काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । बुधबार राति नेपाल फर्केका प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री विजयकुमार गच्छदार र सभामुख ओनसरी घर्ती मगरले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपाल–भारतबीच हालै देखिएको असमझदारी हटेको जनाइएको छ । विमानस्थलमा पत्रकारहरुसाग कुरा गर्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण पूर्णतया सफल भएको दाबी गरे । उनले नेपालको संविधानलगायतका विषयमा छिमेकी देश भारतका नेतृत्ववर्गमा रहेको भ्रम हटाउन आफू सफल भएको पनि जानकारी दिए । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको क्रममा भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुष्मा स्वराजलगायतका उच्चपदस्थ व्यक्तिहरुसाग भेटवार्ता गरेका थिए भने भूकम्पपश्चात् पुनर्निर्माण गरिएको गुजरातका विभिन्न क्षेत्रको भ्रमण गरेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाल–भारतबीच सात बुादे सम्झौता भएको छ । जसअनुसार नेपाललाई विद्युत् उपलब्ध गराउने, विशाखापटनम बन्दरगाह प्रयोग गर्न पाउने लगायतका सम्झौता रहेका छन् । दुई देशको पारस्परिक हितका सम्बन्धमा महत्वपूर्ण छलफल र संवाद भउको तथा सीमा, कालापानी, सीमा क्षेत्रमा बााधिएका बााध र सन् १९५० को सन्धिको विषण्मा समेत छलफल भएको प्रधानमन्त्री ओलीले जनाए ।
यद्यपि दुई देशले संयुक्त रुपमा जारी गर्ने भनिएको विज्ञप्ति भने आउन सकेन । नेपालको संविधानलाई संविधानलाई भारतले नि:शर्त स्वागत गर्नुपर्ने नेपाली पक्षको अडान रहेको र भारतीय पक्षले त्यो नमान्दा संयुक्त विज्ञप्ति जारी हुन सकेन ।