माओवादी आन्दोलनको एकताका लागि सबै गम्भीर बनौा

142

हुकुमबहादुर सिंह
अहिले नेपालमा कम्युनिष्टका नाममा मूलत: दुईवटा आन्दोलनका धारहरूको बाहुल्य देखिएको छ । प्रथम एमाले र दोस्रो माओवादी आन्दोलन । तर माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व भने माओवादी आन्दोलनले गर्दै आएको छ । तर त्यसभित्र केही समयदेखि अनेकौा प्रकारका खराबीहरू र विकृतिहरू देखिएका छन् । परिणाम उक्त आन्दोलनमा विभाजन भएर अहिले पााच/छ टुक्रा भएका छन् । तर अहिले विभिन्न माओवादीहरूमा एकताको विकल्प छैन भन्नेखालका भनाइहरूले जोड पकड्न थालेका छन् । यो सही हो कि माओवादीहरूमा एकताको विकल्प छैन । तर एकता केका लागि र कसरी भन्ने मूल प्रश्नमा बहस केन्द्रित हुन सकिरहेको भने छैन । माओवादी आन्दोलनका लागि केन्द्र अहिले प्रचण्ड र किरण बनेका छन् । यसबारे ती दुवै गम्भीर बन्नु आवश्यक छ । माओवादी आन्दोलनका अर्का नेता बाबुराम अब यो आन्दोलनमा छैनन् । उनी पूरै कम्युनिष्टविरोधी क्याम्पमा लागिसकेका छन् ।

 
क.माओले २३ जुलाई १९५९मा प्रशिद्ध लुसान सम्मेलनमा ‘समाजवादी निर्माणका कठिनाइ र त्यसका शिक्षाहरू’ भन्नेबारे दिनुभएको भाषणमा कम्युनिष्ट आन्दोलनभित्रका खराब आचरण र प्रवृत्ति भएका कार्यकर्ता वा कम्युनिष्टको नाममा गलत तत्वले कसरी क्रान्तिकारी कम्युनिष्टहरूलाई बद्नाम गराउन उनीहरूका विरूद्ध अनेक अफवाहहरू फैलाउाछन् र यदि त्यसबाट समयमा नै पार्टी र क्रान्तिलाई बचाउन सकिएन भने क्रान्ति त ध्वस्त हुन्छ नै साथै त्यसले कम्युनिष्टलाई समेत जनताको नजरमा बद्नाम गराउाछ भनेर सचेत गराउनु भएको छ ।

 
यसबारे क. माओले आफ्नो भाषणमा भन्नुहुन्छ ‘बसन्तउत्सवको अघि र पछिका दुई महिनाका बीचमा जनताहरू थोरै असन्तुष्ट देखिए र हामीबाट मुन्टो बटार्न खोजे । हाम्रा कार्यकर्ताहरू जब गाउागाउामा पुग्थे, जनताहरू उनीहरूसाग राम्ररी कुरा गर्दैनथे । उनीहरूले हाम्रा कार्यकर्ताहरूलाई आलु त खान दिन्थे तर उनीहरू त्यति खुशी देखिादैनथे ।’
क. माओले भन्नुहुन्छ, ‘कसैबाट लिएका चीजहरू कुनै पनि हालतमा फिर्ता दिनुपर्छ । तपाई अरूसाग भएको त्यो चिज मेरो हो भन्दै टपक्क टिपेर हिाड्न पाउनुहुन्न । यस्तो कुरा परापूर्वकालमा पनि थिएन । दश हजार वर्षयता कोही कसैले कुनै पनि चिज टपक्क टिप्दै लैजान सकेका छैनन् । हामीले रैथाने चुसाहाहरूमाथि कारबाही गरेका थियौा । काला धनहरू बिनारोकटोक जफत गरेका थियौा । हामीले रैथाने चुसाहाहरूबाट जमिन खोसेर पुन: किसानहरूलाई बााडिदिने काम गरेर राम्रो गरेका थियौा । किनभने ती पनि कालाधन नै थिए ।

 
क.माओले माथि भनेझौ कम्युनिष्ट आन्दोलनभित्रका यस्ता खराब आचरण र प्रवृत्ति भएका नेता, कार्यकर्ता वा कम्युनिष्टको नाममा गलत तत्वको रूपमा पार्टीमा घुस्न सफल भएका र कहिलेकाहीा त नेतृत्व समेत हत्याउन सफल भएकाहरूले कसरी क्रान्तिकारी कम्युनिष्टहरूलाई बद्नाम गराउन उनीहरूका विरूद्ध अनेक अफवाहहरू फैलाएर कम्युनिष्ट विरोधी काम चलाउाछन् र त्यसबाट समयमा नै पार्टी र क्रान्तिलाई बचाउन सकिएन भने क्रान्ति त ध्वस्त हुन्छ नै साथै त्यसले कम्युनिष्टलाई समेत जनताको नजरमा बद्नाम गराउाछ भनेर सचेत गराउनु भएको छ । नेकपा माओवादीले क.माओले भनेझौ त्यस्ता तत्वबाट समयमा नै पार्टी र क्रान्तिलाई बचाउन असफल भएकाले क्रान्तिलाई ध्वस्त हुनबाट बचाउन त सकेन सकेन साथै माओवादी आन्दोलनलाई समेत विघटनतर्फ जानबाट रोक्न सकिरहेको छैन । तैपनि अहिले ती दुई नेताहरू– प्रचण्ड र किरण माओवादी नेता, कार्यकर्ता तथा आम जनताका लागि आशाको केन्द्र बनेका छन् । कम्युनिष्टलाई समेत जनताको नजरमा बद्नाम गराउने कामबाट बचाउन र माओवादी आन्दोलनलाई एमाले र नयाा शक्तिजस्ता गैरमालेमावादी र गैरकम्युनिष्ट दिशामा जानबाट रोक्न पनि माओवादी आन्दोलनको एकता तत्कालको विषय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here