‘भाग सानी भाग’प्रति केकी उत्सुक

145

काठमाडौं/ नायिका केकी अधिकारी अभिनित चलचित्र ‘भाग सानी भाग’को प्रदर्शनी मिति नजिकिादै गर्दा उक्त चलचित्रप्रति उत्सुक तथा आशावादी रहेको नायिका केकीले जनाएकी छिन् । चलचित्र ‘भाग सानी भाग’ यही चैत ५ गतेदेखि देशैभरका हलमा प्रदर्शन हुने भएको छ ।

 
नवल नेपाल निर्देशित यो चलचित्रलाई लिएर अहिले चलचित्रका कलाकारदेखि निर्माता चेतन सापकोटा उत्सुक छन् । चेतनलाई लाग्छ चलचित्रलाई लिएर दर्शक र चलचित्र वृत्तमा राम्रै चर्चा छ । अब यो उत्सकुतालाई चलचित्रले भेट्छ या भेट्दैन भन्ने मात्र मुख्य हो । नायिका केकी अधिकारी पनि चलचित्रलाई लिएर उत्सुक देखिएकी छिन् । यो वर्ष बक्स अफिसमा सफल चलचित्र नभएकाले पनि केकीका लागि ‘भाग सानी भाग’ स्टारडम र काम देखाउने मौका हो । नायिका अधिकारी, निर्माता सापकोटा र निर्देशक नेपाल प्रचारका लागि हालै पोखरा जाादै छन् । नायिका केकीले यो चलचित्रलाई खुलेरै प्रचारमा साथ दिने तयारी गरेकी छिन् ।
कमेडी, नारी संवेदना र एक्सन मिश्रित चलचित्रको ट्रेलरलाई रुचाइएको छ । चलचित्रमा केकीलाई नायक सविन श्रेष्ठले साथ दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here