–निमकान्त पाण्डे–
दश वर्षे सशस्त्र संघर्षपश्चात् शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा (माओवादी) पहिलो संविधानसभाको निर्वाचनपश्चात् विभिन्न गुट उपगुटमा विभाजन हुादै अस्तित्वको संघर्षबाट गुज्रिरहेको छ । विभिन्न गुटमा विभाजन भएका माओवादी समूहहरू अहिले पनि सशस्त्र संघर्ष, जनविद्रोह, संसद र सडक आन्दोलन हुादै एउटा समूह त माओवादको सिद्धान्तबाट समेत विमुख भइसकेको छ । यसका बाबजुद पनि माओवादी विचारधाराप्रति आस्थावान् माओवादी शक्तिमा भने अझै पनि माओवादबाटै मुलुकको परिवर्तन सम्भव छ भन्ने विश्वास देखिन्छ । यही विश्वासलाई वास्तविकतामा परिणत गर्ने भन्दै विभिन्न समूहमा विभाजित माओवादी समूहहरू पुन: एकताका लागि पहल गरिरहेका छन् । फुटबाट होइन एकताबाट मात्र माओवादी शक्ति बलियो हुन्छ भन्ने बुझेका माओवादी समूहहरूले एकताको कुरा मात्र गरेका छैनन्, एकताको लागि फागनु १ गतेलाई उपयुक्त समय भन्दै समय समेत निर्धारण गरेका थिए । फागुन १ गते विभिन्न कारणले एकता प्रक्रिया पूरा हुन नसकेपछि एमाओवादी अध्यक्ष प्रचण्डले प्राविधिक कारणले एकता हुन नसकेको भन्दै केही हप्ताभित्रै एकता भइसक्ने उद्घोष गरेका थिए । तर प्रचण्डले भनेका केही हप्ता बितिसके तर पनि माओवादी समूहहरूमा एकताको कुरा एकादेशको कथा जस्तै बनिरहेको छ । यस्तो किन त ? कतिपयले यसलाई एमाओवादीले गरेको प्रचार मात्रै भएको भन्दै टिप्पणी समेत गर्ने गरेका छन् । तर माओवादीको एउटा समूहको नेतृत्व गरेका मोहन वैद्य ‘किरण’ तथा नेत्रविक्रम चन्द नेतृत्वका उच्चस्तरीय नेताहरूले समेत एकताको सम्भावना व्यक्त गरेकाले एकतालाई एमाओवादीको हल्लाका रूपमा मात्र लिनसक्ने अवस्था देखिादैन । तथापि एकताका लागि निर्धारण गरिएको समय घर्किसक्दा समेत एकताको विषय विस्तारै सेलाउादै जानुले एकताप्रक्रिया एमाओवादीले चलाएको हल्ला हो भन्नेहरूको भनाइलाई पनि बल पुगिरहेको छ ।
दश वर्ष सशस्त्र संघर्ष गरेका माओवादी नेताहरू विभिन्न गुटमा विभाजित भएको अवस्थाले देशलाई अन्यौलग्रस्त बनाइरहेको छ । कष्टकर युद्ध लड्दा समान एजेण्डा भएका नेताहरू युद्ध स्थगनपछि एजेण्डा बदल्नुपर्ने अवस्थामा किन पुगे ? यो गम्भीर प्रश्न सबै नेताहरूका लागि महत्वपूर्ण छ । कम्युनिष्ट पार्टीहरूको आस्थाको प्रतीक मानिने परिवर्तनको सम्वाहक हासिया हथौडा अंकित झण्डाप्रति नेपाली जनताको अत्यधिक माया छ भन्ने कुरा संसद र सडकमा देखिएको कम्युनिष्टहरूको उपस्थितिले स्पष्ट गरेको छ । माओवादी नेताहरूले जनयुद्धकालमा अरु कम्युनिष्ट घटकहरूले भन्दा हासिया हथौडा अंकित झण्डाको आदर्शलाई फरक ढंगले उठाएका थिए । देशका अधिकांश गाउाहरू हासिया हथौडाकै आदर्शले प्रशिक्षित देखिन्थे । गाउा–गाउाबाट वर्गीय आन्दोलनको उठान भएको थियो । जनतामा विकसित भएको वर्गीय चेतनाले ग्रामीण वस्तीहरूबाट सामन्तहरूको उठिबास भएको थियो । गाउा–गाउाबाट सामन्तहरूको उठिबास हुादै जाादा त्यसको