नेपाल टेलिकमका प्रबन्धक फन्दामा

270

काठमाडौं/ नेपाल टेलिकमले हालै ल्याएको नयाा एप्स ‘मिट’ बनाउादा भ्रष्टाचार गरेको आरोप लागेपछि यतिबेला टेलिकमका प्रबन्ध निर्देशक बृद्धिप्रसाद आचार्यको दौडधूप बाक्लिएको छ । उक्त एप्स बनाउादा अनावश्यक खर्च गरेको देखिएको खबर सार्वजनिक भएपछि आफ्नो अनियमितता लुकाउन र आफूलाई कारबाहीबाट जोगाउन आग्रह गर्दै आचार्य नेताहरूको घरघरमा पुग्ने गरेको स्रोतले जनाएको छ ।

 
करिब १५ लाखमा नै बनाउन सकिने उक्त एप्स निर्माणमा करोडौा रूपैयाा खर्च भएको सार्वजनिक भएपछि भ्रष्टाचार भएको आशंका बढेको हो । प्रविधि दुरूपयोग भए–नभएकोबारे प्रष्ट पार्न परीक्षण नगरिएको पाइएकाले टेलिकमका उच्चतहका कर्मचारी यस प्रकरणमा मुछिने भएपछि प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले टेलिकमको भ्रष्टाचार लुकाउन काउन्सिलिङ थालेका छन् । व्यवस्थापन पृष्ठभूमिका टेलिकम प्रबन्ध निर्देशक आचार्य एप्स भ्रष्टाचारमा आफू नमुछिई सल्टाउन ’सेटिङ’ मिलाउन व्यस्त छन् ।

 
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि अनियमितताको आशंकामा तदारुकतासाथ कारबाही अगाडि बढाइरहेको जनाएको छ । अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले नेपाल टेलिकमले बजारमा ल्याएको एप्समा भएको भ्रष्टाचारबारे छानबिन थालिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here