अत्याधुनिक विमानलाई मौसमले खसाल्यो

146

काठमाडौं/ तारा एयरको क्यानडामा निर्मित अत्याधुनिक विमान मौसमको खराबीका कारण दुर्घटनाग्रस्त भएको छ । हिजो म्याग्दीमा भएको उक्त विमान दुर्घटनामा परी विमानमा सवार चालकदलसहित २३ जनाको मृत्यु भएको हो ।
पोखराबाट जोमसोमका लागि उडेको विमान म्याग्दीको दाना गाविसको टिकेढुंगामा दुर्घटनाग्रस्त भएको छ । बुधबार बिहान ७ बजेर ५७ मिनेट जाादा पोखराबाट जोमसोमका लागि उडेको कल साइन ९–एएचएच भएको विमान ८ बजेर १० मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here