प्रभाव सहरका वस्तीहरूमा पनि परेको थियो । त्यही वर्गीय चेतनाको लहरले देशकै सामन्तवादी संरचनाको रूपमा स्थापित भएको राजसंंस्थासमेत ढलेको हो । यो ऐतिहासिक तथ्यलाई कसैले लुकाएर लुक्ने अवस्था छैन । आज बाबुराम भट्टराईले यो तथ्यलाई स्वीकार्न छोडिसके । बरु उनले नेपालमाथि हस्तक्षेपकारी नीति अवलम्बन गर्दै आएको छिमेकी देश भारतको खातिरदारी गरिरहेका छन् । जब कि भारत स्वयं आफ्नै देशभित्र भइरहेका अधिकारका लडाइाको चेपमा परिरहेको छ ।
हाम्रो देशमा भएको दश वर्षे सशस्त्र युद्धले जनतामा प्रशस्त जागरण गराएको यथार्थ हो । यो तथ्य अरु कसैले भन्दा स्वयम् माओवादी नेताहरूले बुझ्नुपर्ने हुन्छ । यही कारणले गर्दा पनि जनताले माओवादीलाई आफ्नो विश्वासिलो राजनीतिक शक्तिको रूपमा लिइसकेका थिए । परन्तु शान्तिप्रक्रियाका नाममा जब माओवादी नेताहरू राजधानी प्रवेश गरे त्यसपछि माओवादीको बर्बादी सुरु हुादै गयो । नेताहरू राजधानी प्रवेश गरेपछि शान्तिप्रक्रियाका नाममा जनतासाग दूरी बढाउने काम माओवादी नेताहरूबाट हुादै गयो । जुन कारणले गर्दा माओवादी शक्तिलाई नै विभाजित गराएर यथास्थितिवादीहरूले सफलता हासिल गरेका छन् ।
जनताले संसदमा पुर्याएका माओवादी सांसदहरू नै यथास्थितिवादका गोटी बनिरहेका छन् । जनताको इच्छाअनुकूल परिवर्तनका पक्षमा काम गर्न उनीहरू तयार देखिादैनन् । यसले गर्दा जनतामा निराशा बढ्दो छ । जनतामा बढिरहेको निराशाले माओवादी शक्ति विभाजित हुनुहुादैनथ्यो भन्ने अहिले आएर स्पष्ट भएको छ । यही सत्यलाई स्वीकार गरी एकताको प्रयासमा माओवादी नेताहरू लागेको अवस्थाले जनतामा पनि आशा पलाएको छ । अब नेपाली जनताले यथास्थितिवादलाई स्वीकार गरेर बस्नसक्ने अवस्था छैन । मुलुक अग्रगमनमा जानैपर्छ भन्ने जनताको चाहना पटक–पटक व्यक्त भइरहेको छ । जनतामा परिवर्तनको चाहना यति व्यापक भइसकेको छ कि यसलाई अस्वीकार गर्ने ताकत अब कसैसाग छैन ।
माओवादी नेताहरूले जनताको चाहना के हो भन्ने कुरा बुझेर साझा एजेण्डा तय गर्नु जरुरी छ । जनतालाई कम्युनिष्ट पार्टी किन मन पर्यो ? कम्युनिष्ट पार्टीको झण्डाको आदर्श के हो ? कम्युनिष्ट पार्टीका नेताहरूले आत्ममन्थन गर्नु जरुरी छ । कम्युनिष्टहरूको विश्वव्यापी घोषणापत्र र कम्युनिष्टहरूकै साझा अन्तर्राष्ट्रिय गीतका आधारमा मात्रै भन्ने हो भने पनि यथास्थितिवादी सामन्तवाद, विस्तारवाद र साम्राज्यवादको विरोधी शक्ति नै कम्युनिष्ट शक्ति हो भन्ने स्पष्ट हुन्छ । शोषक र जाली फटाहाहरू कम्युनिष्टहरूका घरेलु दुश्मन हुन् र शोषित र उत्पीडित जनताले आफ्नो हक खोज्न थाले भने वर्गसंघर्ष सुरु हुन्छ, त्यो संघर्षमा जाली, फटाहा र शोषकहरू जनताबाट पराजित हुन्छन् भन्ने कुरा दश वर्षसम्म देशमा चलेको सशस्त्र युद्धले समेत पुष्टि गरिसकेको छ । यही आधारमा पनि माओवादी शक्तिबीच एकीकरण आजको आवश्यकता हो । अग्रगमनका लागि यो आवश्यकतालाई सबै माओवादी नेताहरूले स्वीकार गर्नु जरुरी छ ।