ढुंगामा आगो लगाउादा वाइफाइ चल्ने

289

कुनै ढुंगालाई आगो लगाउादा वाइफाइ चल्छ भन्दा हावादारी लाग्नसक्छ । तर जर्मनीको न्युएनकिर्चेनमा एउटा यस्तो म्युजियम छ, जहाा राखिएको एउटा ढुंगाको नजिक आगो बालिदिएपछि वाइफाइ सिग्नल प्राप्त गर्न सकिन्छ । यो आउटडोर मूर्ति संग्रहालयमा यस्तो अद्भूत प्रविधि छ ।

 
ढुंगामा नजिकै आगो बालेर ढुंगालाई तताउादा कसरी वाइफाइ तरंग प्राप्त हुन्छ ? भन्ने कौतुहलता जाग्नु स्वभाविकै हो । तातेपछि वाइफाइ तरंग उत्पन्न गरिदिने त्यो ढुंगा कस्तो होला ? सााच्ची हाम्रो डााडाकााडामा रहेका ढुंगैढुंगा पनि कतै त्यस्तै वाइफाइवाला पो छन् कि । तर त्यो ढुंगा आफैमा त्यस्तो चमत्कारी ढुंगाचाहिा होइन । खासमा उक्त ढुंगाभित्र एक वाइफाइ राउटर राखिएको छ । त्यो राउटर तबमात्र चल्दछ जब उक्त ढुंगाको नजिकै आगो बालेर त्यसलाई तताइन्छ ।
आगो बालेपछि राउटर चल्नुको कारण छ । वास्तवमा ढुंगाभित्र राउटरसागै एक थर्मोइलेक्ट्रिक जेनेरेटर अर्थात् तातो हुादा बिजुली उत्पन्न गर्ने जेनेरेटर राखिएको छ । जब ढुंगाको नजिकै आगो बालेर ढुंगा तताइन्छ तब ढुंगाभित्रको जेनेरेटर चल्दछ र बिजुली उत्पादन हुन्छ । सो बिजुलीले वाइफाइ राउटर संचालन हुन्छ र आसपासमा वाइफाइ सिग्नल प्राप्त हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here