब्धीः प्रम ओली

144

काठमाडौ, १० फागुन । ६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका बेला आफ्नो उद्देश्यअनुरुप दुई दुई मुलुकबीच उत्पन्न तिक्ततामा सुधार आएको जनाएका छन् । उनले भ्रमणले नेपाल र भारतबीच केही समययता देखिएको चिसोपना हटेको र आपसी मित्रता अभिवृद्धि भएको जनाएका छन् । उनले भारतसँगको राजनीतिक सम्बन्ध पुनः स्थापित भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भ्रमणको दोस्रो दिन शनिबार हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता तथा दुई पक्षीय छलफल र सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा भूकम्पपछि पुनःनिर्माण, तराईको सडक पूर्वाधार विकासलगायत सात विषयहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here