प्रधानमन्त्रीज्यू जनतालाई गुमराहमा राख्नु भएन

270

 उत्तम अर्याल

 
प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने भ्रमण सकेर नेपाल फर्किएका छन् । भारतसाग पछिल्लो समयमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने प्रमुख एजेण्डा बोकेर भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीले भारतसाग सात बुादे सम्झौता पनि गरेका छन् । जसअन्तर्गत नेपाललाई भारतले तत्काल ८० मेगावाट विद्युत् उपलब्ध गराउनेछ । त्यसका लागि मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइन सुचारु गर्ने तथा सम्झौताअनुसार सन् २०१६ अक्टोबरसम्म २०० मेगावाट बिजुली ल्याइने भएको छ । त्यसैगरी सन् डिसेम्बर २०१७ सम्म यो प्रसारण लाइनबाट भारतले नेपाललाई ६०० मेगावाट बिजुली दिने भएको छ । त्यस्तै भारतको विशाखापटनम बन्दरगाह नेपालले उपयोग गर्न पाउने जस्ता सम्झौता रहेका छन् । यी सम्झौतासागै प्रधानमन्त्रीले भारतमै उद्घोष गरे कि भारतसाग नेपालका जति पनि असमझदारी छन् ती सबै हटे, हामीले युद्ध जित्यौा ।
प्रधानमन्त्रीको यो उद्घोष सुनेर अहिले नेपाली जनताको मनमा प्रश्न उठेको छ कि यो कस्तो प्रकारको जित हो ? जुन देशले विगत चार महिनासम्म नेपालमा नाकाबन्दी गर्‍यो । भूकम्पले लगाएको घाउमा नुनचूक दल्ने काम जुन देशले गर्‍यो । जुन देशबाट ६५ प्रतिशतभन्दा बढी सामान आयात हुने गरेको छ । त्यस्तो देशबाट झनै आयात बढ्ने र परनिर्भरता हुने सम्झौता हुादा कसरी खुसीयाली मनाउन सकिन्छ ? यो आम जनताको मनमनमा उब्जिएको सवाल हो ? हालै राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतले गरेको नाकाबन्दीको समयमा पनि नेपालमा भारतबाट चामल आयातमा वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भारतबाट धान चामलको आयात १५ दशमलव ६ प्रतिशतले बढेर ७ अर्ब ८० करोड रूपैयाा पुगेको छ । जब कि आर्थिक वर्षको सुरुवातसागै चर्किएको तराई आन्दोलन र असोजदेखि सुरु भएको भारतीय नाकाबन्दीले आयातमा सात महिना पूरै प्रभावित भएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारतबाट ६ अर्ब ७४ करोड रूपैयााको चामल आयात गरिएको थियो । अघिल्लो वर्षभरि पौने २५ अर्ब रूपैयााबराबरको चामल आयात भएको थियो । तर यो वर्ष यही रूपमा आयात भइरहने हो भने करिब ३० अर्ब बराबरको वार्षिक रूपमा चामल आयात हुने देखिएको छ । यो तथ्यांकले नेपाल कसरी भारतमाथि परनिर्भर रहादै आएको छ भन्ने कुरालाई स्पष्ट पार्छ । नेपाल कृषिप्रधान देश भन्दै आएको सन्दर्भका कारण पनि यस्तो तथ्यांक सिर्जना हुनु नेपालको लागि लाजमर्दो अवस्था हो । भारतसाग अन्य वस्तुको आयातमा पनि यस्तै अवस्था रहेको छ । त्यसमाथि असीमित जलस्रोतको धनी नेपालले बिजुलीको लागि पनि भारतमाथि निर्भर रहनु र भारतसाग बिजुली किनेर नेपालको लोडसेडिङ हटाउाछु भनेर कल्पना गरिन्छ भने त्यो सत्तामा बस्ने नेताको ठूलो भूल हो । के भारतसागको विद्युत् सम्झौताले नेपाललाई दीर्घकालीन रूपमा फाइदा पुर्‍याउन सक्छ ? हिजो नाकाबन्दी लगाउन नहिच्किचाउने भारतले भोलि विद्युत्को स्वीच अफ नगर्ला भन्न सकिन्छ ? त्यस्तै विशाखापटनमबाट सामान आयात गर्न पनि अझ दुरुह देखिन्छ । ठूला वस्तु आयात मात्र गर्दा फाइदा हुने उक्त बन्दरगाहबाट सामान नेपालसम्म ल्याउन नै कठिन देखिन्छ । नेपालबाट १४ सय किलोमिटर टाढा पर्ने उक्त बन्दरगाहबाट भारतका विभिन्न प्रान्त छिचोल्दै सामान आयात गर्नुपर्ने बाध्यता छ । त्यसकारण यो सम्झौता पनि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ हुने निश्चित छ ।
भारतबाट विद्युत् आयात गरेर लोडसेडिङ हटाउाछु भन्नु सुन्निएकोलाई मोटाएको भनेर रमाउनुसरह हो । राष्ट्रवादको चर्को नारा लगाउने प्रधानमन्त्रीले सर्वप्रथम नेपाललाई जलविद्युत्मा आत्मनिर्भर तुल्याउने ठोस कदम चाल्नु आवश्यक छ । नेपालका ठूला जलविद्युत्का आयोजनाहरूमा भारतीय कम्पनीको दबदबा छ । उत्पादन गर्न सकिनेभन्दा निकै कम मेगावाट उत्पादन गर्ने शर्तमा त्यस्ता आयोजनाको जिम्मा दिइएको छ । त्यसकारण ठूला आयोजना भारतीय कम्पनीलाई जिम्मा दिने निर्णयलाई खारेज गरेर स्वदेशी लगानीमै निर्माण गरिने वातावरण र अवसरको सिर्जना प्रधानमन्त्रीले गर्नुपर्छ । नेपाली जनता यत्रो वर्ष अन्धकारमा बसेका छन् भने अब दुई वर्ष बस्न पनि तयार छन् । तर आत्मनिर्भरताको नारा लगाएर भित्रभित्रै परनिर्भरता सिर्जना हुने किसिमका क्रियाकलाप र जनतालाई गुमराहमा पार्ने दाउ प्रधानमन्त्रीले नसोच्दा नै ठीक होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here