काठमाडौं, फागुन १४ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ । अचानक विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको हो । उक्त विमान दुर्घटना हुादा पाइलट र को–पाइलटको मृत्यु भएको छ भने अन्य यात्रुहरु पनि गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष राना रहेका छन् । उक्त विमान चिलखाया गाविस–२ मा दुर्घटना भएको र प्रहरी टोली घटनास्थलतर्फ जाादै गरेको जनाइएको छ । घाइतेहरुको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेको पनि जानकारीमा आएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना थिए । नेपालगञ्ज विमानस्थल कट्रोलरुमका अनुसार शुक्रबार १२:१६ मा नेपालगञ्जबाट उडान भरेको विमान १२:५३ मा जुम्ला अवतरण गर्नुपर्ने थियो । तर, उडान भरेको १० मिनेटमा नै विमानमा समस्या आएको जानकारी पाइलटले विमानस्थललाई दिएका थिए । उनले १२:२६ मा आफूले ल्याण्ड गर्ने जानकारी विमानस्थललाई दिएका थिए । तत्पश्चात् विमान समथर भूमिमा ल्याण्ड गर्दा उक्त दुर्घटना हुन गएको देखिएको छ । नागरिक उड्ययन प्राधिकरणअन्तर्गत विपद् व्यवस्थापन इकाइका अनुसार विमानको कल साइन ९एन–एजेबी रहेको छ ।
दुई दिनअघि मात्र तारा एयरलाइन्सको विमान म्याग्दीमा दुर्घटना हुादा विमानमा सवार २३ जनाको ज्यान गएको थियो ।